‘बुहारी लिन जाँदा यो अवस्था भयो’
तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्यका साथ जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक र पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल थरकी युवतीकहाँ पुगे। नवराज र उनका १९ जना साथी बाटोमा हौसिँदै गएको बताउँछन्। तर जब युवा सोती पुगे, माहोल एकाएक बिग्रियो।