१३ आश्विन २०८१ आइतबार
image/svg+xml

उपचारमा विश्वास गर्दै राउटे समुदाय

५ वर्षअघि चिसो महिनामा आगोनजिक सुत्दा कपिल शाही पोलिएर थला परे। उनीहरूको जडिबुटीले काम गरेन। लामो समय हुँदा पनि पोलिएको भाग कुहिन थाल्यो अनि बस्तीबाट उपचारका लागि सुर्खेत ल्याए।

मन्त्री झाँक्रीले लगाइन् राउटे युवतीसँग मित

पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका–४ स्थित भेरी नदी किनारको कालीखोलामा बस्दै आएका राउटे समुदायको बस्तीमा शुक्रबार छुट्टै चहलपहल थियो। अरु बेला भन्दा बस्ती केही सफा थियो। राउटे युवाहरु सिमलको रुख ढालेर काठका भाँडावर्तन बनाउँदै थिए । राउटे युवती गाजलु, लोकेन्द्र र प्रकाशको घर अझ सफा थियो।

गहनामा 'राउटे महिला'!

झट्ट हेर्दा राउटे समुदायकै सुन्दर युवतीमा गाँजलु र विमला शाही देखिन्छन्। अन्य समुदायकी युवती झै चिटिक्क र भद्र स्वभावले आम समुदायको ध्यान खिच्ने गर्दछन् राउटे युवतीहरुले। उनीहरु नै राउटे बस्तीकी सुन्दर युवतीमा गनिने गरेका छन्। सुन्दर रुपसँगै उनीहरुको कानदेखि खट्टासम्म लगाएको गहना झकिझकाउ हुन्छ।

दशैं आयो, भत्ता आएन

राउटे संस्कृति अनुसार दशैंका लागि औशी अघिनै छाप्रोमा खशी भित्र्याइसक्नु पर्छ। तीन महिनादेखि भत्ता नपाउँदा अपवादबाहेक धेरैका छाप्रामा खशी छैनन्। केहीले उधारोमा खशी ल्याएका छन्। भत्ता नपाउँदा राउटे बस्तीमा दशैंको रौनक छैन।

राउटे समुदायलाई चामल

इलामको श्रीअन्तुबाट मुगुको रारातालसम्म साइकल यात्रामा निस्केको विश्व साइकलयात्री पुष्कर शाह नेतृत्वको टोलीले जंगलमा फिरन्ते जीवन बिताउने लोपोन्मुख राउटे समुदायलाई खाद्यान्न सहयोग गरेको छ।

राउटेको गणना अन्तिममा गरिने

राउटेहरु ‘आफ्नो सङ्ख्या गन्नु हुँदैन, टाउको गन्नुहुन्न, पाप लाग्छ’ भन्ने मान्यतामा विश्वास गर्छन्। यही मान्यताका कारण यसअघिका जनगणनामा राउटेको यकिन विवरण आउन नसकेको हो। विसं २०५८ र २०६८ को जनगणनामा राउटेको सङ्ख्या यथार्थभन्दा बढी देखाइएको राउटे अभियानकर्मीको आरोप छ।

राउटे समुदायका लागि ‘एक किलोमिटर एक किलो चामल’ अभियान

साइकल यात्रासँगै राउटेलाई राहत उपलब्ध गराउनका लागि ‘एक किलोमिटर एक किलो चामल’ अभियान सञ्चालन गरेको टोलीले सल्यानको सल्लीबजार नजिकै बस्दै आएका राउटे समुदायलाई खाद्यान्न उपलब्ध गराएको हो।

छाप्रामै थलिए राउटे

'भत्तामात्र बाँडेर राज्यले राउटेप्रतिको दायित्वबाट पन्छिन मिल्दैन,' उनले भनिन्, 'बिरामीलाई बस्तीबाट अस्पतालमा पुर्‍याउने, उपचारका लागि काउन्सिलिङ गर्न उनीहरुले विश्वास गर्न सक्ने मान्छे कुरुवा बस्नुपर्छ, अन्य जाति जस्तो राउटेको उपचार गर्न सजिलो छैन्।'

राउटे समुदाय : कल्याल धेरै, स्वबंशी र रास्कोटी कम हुँदा समस्या

स्वबंशी र रास्कोटीको संख्या न्यून हुँदा कल्यालका युवा–युवतीको विवाह हुन सकेको छैन् भने अर्कोतर्फ रास्कोटी र स्वबंशीका छोराछोरीहरुले १२ वर्षभित्रै विवाह गर्नुपर्ने बाध्यता छ।

राउटे बस्तीमा तीन जनाको मृत्यु

एक हप्ताको फरकमा २८ वर्षीय मानसिंह र ३१ वर्षीय दलबहादुर शाहीको मृत्यु भएको सल्यान जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द थापाले जानकारी दिए। सुर्खेतको गुर्भाकोटस्थित कालीमाटी गाउँपालिकाबाट सल्यानको काल्चेखोलामा उनीहरू सरेका थिए।

राउटे नीति तयार

नीतिमा राउटे समुदायको जातीय र मौलिकताको संरक्षण गर्ने, स्थायी बस्ती बसाल्ने, सीपको आधुनिकीकरण गर्ने, बाह्य समुदायबाट हुने नोक्सानी र हिंसाजन्य जोखिमबाट संरक्षण गर्ने, घुम्ती तथा खेलको माध्यमबाट शिक्षण सिकाईका गतिविधिहरु सञ्चालन गर्ने, भाषालाई लिपीवद्ध गर्दै संस्कृतिको संरक्षण गर्ने, नागरिकता उपलब्ध गराउनेलगायतका विषयहरु समेटिएका छन्।

राउटे युवतीलाई यौन दुर्व्यवहार गर्ने कारागार चलान

जिल्ला अदालत सुर्खेतका न्यायाधीश डिलप्रकाश सापकोटाको इजलासले सुर्खेतको गुर्भाकोट—९ का चौमन घर्ती, भूपेन्द्र बुढा र मिलन भनिने मनबहादुर पुनलाई पूर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको हो।

राउटे समुदायले एकै पटक बुझे ३७ लाख भत्ता

संघीय सरकारबाट मासिक रुपमा तीन हजार रुपैयाँ पाउँदै आएको यो समुदायलाई कर्णाली प्रदेश सरकारले थप दुई हजार रुपैयाँ भत्ताको व्यवस्था गरेको छ।

अब राउटेका लागि एकीकृत नीति

कर्णाली प्रदेश सरकारले लोपोन्मुख राउटे समुदायका लागि एकीकृत नीति ल्याउने तयारी गरेको छ । जंगलमा फिरन्ते जीवन विताउने राउटे समुदायको संस्कृति र परम्परालाई जगेर्ना गर्दै उनीहरुको सामाजिकीकरणका लागि सामाजिक विकास मन्त्रालयले राउटे नीति बनाउने तयारी गरेको हो ।

राउटे समुदायमा सिधै राहत वितरण गर्न नपाइने

राहत वितरणका नाममा राउटे समुदायको बस्तीमा हुने अनाधिकृत प्रवेश रोक्न स्थानीय प्रशासनले एकद्वार नीति ल्याएको छ। प्रमुख जिल्ला अधिकारी छवी रिजालको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले सिधै राउटे समुदायको बस्तीमा पुगेर राहत वितरण गर्ने कार्यमा रोक लगाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्