१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

काठमाडौंमा फुटपाथमा काम गरेर खाने मजदूरहरूको गास खोसिँदैन : गगन थापा

फाइल तस्बिर

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसको कार्यकालमा नेपाली युवाहरू विदेश जान नपर्ने गरी वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

काठमाडौं क्षेत्र नम्बर ४ मा शनिबार गरेको कार्यक्रममा बोल्दै उनले नेपाली युवाहरूलाई नेपालमै काम उपलब्ध गराउने भन्दै विदेश जान नपर्ने गरी वातावरण बनाउने प्रतिवद्धता व्यक्त गरेका हुन्।

उनले भने, 'नेपाली युवाहरू अब विदेशमा भौतारिनु पर्दैन। हामी नेपालमै युवाहरूलाई रोजगारी दिलाउने छौँ।'

उनले काठमाडौंका फुटपाथमा सामान बेच्नेको भविष्य सुरक्षित हुने, कसैको बाँच्‍ने आधार नखोसिने बताए। 'काठमाडौंमा अब कोही पनि फुटपाथमा काम गरेर खाने मजदूरहरूको गास खोसिँदैन,' उनले भने।

प्रकाशित: १७ माघ २०८२ १३:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App