१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

राष्ट्रिय फुटबल टिमको व्यवस्थापकमा अनिल श्रेष्ठ नियुक्त

अखिल नेपाल फुटबल (एन्फा) ले अनिल श्रेष्ठलाई व्यवस्थापकको जिम्मेवारी दिएको छ।

बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलका लागि श्रेष्ठलाई टिम व्यवस्थापकको जिम्मेवारी दिइएको हो। श्रेष्ठ सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबका व्यवस्थापक हुन्।

उनलाई एन्फाका महासचिव किरण राईले नियुक्ति पत्र दिएका थिए। यसअघि मधुसुदन उपाध्यायले चार वर्षसम्म नेपाली राष्ट्रिय टिमको व्यवस्थापकको जिम्मेवारी सम्हालेका थिए। व्यवस्थापक नियुक्त भएपछि श्रेष्ठले राष्ट्रिय टिमको व्यवस्थापकको जिम्मेवारी पाउँदा खुशी भएको बताए।

नेपालले ११ असोजमा दशरथ रंगशालामा बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्ने तालिका छ। बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि एन्फाले यसअघि कार्यवाहक प्रशिक्षकको रुपमा प्रदीप हुमागाँईलाई नियुक्त गरेको छ।  मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी विदामा रहेका कारण एन्फाले कार्यवाहक प्रशिक्षकको जिम्मेवारी हुमागाइँलाई दिएको हो।

प्रकाशित: १२ भाद्र २०७९ १३:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App