११ मंसिर २०८१ मंगलबार
image/svg+xml

नौ महिनापछि बेपत्ता विद्यार्थीको शव भेटियो

गोक्यो हिमतालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका सुनील बराइलीको शव भेटिएको छ। विदेशी विशेषज्ञ र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले बेपत्ता भएकमहिनापछि बराइलीको शव करिब ३५ फिट गहिराइबाट निकालेको हो।

महाकालीमा बगेर एक किशोर बेपत्ता

बेपत्ता हुनेमा मालिकार्जुन गाउँपालिका ७ खेतारका इन्द्रबहादुर चन्दका १५ बर्से छोरा भूपेन्द्र रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मानवअधिकार समुदायको आग्रह

सत्य निरूपण तथा मेलमिलाप आयोग तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन सम्बन्धमा द्वन्द्वपीडित तथा मानव अधिकार समुदायले सर्वोच्चको फैसला अनुसार काम गर्न आग्रह गरेका छन्।

आयोग पदाधिकारीमा ५७ जनाको आवेदन

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको पदाधिकारीमा आयोगकै पूर्वसदस्य, बहालवाला सचिवदेखि न्यायाधीशसम्मले इच्छा देखाएका छन्। सत्य निरुपण आयोगकी पूर्वसदस्य माधवी भट्ट, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सदस्य विष्णु पाठक र बिजुल विक दुलालले फेरि आयोगमा बसेर काम गर्ने इच्छा देखाउँदै आवेदन दिएका छन्। यसअघि चार वर्षसम्म केही काम गर्न नसकी यी दुईवटै आयोग म्याद सकिएको थियो।

१६ वर्षीया किशोरी एक हप्तादेखि बेपत्ता

विगत एक सातादेखि सप्तरीको रुपनी गाउँपालिकाकी एक बालिका बेपत्ता भएकी छन्। स्थानीय विष्णुदेव सरदारको १६ वर्षीया छोरी आरती सरदार गत चैत्र ३० गतेदेखि बेपत्ता भएकी हुन्।

पौडी खेल्न गएका दुई युवा बेपत्ता

कर्णाली नदीको गेरुवा भङ्गालोमा पर्ने कोठीयाघाटमा पौडी खेल्ने क्रममा आइतबार साँझ दुई युवा बेपत्ता भएका छन्। बाँके कोहलपुरका दीपेन्द्र कार्की र कैलाली लम्कीका प्रज्ज्वल कोइराला पौडी खेल्ने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ।

दोषारोपणमै बिते चार वर्ष

चार वर्षअघि गठिनत सत्य निरूपण तथा मेलमिलाप आयोग शनिबारदेखि पदाधिकारीविहीन बनेको छ। द्वन्द्वकालीन मुद्दाको छानबिन गरी सत्य निरूपण गर्ने तथा द्वन्द्वका क्रममा बेपत्ता पारिएका नागरिकबारे सत्यतथ्य पत्ता लगाउन गठित यी आयोग उपलब्धिमूलक कार्यमा भन्दा आपसी विवादमै रुमलिन पुगे।

पौडी खेल्ने क्रममा बर्दियामा दुई युवक बेपत्ता

६ जना मिलेर देशको लामो पुल कोठियाघाट घुम्न गएका थिए। नदीमा प्रज्वल र दीपेन्द्र बेपत्ता भएका कोहलपुरका राजेन्द्र शाहीले बताए।

घुम्न गएका युवक नारायणी नदीमा डुबेर बेपत्ता

नयाँ वर्षमा घुम्न आएका एक युवक आज बिहान स्नान गर्ने क्रममा नारायणी नदीमा डुबेर बेपत्ता भएका छन्। सँगै नदीले बगाएका अर्का एक युवकलाई प्रहरीले उद्धार गरेको छ।

सिफारिस प्रक्रियामा पारदर्शीता

बेपत्ता नागरिक छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगमा नयाँ पदाधिकारी सिफारिसका लागि सरकारले बनाएको सिफारिस समितिले हतारहतार छनौट प्रक्रिया पारित गरी आवेदन माग गरेको छ। त्रुटिपूर्ण ऐन संशोधन प्रक्रियासमेत सुरु नगरी सरकारले सिफारिस समिति बनाएको भन्दै पीडित पक्षले असहमति जनाएको छ। दलीय प्रतिनिधित्वका आधारमा समिति बनाइएको भन्दै टिप्पणी भइरहेका बेला पीडितलगायतका सरोकारवालाहरूसंँग परामर्शै नगरी छनौट प्रक्रिया तयार पारिएको हो।

सुनकोसी नदीमा एक बेपत्ता

सिन्धुलीको सुनकोसी नदीमा डुबेर एक जना बृद्ध बेपत्ता भएका छन्। गोलन्जोर गाउँपालिका ६ बलेनी निवासी ६१ बर्षीय प्रेमबहादुर श्रेष्ठ सुनकोसी नदीमा माछा मार्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

हिउँपहिरोमा परी उपल्लो डोल्पाका तीन नागरिक बेपत्ता

चैत्र १७ गते तीर्थव्रत गर्न कैलाशपर्वत जाने क्रममा उनीहरु हिउँपहिरोमा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

सत्यनिरुपण आयोगमा भागवन्डा नगर : द्वन्द्वपीडित

द्वन्द्वपीडित साझा चौतारीले पुनः गठन हुने सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा दलीय भागवन्डा नगर्न सरकारसँग माग गरेको छ। चौतारीले बिहीबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाललाई ध्यानाकर्षण पत्र बुझाउँदै पारदर्शी र विश्वसनीय कार्यविधिबाट आयोगका पदाधिकारी चयन गर्न आग्रह गरेको हो।

दूधकोसीमा बेपत्ता भएका युवकको शव फेला

खोटाङमा पौडी खेल्नेक्रममा दुधकोसीमा बेपत्ता भएका युवकको शव फेला परेको छ। खोटाङको ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीको देम्लीटारबाट पौडी खेल्नेक्रममा दुधकोसीमा बेपत्ता भएका सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिका–४ का २५ वर्षीय भरत चर्मकारको शव फेला परेको हो।

सिफारिस समिति गठन

सरकारले सत्य तथा मेलमिलाप आयोग र बेपत्ता आयोगका पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न पूर्वप्रधानन्याधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा पाँचसदस्यीय सिफारिस समिति गठन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्