२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

बारा-२ उपनिर्वाचन: उपेन्द्र यादव ४ हजार बढी मतले अगाडि (अपडेट)

फाइल तस्बिर

बारा-२ मा भएको उपनिर्वाचनको मतपरिणामको पछिल्लो अपडेट अनुसार जसपाका अध्यक्ष उपेन्द्र यादवको अग्रता कायमै छ। यादव ४ हजार ७८२ मतले अग्रता कायम राखेका छन्।

पछिल्लो अपडेटअनुसार यादवले १५ हजार ९८० मत ल्याएका छन्।

उनलाई जनमतका शिवचन्द्र कुशवाहले ११ हजार १९८ मत ल्याएर पछ्याइरहेका छन्। यहाँ एमालेका पुरुषोत्तम पौडेल ५ हजार १४१ मत ल्याएर तेस्रो स्थानमा छन्।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रमेश खरेलले २ हजार १२८ मत ल्याएका छन्।

प्रकाशित: १२ वैशाख २०८० ०९:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App