१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

साढे ३ सय बढी दुर्गा भगवतीको मूर्ति बिर्सजन

विजया दशमीका अवसरमा कपिलवस्तुका बिभिन्न स्थानमा निकालिएको दुर्गा भगवतीको मूर्ति बिर्सजन गरिएका छ। 

बाजागाजा सहित स्थानीय नदी नालमा दुर्गा भगवतीको मूर्ति बिर्सजन गरिएको हो । जिल्लाका १० पालिका अन्तर्गत बिभिन्न चोक बजार गाउँमा दशैको अवसरमा मूर्ति प्रदर्शन गरिएको थियो। नवरात्रका अवसरमा निकालिएका मूर्तिहरूको विशेष हवन गरिएको थियो।

 जिल्ला प्रशासन कार्यालयका अनुसार कपिलवस्तुका १० पालिकामा साढे ३ सय बढी दुर्गा भगवतीको मूर्ति बनाई राखिएको थियो।२० हजार देखि ६० हजार बढी मूल्यका मूर्तिहरू निकालिएका थिए। केही घटस्थापनाका दिन र अधिकांशले सप्तमीका दिन पूजापाठ गरी निकालेका थिए।

दुर्गामुर्तिलाई भक्तजनहरूले बाणगंगानदीको राम घाट लक्ष्ममणघाट, सुरई बेल नदी तथा बिभिन्न नालामा भब्यरुपमा बिर्सजन गरेका थिए। नवमी, दशमी र एकादशी गरी ३ दिन मुति बिर्सजन गरिएको हो। नवरात्रमा दुर्गा भगवतीको ब्रत बसी पूजापाठ गर्नाले मनोकाङ्क्षा पुरा हुने धार्मिैक बिश्वास रही आएको छ। मूर्ति सेलाउने बिभिन्न स्थलहरूमा मेला समेत लागेको थियो।

 सम्भावित घटनालाई मध्यनजर गर्दै ठाउँ ठाउँमा प्रहरी परिचालन गरिएको थियो। कृष्ण नगरमा मंगलवार नै सुरक्षा घेरा भित्र मूर्ति बिर्सजन गरिएको थियो। प्रजिअ शंकरहरि आचार्यले मूर्ति बिर्सजनकाक्रममा हुन सक्ने सम्भावित झडप र घटनालाई रोक्न जिल्लाभर शान्ति सुरक्षालाई मजबुत पारिएको बताए। 

मूर्ति बिर्सजन क्रममा कहीँ कतै अप्रिय घटना नभएको उनले बताए। तौलिहवा र त्यस आसपासमा निकालिएको झाकीलाई  भक्तजनहरूले नगर परिक्रमा गराई राम घाटमा लगेर बिर्सजन गरेका थिए। बाजागाजा र नाचगान सहित भक्तजनहरू राम घाट नदी पुगेका थिए।

प्रकाशित: ८ कार्तिक २०८० १३:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App