२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको टिकट मूल्य तय

एन्फाका अनुसार खेलका लागि बंगलादेशी टिम असोज सात गते नेपाल आइपुग्ने छ। एन्फाले मैत्रीपूर्ण खेलका लागि ४८ लाख ६५ हजार रुपैयाँ खर्च हुने अनुमान गरेको छ। एन्फाले खेलका लागि मार्केटिङ, बोर्डकास्टिङ र डिजिटल अधिकार बिक्रीका सम्बन्धमा विभिन्न व्यापारिक संस्थाहरुसँग छलफल भइरहेको जनाएको छ।

यु-१५ महिला टिमको मुख्य प्रशिक्षकमा भगवती रानामगर

बंगलादेशमा आयोजना हुने यू-१५ महिला साफ च्याम्पियनसिपका लागि एन्फाले भगवतीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो। रानाले पहिलो पटक उमेर समूहको प्रशिक्षककाे जिम्मेवारी लिएकी हुन्।

महिला साफ च्याम्पियनसिपकाे तयारी पूरा, टिकट मूल्य ३ सय र ५ सय

प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ। प्रतियोगिताका लागि भुटान र पाकिस्तानको टिम यसअघि नै नेपाल आइसकेका छन्। बाँकी टिम आइतबारसम्म नेपाल आउने जानकारी दिइएको छ। साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ।

नेपाली यु–१७ टोलीको बिदाइ

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार श्रीलंकामा आइतबारबाट सुरु हुने साफ यु–१७ च्याम्पियनसिपमा सहभागी हुने नेपाली युवा टोलीको बिदाइ गरेको छ।

राष्ट्रिय फुटबल टिमको व्यवस्थापकमा अनिल श्रेष्ठ नियुक्त

अखिल नेपाल फुटबल (एन्फा) ले अनिल श्रेष्ठलाई व्यवस्थापकको जिम्मेवारी दिएको छ।बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलका लागि श्रेष्ठलाई टिम व्यवस्थापकको जिम्मेवारी दिइएको हो। श्रेष्ठ सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबका व्यवस्थापक हुन्।

साफ महिला च्याम्पियनसिप प्रतियोगिता खेल्न भुटानी टाेली नेपालमा

दशरथ रंगशालामा हुने साफ महिला च्याम्पियनसिप प्रतियोगिता खेल्न भुटानी टिम १२ दिन अगी नै नेपाल आइपुगेको हो।

कास्कीको प्रस्तावित एन्फा टेक्निकल सेन्टर: स्थानीयको मागलाई सम्बोधन गर्न आग्रह

कास्कीको माछापुच्छ्रे गाँउपालिका–६ धितालस्थित भिंडाबारीमा प्रस्तावित ‘एन्फा टेक्निकल सेन्टर’ निर्माण अघि स्थानीयको मागलाई उचित सम्बोधन गर्नुपर्ने आवाज उठाएका छन्।

अन्तर्राष्ट्रिय विभागबाट पाँडे पदमुक्त

२०७५ सालमा चेन्ज एन्फाको नारा लिएर आएका शेर्पाले पनि पाँडेलाई अन्तर्राष्ट्रिय विभाग प्रमुख नियुक्त गरेका थिए। एन्फा विधानविपरीत भएको भन्दै पाँडेको नियुक्तिको चर्काे विरोध भएपछि उनले एक वर्षपछि नै पदबाट राजीनामा दिएका थिए। त्यस्तै बैठकले नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको कार्यवाहक प्रशिक्षकमा प्रदीप हुमागाईंलाईलाई नियुक्त गरेको छ। नेपालले असार ११ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्दै छ। मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बिदामा रहेकाले हालका लागि हुमागाईंलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दिइएको हो।

पाँडेलाई हटाउने विषयमा अड्कियो एन्फा बैठक

वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित कुल १२ केन्द्रीय सदस्यले पाँडेलाई बर्खास्त गर्न माग राख्दै महासचिव राईसमक्ष निवदेन बुझाएका थिए। १९ सदस्यीय कार्यसमितिका १२ सदस्यले हस्ताक्षरसहित पाँडेलाई हटाउन माग गरेपछि दुबिधामा परेका अध्यक्ष नेम्बाङले बैठक बोलाउन सकेका छैनन्।

प्रारम्भिक महिला फुटबल टोली घोषणा

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार साफ महिला च्याम्पियनसिपका लागि ५८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ।

खड्काको संयोजकत्वमा आयोजक कमिटी

नेपालमा आयोजना हुन लागेको महिला साफ च्याम्पियनपसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा १८ सदस्यीय आयोजक कमिटी गठन गरेको छ।

एनएसलसँगको सम्झौता खारेज गर्न सिफारिस गरिने

अखिल नेपाल फुटबल संघ (एन्फा)ले फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) सँग भएको सम्झौता त्रूटिपूर्ण रहेको भन्दै खारेज गर्न सिफारिस गर्ने भएको छ।

नेपालले प्रतिस्पर्धात्मक खेल्दै राम्रो नतिजा ल्याउँछ: मेघराज केसी

देशभरबाट खुला प्रतिस्पर्धा गराई अखिल नेपाल फुटबल संघले यु–२० टोलीको निमार्ण गरेको छ। कोरोना महामारीका कारण उमेर समूहका केही खेल तथा कार्यक्रममा प्रभावित हुँदा एन्फाले खुला छनोट गरेको थियो। सोही छनोटबाट अहिले ३० खेलाडीले दिनहुँ अभ्यास गरिहेका छन्।

यु–२० टोली व्यवस्थापकमा घले

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार दिवाकर घले गुरुङलाई नेपाली यु–२० राष्ट्रिय फुटबल टोलीको टिम व्यवस्थापकमा नियुक्त गरेको छ।

आउने भए प्रशिक्षक अल्मुताइरी!

नेपाली टोली स्वदेश फर्किए पनि अल्मुताइरी स्वयम् कुवेतमा सम्पन्न एसियन कप छनोटपछि तीन महिनाको बिदा स्वीकृत गरेर उतै बसे। सबैको अनुमान थियो शेर्पा पुनः नेतृत्वमा फर्किए अल्मुताइरी पनि नेपाल आउनेछन् तर नेम्बाङले जिते उनको नेपाल बसाइमा पूर्णविराम लाग्नेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्