मनास्लु र रक्सा उराई हिमाल आरोहण गर्न ६५ जनालाई अनुमति
यस वर्षको शरद ऋतु (सेप्टेम्बर, अक्टोबर र नोभेम्बर)मा दुई हिमाल आरोहण गर्न पर्यटन विभागबाट विभिन्न मुलुकका ६५ आरोहीहरूले अनुमति पाएका छन्।
यस वर्षको शरद ऋतु (सेप्टेम्बर, अक्टोबर र नोभेम्बर)मा दुई हिमाल आरोहण गर्न पर्यटन विभागबाट विभिन्न मुलुकका ६५ आरोहीहरूले अनुमति पाएका छन्।
सरकारी लक्ष्य पुरा गर्न अबको चारमहिनामा कम्तिमा चारलाख विदेशी पाहुना भित्रिनुपर्ने हुन्छ। अहिलेको आगमनको आकारका आधारमा अबको चारमहिनामा चारलाख विदेशी पर्यटक नेपाल आउलान त? पर्यटन बोर्ड भन्छ, ‘मुख्य सिजनको सुरुवाती समय भएकोले अबको चारमहिनामा चारलाख विदेशी पाहुना भित्रिने अपेक्षा गर्न सकिन्छ।’
नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि अगष्ट महिनासम्म छ लाख एक हजार तीन सय ६० पर्यटक भित्रिएका छन्।
सरकारले यो वर्ष (२०२३) मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। तर, आठमहिना (जनवरी–अगष्ट) अवधिमा हवाई मार्गबाट नेपाल भित्रिएका विदेशी पाहुनाको संख्या ६ लाख नाघेको छ। अगष्ट महिनामा मात्र नेपाल भित्रिने विदेशी पाहुनाको संख्या ६७ हजार १ सय ५३ रहेको छ ।
एकातिर बूढीगण्डकी अर्काेतिर नेत्रावती। यही दुई नदीको सङ्गममा छ नरसिंह धाम। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारको फेदीमा रहेको धाममा हिजोआज दैनिक सयौं भक्तजन पुग्ने गरेका छन्।
स्पेनका लागि नेपाली राजदूत हुन्–शर्मिला पराजुली ढकाल। यसअघि ओमानमा राजदूत रहिसकेकी उनले स्पेनको आफ्नो एकबर्से अनुभव र उपलब्धिलाई नागरिकसँगको वार्तामा यसरी व्यक्त गरिन्:
नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक हो सौराहा। यहाँ चितवन राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुको अवलोकनका लागि पर्यटक आउने गर्छन्।
आन्तरिक तथा बाह्य पर्यटकले अनलाइनमार्फत बस टिकट खरिद गर्न पाउने भएका छन्। टुरिस्ट बस एशोसियशन अफ नेपाल (टिवान)ले आफ्नै मोबाइल एप्स निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकलाई अनलाइनमार्फत टिकट खरिद गर्ने व्यवस्था मिलाएको हो।
युवापुस्ताको विदेश पलायन बढ्दै जाँदा पोखराका होटलमा कामदार अभाव खड्किन थालेको छ। कोरोना भाइरस संक्रमणले बिस्थापित सबै कामदार पर्यटन क्षेत्रमा नफर्किदा जनशक्ति अभाव बढ्दै गएको थियो। त्यसैमाथि कार्यरत जनशक्ति विदेश पलायन हुँदै गएको र नयाँ जनशक्ति पर्यटन क्षेत्रमा आकर्षित नहुँदा कामदार अभाव बढ्दै गएको व्यावसायीले बताएका छन्।
शुक्लागण्डकी नगरपालिका–६ स्थित पृथ्वी राजमार्गको खैरेनीटार बजारबाट दुई दशमलव पाँच किलोमिटर दूरीमा झाँगाझोली रहेको छ।
पोखरा महानगरपालिका-२८ स्थित माझठानाको रोला झरनामा यतिखेर आन्तरिक पर्यटकको आकर्षण बढेको छ।
पर्यटक प्रहरीको काम, कर्तव्य र जिम्मेवारीलाई व्यावहारिक र व्यवस्थित बनाइ कार्य क्षेत्रमा खटिएका कर्मचारीहरूको कार्य सम्पादनको स्तर उच्च बनाउने उद्देश्यले सुरू भएको पर्यटक प्रहरीको पहिलो समूहको तालिम सकिएको छ।
दुई सय बढी बङ्गलादेशी पर्यटकहरू चार्डड जहाजबाट नेपाल भ्रमणका लागि आएका छन्।आज २ सय बढी बङ्गलादेशी नागरिकको टोली नेपाल भ्रमणका लागि आएको हो।
बंगलादेशबाट सात सय पर्यटक नेपाल आउने भएका छन्। उनीहरू जहाज चार्टर्ड गरेर नेपाल आउन लागेका हुन्।
काठमाडौंको कमलादीमा निर्माण भएको स्काइ–वाक सञ्चालनमा आएको महिना दिन पुगेको छ। स्काइ–वाक सञ्चालनमा आएको महिना दिनमा स्वदेशी तथा विदेशी पर्यटकले उल्लेख्य संख्यामा भ्रमण गरेको कम्पनी वन्र्डस नेपालले जनाएको छ।