६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

विगत जस्तो रहेन दसैंको रौनक

कोरोना त्रासका कारण यस पटक विगत वर्षमा जस्तो बडा दशैँको रौनक देखिएन। कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण नेपालीले राष्ट्रिय पर्वका रुपमा मनाउने दशैँमा चहलपहल बढ्न नसकेको हो।

दसैंमा मान्यजनको आशीर्वाद : कोरोना भागोस, त्रास हटोस

जुम्ला तिला गाउँपालिका ९ मालापानी गाउँका वीरबल बुढा गाउँकै जेष्ठ नागरिक हुन। यहाँको चलन अनुसार जेष्ठ सदस्यको आगनमा भेला भएर एक आपसमा सुख, दु:ख साट्ने र शुभकामना सन्देश आदान प्रदान गर्ने गरिन्छ। यो चलन यो बर्ष पनि कायमै रह्यो।

प्रधानमन्त्री ओली दम्पतीले राष्ट्रपतिबाट लगाए बडादसैंको टीका

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारीअनुसार राष्ट्रपतिले प्रधानमन्त्री ओलीलाई टीका र जमराको माला लगाइदिएकी हुन्।

भारतीय राजदूत क्वात्राले दिए दसैंको शुभकामना

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले वडा दसैंको शुभकामना दिएका छन्। सोमबार एक ट्वीट गर्दै उनले नेपालीहरुको स्वास्थ्य, समृद्धि र भाग्य ल्याओस् भन्दै कामना गरेका छन्।

राष्ट्रपतिबाट टीका ग्रहण

राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गरेकी छन्।

आज दसैं, टीकाको उत्तम साइत १०: १९ बजे

दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ। घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ।

क्यानडाका प्रधानमन्त्रीले दिए दसैंको शुभकामना

क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोले नवरात्रीको शुभकामना दिएका छन्। प्रधानमन्त्री टुडोले एक विज्ञप्ति प्रकाशित गर्दै क्यानडामा रहेका र विश्वभरका हिन्दु समुदायलाई नवरात्रीको शुभकामना दिएका हुन्।

कोरोनाका कारण महानवमीमा तलेजु भवानी मन्दिर नखुल्ने

यो वर्ष तलेजु भवानीको मन्दिन नखुल्ने भएको छ। हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर यो वर्ष कोरोनाकै कारण नखोलिने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले बताए ।

आज महानवमी, दुर्गा भवानीको पूजा आराधना गरिँदै

आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ।

दसैंमा पिङ,चचहुई…

दसैं भन्ने वित्तिकै हाम्रो मानसपटलमा पिङको दृष्य आउँछ। दसैंको अवसरमा टोल टोलमा पिङ हाल्ने नेपाली परम्परा नै हो। तर कोरोना महामारीले गर्दा अहिले दसैं पनि सुनशान छ। त्यसको प्रभाव पिङमा पनि परेको छ। पहिले पहिले जस्तो टोलमा पिङ देखिदैनन्। त्यै पनि गाउँ सहरमा थोरै भए पनि पिङ हालिएको छ। दसैंमा एक पटक पिङ खेल्नु पर्छ भन्ने चलन पनि रहँदै आएको छ। उपत्यकाको संखरापुरमा हालिएको पिङको दृष्य हेरौं :

दसैंमा स्वास्थ्यवर्द्धक खानपान कसरी गर्ने?

चाडबाड वा अन्य बेलामा पनि स्वास्थ्यलाई चाहिने खाद्य पदार्थ सागसब्जी, फलसलाद भने धेरै कम प्रयोग गर्ने चलन छ। जसको परिणाम कब्जियत हुन्छ र तौल बढ्नेदेखि प्रेसर, सुगर, मुटु, मिर्गाैलामा खराबी जस्ता स्वास्थ्य समस्या हुने सम्भावना हुन्छ।

दसैंमा खसीको मासु

महान् चाड दसैँ नजिकै आइरहँदा प्राय मानिसमा खसीको मासुको विभिन्न परिकारहरू घरमै बनाएर खाने, आफन्त नजिकका प्रिय र प्रियजानहरु सँग भलाकुसारीमा समय बिताउने, आशिष् लिने-दिने र नयाँ एक जोर कपडा हाल्ने समय रहेर होला अर्ध चेतन रूपमै मन फुरुङ्ग बनिदिन्छ। घरको सदस्य मात्र हैन दसैँमा घरमा आउने मासु खाने पाहुनाहरू लाई समेत दुर्गा माताको प्रसादको रूपमा खसीको मासुले स्वागत गर्ने हाम्रो परम्परागत रैथाने चलन हो।

नवरात्रको आठौँ दिन : महागौरीको पूजाराधना गरिँदै

नवरात्रको आठौँ दिन दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरीको विधिपूर्वक पूजाराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको पूजाराधना गर्ने वैदिक सनातनी परम्परा छ।

राष्ट्रपतिबाट शक्तिपीठ दर्शन र सर्वसाधारणलाई टीका कार्यक्रम नहुने

राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्ष दशैँको महाअष्टमी र कोजाग्रत पूर्णिमाका अवसरमा विभिन्न शक्तिपीठमा दर्शन तथा विजयादशमीको दिन इच्छुक महानुभावलाई टीका प्रदानको कार्यक्रम स्थगन गरेकी छन्।

नवरात्रको सातौँ दिन कालरात्रि देवीको पूजा आराधना गरिँदै

नवरात्रको सातौँ दिन आज दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्