२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

संस्था निर्माणमा ध्यान नदिँदा व्यवस्था फेरिए पनि अवस्था फेरिएन: मानुषी

युवा नेतृ मानुषी यमी भट्टराईले लोकतान्त्रिक गणतन्त्र स्थापनापछि संस्थागत विकासमा ध्यान नपुग्दा जनताले चाहेजस्तो परिणाम आउन नसकेको बताएकी छन्।

आइतबार नेपाल रिपब्लिक मिडियाद्वारा राजधानीमा आयोजित ‘क्रिएटर्स च्याम्पियन ३.०’ प्यानल डिस्कसन कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेकी हुन्।

राजनीतिक प्रणाली आफैंमा जटिल विषय भएको उल्लेख गर्दै भट्टराईले व्यवस्थाले नतिजा दिन नसक्दा समाजमा निराशा बढ्ने बताइन्।

‘लोकतान्त्रिक व्यवस्थामा राज्यका संस्थाहरूको प्रभावकारी समन्वय र सञ्चालन भए मात्र नतिजा प्राप्त हुन्छ,’ उनले भनिन्।

मुलुकमा ठूला राजनीतिक परिवर्तन भए पनि बलियो संस्था निर्माणमा नेतृत्व चुकेको उनको टिप्पणी छ।

उनले भनिन्, ‘लोकतान्त्रिक गणतन्त्र आएदेखि हामीले संस्था बनाउनतिर ध्यान दिएनौं। त्यसैले नै आम मानिसमा व्यवस्था फेरियो, तर अवस्था फेरिएन भन्ने भाष्य बनेको हो।’

प्रकाशित: १८ माघ २०८२ १९:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App