२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

स्काइ–वाक गर्ने पर्यटक बढेको कम्पनीको दाबी

काठमाडौंको कमलादीमा निर्माण भएको स्काइ–वाक सञ्चालनमा आएको महिना दिन पुगेको छ। स्काइ–वाक सञ्चालनमा आएको महिना दिनमा स्वदेशी तथा विदेशी पर्यटकले उल्लेख्य संख्यामा भ्रमण गरेको कम्पनी वन्र्डस नेपालले जनाएको छ।  

उपत्यका विकास प्राधिकरणबाट योजना अनुमति, उड्डयन प्राधिकरणबाट उचाइ अनुमति, काठमाडौं माहानगरपालिकाबाट नक्सा पास, निर्माण अनुमति र भवन निर्माण सम्पन्न प्रमाणपत्र, वातावरणीय प्रभाव मूल्यांकन अनुमति, पर्यटन विभागबाट सञ्चालन इजाजत पत्र समेत प्राप्त गरी स्काइ–वाक गत असार १५ गतेबाट सञ्चालनमा आएको हो।  

नेपाल सरकार, काठमाडौं महानगरपालिका तथा मातहतका निकायहरूबाट पुरा गर्नुपर्ने सम्पूर्ण कानुनी प्रक्रिया र समाजमा स्थापित आधारमूत मान्यताहरू समेतलाई पूर्णरूपमा आत्मसात गर्दै व्यवसाय सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ। कम्पनीले स्काइ–वाक सञ्चालनमा ल्याएर सरकार तथा महानगरलाई कर तिर्दै राजस्व संकलनमा आबद्ध हुन पाउँदा गौरव लागेको कम्पनीको भनाइ छ।  

कम्पनीले टावर भ्रमण गर्ने पर्यटक, शेरधनी तथा कर्मचारीलायत सम्पूर्णमा आभार व्यक्त गर्दै आगामी दिनमा सबैको साथ, सहयोग र समर्थनको अपेक्षा गरेको जनाएको छ।

प्रकाशित: २३ श्रावण २०८० ०४:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App