उपनिर्वाचन: कस्तो त्रास, कत्रो आस?
हालै मात्र तनहुँ, चितवन र बाराको उपनिर्वाचन सम्पन्न भएको छ। स्वतन्त्र पार्टीका उम्मेदवारहरूलाई हराउन १० दलीय गठबन्धनले साझा उम्मेदवार उठायो र मत माग्न प्रधानमन्त्री लगायतका शीर्षस्थ नेताहरूले जिल्लाको दौडाहा गरे।
हालै मात्र तनहुँ, चितवन र बाराको उपनिर्वाचन सम्पन्न भएको छ। स्वतन्त्र पार्टीका उम्मेदवारहरूलाई हराउन १० दलीय गठबन्धनले साझा उम्मेदवार उठायो र मत माग्न प्रधानमन्त्री लगायतका शीर्षस्थ नेताहरूले जिल्लाको दौडाहा गरे।
निर्वाचन आयोगले कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसमक्ष यही वैशाख १० मा सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन, २०८० को निर्वाचन परिणाम सहितको प्रतिवेदन पेस गरेको छ।
सरकारको नेतृत्व गरेको माओवादी केन्द्रका लागि यही वैशाख १० गतेको उपनिर्वाचन ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात्’ भने जस्तै भयो।
राष्ट्रपति रामचन्द्र पौडेलले गत मंसिर ४ को निर्वाचनमा विजय हासिल गरेका यो ठाउँमा पुनः कांग्रेस उम्मेदवार विजयी हुन सकेनन्। यसले कांग्रेस मतदाताबीच लोकप्रिय हुन नसकेको सन्देश गएको छ।
बारा २ मा भएको उपनिर्वाचनको मतपरिणामको पछिल्लो अपडेट अनुसार जसपाका अध्यक्ष उपेन्द्र यादवको अग्रता कायमै छ।
प्रतिनिधिसभा सदस्य उपनिर्वाचन २०८० अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवि लामिछाने भारी मतले विजयी भएका छन्।
चितवन–२ को उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठ पराजय स्वीकारेका छन्। चुनावको आधिकारिक मतपरिणाम नआउँदै श्रेष्ठले हार स्वीकार गर्दै स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बधाई दिएका हुन्।
आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन।
हालसम्म आठ वडाको मतपरिणाम सम्पन्न हुँदा डा वाग्लेले सात हजार दुई सय ९३ प्राप्त गरेका छन। नेपाली कांग्रेसका गोविन्द भट्टराईले तीन हजार दुई सय ३४ मत प्राप्त गरेका छन।। नेकपा (एमाले) का सर्वेन्द्र खनालले दुई हजार एक सय ३४ मत प्राप्त गरेका छन ।
आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले दोब्बर मतले अग्रता लिएका छन् ।
बिहान ७ बजे देखि बेलुका ५ बजेसम्म गरिएको मतदानमा ६८ हजार दुई सयको हाराहारीमा मत खसेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले बताएका हुन्।
हालसम्मको प्रारम्भिक विवरण अनुसार समग्रमा करीब ६० प्रतिशत मतदान भएको देखिएको छ।
उपनिर्वाचन भएको तनहुँ–१ मा ५२ प्रतिशत मत मात्र खसेको प्रारम्भिक अनुमान गरिएको छ। जिल्ला निर्वाचन कार्यालय तनहुँले अघिल्लो निर्वाचनमा भन्दा पनि कम संख्यामा मत खसेको बताएको छ।
उपनिर्वाचन भईरहेको तनहुँ–१ मा दिउँसो २ बजेसम्म झन्डै ४० प्रतिशत मत खसेको अनुमान रहेको छ। जिल्ला निर्वाचन अधिकारी हरि ढकालले २ बजेसम्म ४० प्रतिशत मत खसेको अनुमान रहेको बताए।
मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार दिउँसो १ बजेसम्म ३७ प्रतिशत मत खसेको हो।