१७ असार २०८१ सोमबार
image/svg+xml

कुस्तीतर्फ आर्मी टिम च्याम्पियन

विभागीय टिम त्रिभुवन आर्मी क्लबका लागि ५७ केजी तौल समूहमा लक्ष्मी तामाङ, ६२ केजी तौल समूहमा सुशीला चन्द, ६५ केजी तौल समूहमा निर्मला जागरी, ६८ केजी तौल समूहमा मीरा आउजी र ७६ केजी तौल समूहमा रचना श्रेष्ठ र पुरुष तर्फको ७४ केजी तौल समूहमा सुरेस चुनारले स्वर्ण पदक जितेका हुन्।

नवौँ राष्ट्रिय खेलकुद: गण्डकीलाई पराजित गर्दै आर्मी फुटबलको फाइनलमा

आर्मीले लिग चरणको पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ४–१ ले र दोस्रो खेलमा पुलिस क्लबलाई २–० गोल अन्तरले हराएको हो।

नवौँ राष्ट्रिय खेलकुदः बुद्धिचालतर्फको महिला क्लासिकलमा त्रिभुवन आर्मीलाई स्वर्ण

प्रतियोगितामा त्रिभुवन आर्मी क्लबकी सुजना लोहनीले क्लासिक चरणमा नौ अङ्क प्राप्त गर्दै स्वर्ण पदक जित्न सफल भएकी हुन्। प्रतियोगितामा लोहनीले क्लासिक चरणका सबै नौ खेल सम्पन्न हुँदा सबै खेलमा जित निकाल्न सफल भएको निर्णायक दीपेश गिरीले जानकारी दिए।

नवौं राष्ट्रिय खेलकुदः आर्मीको सहज जित

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ। शुक्रबार लामाचौरस्थित लामाचौर खेल मैदान गोस्तेघाटमा भएको प्रतिस्पर्धमा आर्मीले ४–१ गोल अन्तरले पराजित गरेको छ।

एपिएफ र पुलिस क्वार्टरफाइनलमा

हेटौंडामा जारी स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्ड कपमा दुई विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लब र नेपाल पुलिस क्लब क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

बैंक अफ बरोडालाई स्वर्ण

नेपालको त्रिभुवन आर्मी क्लबले सेमिफाइनलसम्म यात्रा तय गरेको चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा भारतको बैंक अफ बरोडाले मंगलबार स्वर्ण जितेको छ।

सुशील र लक्ष्मण फाइनलमा

त्रिभुवन आर्मी क्लबका सुशील थापाले एचटुओका रविन थापालाई ५–० अंकले हराउँदै थाइल्यान्ड ओपन इन्टरनेसनल बक्सिङ छनोटको ४८ केजी तौल समूहको फाइनलमा स्थान बनाएका छन्।

वीरेन्द्रको प्रतिद्वन्द्वी प्रमोद

लुम्बिनी प्रदेशका वीरेन्द्र बुढा र त्रिभुवन आर्मी क्लबका प्रमोद साहबीच जिपी कोइराला प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिपको दोस्रो चरणमा प्रतिस्पर्धा हुने भएको छ।

त्रिभुवन आर्मीका महतरा दुगुनागढी माउण्टेन ट्रेल रेसको बिजेता

त्रिभुवन आर्मी क्लबका धावक देवराज महतरा दोस्रो लिस्तिकोट–दुगुनागढी माउण्टेन ट्रेल रेसको बिजेता बनेका छन्। प्रतियोगिताको खुलातर्फ साढे २४ किलोमिटर लामो दौड दुई घण्टा १४ मिनेट ३० सेकेन्डमा पूरा गर्दै उनी प्रथम भएका हुन्।

सुवास र प्रदीप भिड्ने

नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा सुवासले उदयपुरका नारायण भुजेल तथा प्रदीपले रुकुमका जीवनकुमार पुनलाई पराजित गरे।

त्रिभुवन आर्मी नकआउट चरणमा

यसअघि भएको पहिलो खेलमा आर्मीले फुटबल फेलोसिप क्लबलाई ७–१ गोलअन्तरले हराउँदै प्रतियोगितामा सुखद सुरुआत गरेको थियो।

आर्मीबाट यु–१३ युथ एकेडेमी सञ्चालन

युथ एकेडेमीको विधिवत् सुरुआत गर्ने पनि आर्मी पहिलो क्लब बनेको छ। आर्मीले एन्फाले उपलब्ध गराएका १४ खेलाडीमा ११ खेलाडी थप गर्दै मंगलबारबाट एकेडेमी सञ्चालनमा ल्याएको हो।

विभागीय टोलीको सुखद सुरुआत

आर्मीले सुखद सुरुआत गर्ने क्रममा कर्णाली प्रदेशमाथि २५–८, २५–१४, २५–७ को जित हात पार्‍यो। यस्तै एपिएफले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–१ को सेटले हराउने क्रममा पहिलो सेट २६–२८ ले गुमाएको थियो।

एएफसी कप: आर्मीको सानदार पुनरागमन

घानाका तीन खेलाडीसहित उत्रेको श्रीलंका पुलिसमाथि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दर्जनौं अवसर सिर्जना गरेको आर्मीले पाँच गोल फर्काउँदै भारतीय टोली बेंगलुरु फुटबल क्लबसँगको भेट पक्का गरेको हो। नवयुग श्रेष्ठको आक्रमणबाट खेलको पहिलो मिनेटदेखि नै दबाब दिएको आर्मीले लगातार गोल अवसर सिर्जना गरेको थियो।

मेयर कप एक दिवसीय क्रिकेट: आलमको ७ विकेट व्यर्थ

मंगलबार मूलपानीस्थित क्रिकेट मैदानमा आर्मी पुलिससँग ३ विकेटले निराश भएको हो। आर्मीले प्रस्तुत गरेको ८८ रनको लक्ष्य पुलिसले १८.३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको थियो। पुलिसका ओपनर सुनील धमलाले सर्वाधिक ३९ रन जोड्दा पवन सर्राफले अविजित २२ र दिलीप नाथले १५ रनको योगदान गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्