२१ आश्विन २०८१ सोमबार
image/svg+xml

एनआरएनएको विजयी सुरुवात

कीर्तिपुरस्थित त्रिभूवन विश्व विद्यालयको मैदानमा सम्पन्न भएको दिनको पहिलो खेलमा एनआरएनएले विजयी सुरुवात गरेको हो। वर्षाका कारण ६ ओभरमा घटाएपछि खेल आरम्भ भएको थियो। ७५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित ६ ओभरमा ६ विकेट गुमाएर ६२ रनमात्र बनाउन सक्यो।

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष टि-२० मा आज ४ खेल हुँदै

नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कार्तिक ३ गतेसम्म आयोजना हुने भएपनि पुरुष क्रिकेट भने अगाडि नै गर्न लागिएको हो। टियु क्रिकेटमा हुने उद्घाटन खेलमा एनआरएनए टिम र सुदूरपश्चिम प्रदेशबीच प्रतिष्पर्धा हुनेछ।

नवौं राष्ट्रिय खेलकुदः साइक्लिङमा गण्डकी प्रदेशबाट १६ जना छनोट

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि गण्डकी प्रदेशबाट ३६ खेलबाट खेलाडी छनोट हुदैंछन् । अधिकांश खेलका खेलाडी छनोट भईसकेका छन्। अब क्रिकेट, गल्फ र हक्कीको टोली छनोट हुन बाँकी छ। ती पनि यो साताभित्र छनोट गरेर गण्डकी प्रदेश खेलकुद परिषदमा नामावाली पेश हुनेछन्।

एनआरएनए क्रिकेट टोलीको घोषणा

गैरआवसीय नेपाली संघ खेलकुद प्रतिष्ठानले आईतवार पत्रकार सम्मेलन गर्दै नवौंका लागि क्रिकेट टोलीको घोषणा गरेको हो। घोषणा गरिएको टोलीमा एनआरएनले सुनम गौतमलाई कप्तानको जिम्मेवारी दिने भएको छ भने उपकप्तान पृथु बास्कोटाले पाएका छन्।

नवौं राष्ट्रिय खेलकुदः सामान नहुँदा हर्डल्सको छनोट इभेण्ट हुनै सकेन

‘हर्डल्सको लागि हामीसँग (एथलेटिक्स संघ, कास्की) सामान नै छैन। सामानको लागि गण्डकी खेलकुद परिषद् र राष्ट्रिय खेलकुद परिषद्लाई समेत आवश्यक सामानको विवरणसहित परिपत्र गरेका थियौँ,’ केन्द्रीय सदस्य एवं एथलेटिक्सका प्राविधिक समेत रहेका गुरुङले भने, ‘सामान केही पनि आएन। भएका सामान जोडजाड पारी एथलेटिक्सका इभेण्टलाई व्यवस्थापन गर्‍याैँ।’

नवौं राष्ट्रिय खेलकुद: गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिता सुरु

उदघाटन स्थगित भएपनि मार्शल आर्टसका खेलहरुको छनोट प्रतिस्पर्धा सुरु भइसकेको छ। तेक्वान्दो, जुडो, बक्सिङ, उसु पोखरा रंगशालास्थित कभर्ड र रिङमा सुरु भएको छ। सितेरियो कराँते पोखरा सृजनाचोकस्थित साइमन पार्टी प्यालेसमा सुरु भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेश छनोट प्रतियोगिताका संयोजक खगेन्द्र क्षत्रीले जानकारी दिए।

बैतडीबाट प्रदेशका लागि १५६ खेलाडी छनौट

नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत सुदूरपश्चिम स्तरीय खेलकुद प्रतियोगिताका लागि बैतडीबाट एक सय ५६ खेलाडी छनौट भएका छन्।

गण्डकीका खेलकुद मन्त्रीको प्रश्नः प्रतियोगितालाई छुट्टाइएको ६० करोड खोइ?

‘नवौं राष्ट्रिय खेलकुदको लागि ७ करोड मागेका हौं। तर साढे तीन करोड मात्रै मन्त्रालयले दिएको छ,’ बुधबार गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री राजीव गुरुङले भने, ‘थप बजेट भएन भने गेम गर्न सकिन्न।’ उनको भनाइ अनुसार पैसा नभए प्रतियोगिता स्थगित हुन्छ। ‘खेलाडीलाई डाईट खुवाउने पैसा खेलकुद मन्त्रालयसँग छैन्,’ उनको भनाइ थियो।

नवौँ राष्ट्रिय खेलकुद: चार दशकपछि पोखरामा बृहत् प्रतियोगिता हुँदै

नेपालको खेलकुदको इतिहासमा पोखरामा चार दशकपछि दोस्रोपटक राष्ट्रिय खेलकुद प्रतियोगिता हुन लागेको हो। यसअघि २०४० चैत १२ देखि २० गतेसम्म पोखरामा ‘दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता’ आयोजना गरिएको थियो।

नवौं राष्ट्रिय खेलकुदमा पारस खड्का बागमती क्रिकेट टिमकाे संयाेजकमा

प्रदेशले क्रिकेट खेलको सम्पूर्ण छनोटको जिम्मेवारी पारसलाई दिएको हो। बागमती प्रदेशले छनोटबाट आएका खेलाडीलाई ४५ दिन बन्द प्रशिक्षणमा राख्ने र स्वर्ण पदक विजेतालाई दशौं राष्ट्रिय खेलकुदसम्म मासिक ६ हजार रुपैयाँका दरले भत्ता दिने निर्णय गरेको छ।

वागमती प्रदेशले स्वर्णपदक विजेतालाई मासिक ६ हजार दिने

वागमती प्रदेश सरकारले प्रदेश सरकारको प्राथमिकतामा परेका खेलहरुमा नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत स्वर्णपदक विजेता खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले मासिक ६ हजार रुपैयाँ भत्ता दिने भएको छ।

नवौँ राष्ट्रिय खेलकुदः कञ्चनपुरमा आजदेखि छनोट हुँदै

'यसअघि प्रतियोगितामा भाग लिने खेलाडीलाई फाराम भर्न आह्वान गरेका थियौँ,' उनले भने, 'जिल्लामा छनोट भएका खेलाडी प्रदेशमा जान्छन्, त्यहाँ छनोट हुने खेलाडीले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिनेछन्।'

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताः पुरुष क्रिकेट प्रतियोगिता काठमाडौँमा हुने

सात प्रदेश, तीन विभागीय टोली र एनआरएन गरी जम्मा ११ टिमले प्रतियोगितामा प्रतिष्पर्धा गर्नेछन्। राखेपले प्रतिस्पर्धामा सहभागी बन्ने ११ टिमले भदौ १५ गतेसम्म सहभागी खेलाडी संख्याको टुंगो लगाउनुपर्ने र २५ गतेसम्म खेलाडीको नामावलीसहित सम्पूर्ण विवरण पेस गर्न निर्देशन दिएको छ।

नवौँ राष्ट्रिय खेलकुद: जिल्लास्तरीय छनोट भदौ १० देखि

बैतडी जिल्ला खेलकुद समितिका प्रमुख तर्कराज जोशीका अनुसार उक्त प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक आवेदन भरेका महिला र पुरुष खेलाडीको छनोट भदौ १० देखि भदौ १५ सम्म हुने भएको हो।

स्वयंसेवक प्रशिक्षकलाई करारमा राख्छौं: खेलकुदमन्त्री

नवौं राष्ट्रिय खेलकुदको तयारी सुरु भइसकेको छ। गण्डकी प्रदेशको राजधानी पोखराबाटै प्रशिक्षण एवं छनोट प्रतियोगिता सुरु भएको दुई दिनअघि घोषणा गरिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्