१९ आश्विन २०८१ शनिबार
image/svg+xml

प्याराग्लाइडिङ एक्युरेसी वल्डकप : कोरिया शीर्षमा, नेपाल अझै कमजोर

स्याङ्जाको स्वरेकमा भइरहेको प्याराग्लाइडिङ एक्युरेसी वल्डकप (पिजिएडब्लुसी) को शनिबार पाँचाैं राउन्ड सकिँदासम्म कोरियाका खेलाडीले शीर्ष तीन स्थानमा वर्चस्व राखेका छन्।

प्याराग्लाइडिङ एक्युरेसी वल्डकपः स्लोभानियाको अग्रता, नेपाल पाँचाैंमा

स्याङ्जाको स्वरेकमा शुक्रबारदेखि सुरु भएको प्याराग्लाइडिङ एक्युरेसी वल्र्डकप (पिजिएडब्लुसी) प्रतिस्पर्धाको दोस्रो राउन्ड सकिँदासम्म स्लोभानियाका खेलाडीले अग्रता लिएका छन् । व्यक्तिगततर्फ दुई राउन्ड सकिँदा नेपाल पाँचाैं स्थानमा छ।

नेपालका लागि पदक चूनौतीपूर्ण

प्याराग्लाइडिङ खेलमा एक्युरेसी, क्रस कन्ट्री र एक्रोब्याटिक गरी तीना विधा हुन्छन् । नेपाली प्याराग्लाइडिङ खेलाडी (पाइटल) को अधिक अभ्यास क्रस कन्ट्रीमा छ । त्यसपछि केहीले एक्रोब्याटिक गर्छन् । एक्युरेसीको अभ्यास निकै नै कम हुने गरेको छ।

प्याराग्लाइडिङ एक्युरेसी वल्डकप आजदेखि,२१ मुलुकका साहसिक पाइलट स्वरेकमा

दुई दशकपछि राष्ट्रले चिनेको खेल प्याराग्लाइडिङको नेपालका लागि अहिलेसम्मकै ठूलो प्रतिस्पर्धा प्याराग्लाइडिङ एक्युरेसी वल्र्डकप (पिजिएडब्लुसी) बिहीबारदेखि स्याङ्जामा सुरु हुँदै छ । त्यसका लागि विभिन्न २१ मुलुकका साहसिक प्यारालाइडिङ पाइलट (खेलाडी) स्याङ्जा आइपुगेका छन् भने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको छ।

विहिबारदेखि हुने प्याराग्लाइडिङ विश्वकपकाे सम्पूर्ण तयारी पूरा

भिरकोट नगरपालिका–५ माहापुरस्थित स्वरेक मैदान र वालिङ नगरपालिका–११ डौवा फाँटमा बिहीबार (भाेली) देखि सञ्चालन हुने विश्वकप प्याराग्लाइडिङ प्रतियोगिताको तयारी पूरा भएको छ।

प्याराग्लाइडिङ एक्युरेसी विश्वकप बिहीबारदेखि

स्याङ्जामा आगामी बिहीबारदेखि प्याराग्लाइडिङ एक्युरेसी विश्वकप (पिजिएडब्लुसी) सुरु हुँदै छ । नेपालमा पहिलो पटक हुन थालेको यो प्रतियोगिताले साहसिक मानिने प्याराग्लाइडिङ खेलको प्रवद्र्धनसहित नेपालमा थप साहसिक पर्यटक भित्र्याउन सघाउ पुग्ने आयोजकको अपेक्षा छ।

स्याङ्जामा प्याराग्लाइडिङ विश्वकप हुने

स्याङ्जाको स्वरेक महापुर मैदान र डौंवाफाँटमा ‘फर्स्ट नेपाल प्याराग्लाइडिङ एक्युरेसी विश्वकप–२०१८’ हुने भएको छ। नेपाल प्याराग्लाइडिङ संघ, नेपाल हवाई खेलकुद संस्था र बाबु एडभेन्चर क्लबको आयोजना र जिल्ला समन्वय समिति स्याङ्जाको संयोजकत्वमा अगामी कात्तिक १५ देखि १९ गते सम्म प्रतियोगिता आयोजना हुनेछ।

रंगशालामा प्याराग्लाइडिङको पहिलो इन्ट्री

पोखरा रंगशालाबाट प्याराग्लाइडिङ उडान हुने सराङकोट डाँडा करिब १० किलोमिटर मात्रै टाढा हो।

एसियाडमा रजत जित्ने खेलाडी सम्मानित

इण्डोनेसियामा सम्पन्न १८ औं एसियाली खेलकुदमा नेपालको तर्फबाट एक मात्रै रजत विजेता टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नगद सहित सम्मान गरेको छ।

रजत विजेता प्याराग्लाइडिङ टोली स्वदेश फिर्ता

इन्डोनेसियामा आइतबार सम्पन्न १८ औं एसियाली खेलकुदमा रजत विजेता नेपाली प्याराग्लाइडिङ पुरुष टोली स्वदेश फर्किएको छ। नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा लगायत खेलकुद पदाधिकारीले स्वागत गरेका छन्।

रजत जिताउने प्याराग्लाइडिङ खेलाडीलाई पाँच लाख

इण्डोनेसियामा जारी १८ औं एशियाली खेलकूदमा रजत पदक जित्न सफल प्याराग्लाइडिङका खेलाडीले जनही रु पाँच/पाँच लाख पाउने भएका छन्।

सरकारले नचिनेको खेलबाट पदक

‘खेलकुद’ भन्नासाथ राजधानीको त्रिपुरेश्वर र सातदोबाटो परिसर मात्र हो भन्ने अहिलेसम्म सरकारी निकाय र पदाधिकारीमा मान्यता छ । त्यसले गर्दा राजधानीबाहिरका खेलगतिविधि र पूर्वाधारलाई सरकारले खासै महत्व नै दिएको थिएन।

प्रधानमन्त्रीद्वारा प्याराग्लाइडिङ खेलाडीलाई बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले एशियाली खेलकूद (एशियाड) मा रजत पदक जित्न सफल नेपाली प्याराग्लाइडिङ खेलाडीलाई बधाई ज्ञापन गरेका छन्। प्रधानमन्त्री ओलीले बुधबार साँझ ट्वीटमार्फत पदक विजेता टोलीलाई बधाई दिएका हुन्। इण्डोनेसियामा जारी १८ अाैं संस्करणको एशियाडअन्तर्गत प्याराग्लाइडिङकोे पुरुष क्रस कन्ट्री स्पर्धाको अन्तिम चरणको खेलमा नेपालले रजत पदक हात पारेको हो।

एसियाडमा रजत जिताउने योगेश भन्छन् : यो सबै नेपालीको जीत हो

१८ औं एसियाडमा खाली हात फर्कन लागेको नेपाललाई साहसिक खेल प्याराग्लाइडिङले त्यसो हुनबाट बचाएको छ। प्याराग्लाइडिङमा क्रस कन्ट्री तर्फको पुरुष टोलीले रजत पदक जीतेसँगै नेपालको गौरव कायम रहेको छ। सन् १९९८ मा सविता राजभण्डारीले बैकक एसियाडमा तेकवान्दो तर्फ नेपालको नाममा रजत पदक सुरक्षित गरेकी थिइन्।

२० वर्षपछि नेपाललार्इ एसियाडमा रजत

नेपालले इण्डोनेसीयामा जारी १८ औैं एसियाली खेलकुद एसियाडमा रजत पदक प्राप्त गरेको छ। नेपालले प्याराग्लाइडिङको पुरुष टिम क्रस कन्ट्रिमा रजत हात पारेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्