७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

दसैंको मौका छोपी बढी भाडा लिने माइक्रो बसलाई कारबाही

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले चाडपर्वको मौका छोपी बढी भाडा लिने सवारी साधनलाई कारबाही गरेको छ। दमौलीबाट काठमाडाैं जाने माइक्रोले प्रतिव्यक्ति एक हजार रुपैयाँ भाडा लिएको भेटिएपछि ट्राफिक प्रहरीले उक्त माइक्रोलाई जरिवाना तिराएर कारबाही गरेको छ भने यात्रुहरूको भाडा फिर्ता गराएको छ।

दमौलीबाट काठमाडाैं छुट्ने माइक्रोले प्रतिव्यक्ति एक हजार रुपैयाँ भाडा लिएको गुनासो आएपछि ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजीव विष्टको नेतृत्वमा आज बिहान जाँच गरी सबै यात्रुहरुको भाडा फिर्ता गराइएको छ।

दमौलीबाट काठमाडाैं सम्मको भाडा छ सय ५० रुपैयाँ रहेकामा चाडपर्वको मौका छोपी केही सवारी साधनले एक हजार रुपैयाँसम्म लिने गरेको गुनासो आएको छ।

विष्टले भने, “दसैँको मौका छोपी बढी भाडा लिएको गुनासो आएपछि म आफैं चेकजाँचका लागि पुगेको थिएँ, काठमाडौँ जाँदै गरेको माइक्रोलाई आँबुखैरेनीमा रोकेर कारबाही गरेका छौँ।”

चाडपर्वको मौका छोपी बढी भाडा लिएको भए प्रहरीलाई खबर गर्न उनले आग्रह गरे। यस्तै, भोर्लेटार चोकमा बिहानै काठमाडौँ जाने यात्रुहरूबाट एक हजार रुपैयाँ लिएको गुनासो आएपछि प्रहरीले तोकिएको भन्दा बढी भाडा नलिन यातायात व्यवसायीलाई निर्देशन दिइसकेको छ। 

प्रकाशित: १० कार्तिक २०८० ०८:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App