२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नवौं राष्ट्रिय खेलकुदमा पारस खड्का बागमती क्रिकेट टिमकाे संयाेजकमा

नवौं राष्ट्रिय खेलकुद  प्रतियाेगितामा पारस खड्काले बागमती प्रदेशको क्रिकेट टिमकाे संयाेजक भएका छन्। प्रदेश खेलकुद विकास परिषद् बागमतीले राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारसलाई क्रिकेट खेलको संयाेजककाे जिम्मेवारी दिएको छ।  

प्रदेश खेलकुद विकास परिषद्का अनुसार पारसले क्रिकेट खेलको संयोजकको जिम्मेवारी निर्वाह गर्नेछन्। उनले प्रदेश प्रतियोगिताको आयोजना, सञ्चालन र छनोटमा प्रमुख भूमिका खेल्नेछन्। बागमतीले नवौं राष्ट्रिय खेलकुदमा क्रिकेट खेलमा स्वर्णको सम्भावना देखेको छ।

सोही अनुसार प्रदेशले क्रिकेट खेलको सम्पूर्ण छनोटको जिम्मेवारी पारसलाई दिएको हो। बागमती प्रदेशले छनोटबाट आएका खेलाडीलाई ४५ दिन बन्द प्रशिक्षणमा राख्ने र स्वर्ण पदक विजेतालाई दशौं राष्ट्रिय खेलकुदसम्म मासिक ६ हजार रुपैयाँका दरले भत्ता दिने निर्णय गरेको छ। सरकारले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता यस वर्ष असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना गर्दैछ।

प्रकाशित: १३ भाद्र २०७९ १३:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App