२१ आश्विन २०८१ सोमबार
image/svg+xml

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन राष्ट्रपतिबाट हुने

पोखरा स्थित पोखरा रंगशालामा उद्घाटन असोज २८ गते शुक्रबार हुनेछन्। यस्तै नवौंको समापन प्रधानमन्त्री शेरबहादुर देउवाले कात्तिक ३ गते बिहीबार गर्ने तालिका रहेको छ।

खेलाडीको गुनासोपछि मन्त्री गुरुङद्वारा होटल अनुगमन, प्रोटिनयुक्त खाना व्यवस्था गर्न निर्देशन

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बन्द प्रशिक्षण रहेका खेलाडीहरुबाट यस्तै गुनासो आएपछि गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ शनिबार राती आफैं होटल अनुगमनमा निस्किए।

नवौँ राष्ट्रिय खेलकुदका लागि टेवलटेनिसका १० खेलाडी छनौट

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश नं १ बाट टेवलटेनिसका १० खेलाडी छनौट भएका छन्। इटहरीमा जारी प्रदेश नं १ स्तरीय खेलकुद प्रतियोगिताबाट उनीहरु छनौट भएका हुन्।

नवौँ राष्ट्रिय खेलकुदमा पदक जित्नेलाई सम्मान गर्छौँ: मुख्यमन्त्री भट्ट

सबै जिल्लामा खेलकुदका संरचना निर्माणका साथै खेलाडीको क्षमता वृद्धिका लागि कार्यक्रम अगाडि बढाएको मुख्यमन्त्री भट्टले बताए।

नवौं राष्ट्रिय खेलकुदः खेल्ने ठाउँमा कतै पानी चुहिन्छ, कतै अँध्यारो

‘छानाबाट पानी चुहिन्छ। चुहिएको ठाँउ मर्मत गर्नुपर्छ,’ कास्की जिल्ला व्याडमिन्टन संघका अध्यक्ष शुसील श्रेष्ठले भने, ‘लाइटको व्यवस्था गर्नुपर्छ। अस्थायी प्यारापिट बनाउनुपर्ने देखिन्छ।’ उनका अनुसार लाइटसँगै प्यारापिट बनाउन आवश्यक बजेट अभावले संघ रुमलिएको छ। ‘मर्मत सम्भारको लागि कति पैसा छुट्टाएका छन्। कहिले मर्मत गर्ने हो मेलोमेसो छैन्,’ उनको भनाइ थियो।

प्रधानमन्त्रीद्वारा ट्रफी सार्वजनिक

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार एक कार्यक्रमबीच नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका छन्।

आर्मीलाई हराउँदै पुलिस च्याम्पियन

चिरपरिचित प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबमाथि ८ विकेटको जित निकाल्दै विभागीय टोली नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा शुक्रबार स्वर्ण पदक जितेको छ।

नवौं राष्ट्रिय खेलकुद पुरुष क्रिकेटः नेपाल पुलिस क्लवलाई स्वर्ण पदक

वर्षाको कारण खेल ८ ओभरमा छोट्याइएको खेलमा त्रिभूवन आर्मी क्लवले दिएको १ सय ४ रनको टार्गेट पुलिसले ६ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा गर्यो।

नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने सोचाइ छ तर आर्थिक अवस्था राम्रो छैनः प्रधानमन्त्री

'हामी छिटै नै खेलकुद विश्वविद्यालयतिर खोल्न लाग्नेछौँ। तर अहिले कोभिड लगायतका धेरै कारणले गर्दा राष्ट्रिय आर्थिक अवस्था राम्रो छैन। तरपनि सुरुवात गर्ने हाम्रो सोचाइ छ। सुरुवात गर्नेर्छाैं। त्यसले पनि भोलि हाम्रो देशमा युवाहरुको आकर्षण बढ्नेछ भन्ने विश्वास लिएको छु।’

सेमिफाइनल नै नखेली आर्मी फाइनलमा

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटतर्फको फाइनल विभागीय टोलीद्वय त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच हुने भएको छ।

नवौँ राष्ट्रिय खेलकुद :गण्डकी प्रदेशमा असोज २८ देखि आयोजना हुने

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि गण्डकी प्रदेशमा आयोजना हुनेभएको छ।

नवौं राष्ट्रिय खेलकुद: चार वर्षमा पनि बनेन सुटिङ रेन्ज र पौडी पोखरी

‘हिजोका मन्त्री र अहिलेको खेलकुद मन्त्री तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवले पोखरामा पौडी पोखरी र सुटिङ रेन्ज बनाउने प्रतिबद्धता जनाइराखे,’ राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य राजेश गुरुङले भने, ‘संरचना नहुदाँ बनाउँछौ भन्ने प्रतिबद्धता गरे। हामीले विश्वास गर्‍याैँ। अझैपनि बन्छ भनेर प्रतिबद्धता गरेका छन्।’

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका: गण्डकीले सबै खेलमा भाग लिने

ट्रायथलनबाहेक सबै खेलको छनोट सकिएकाले आगामी असोज १ गतेदखि खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने प्रदेश खेलकुद परिषद्ले जनाएको छ।

वर्षाले सबै खेल प्रभावित

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटअन्तर्गत शुक्रबार एनआरएनए एकेडेमी र एपिएफ क्लबबीचको खेल वर्षाका कारण नतिजाविहीन बन्दा अन्य तीन खेललाई पनि वर्षाले प्रभावित गरेको छ।

क्रिकेटका प्रतिस्पर्धा बिहीबारदेखि काठमाडौंमै

गण्डकी प्रदेशमा तय नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन आगामी असोज २८ गतेदेखि हुने भए पनि क्रिकेटको प्रतिस्पर्धा भने बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्