११ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

घुम्न गएका युवक नारायणी नदीमा डुबेर बेपत्ता

चितवन - नयाँ वर्षमा घुम्न आएका एक युवक आज बिहान स्नान गर्ने क्रममा नारायणी नदीमा डुबेर बेपत्ता भएका छन्। सँगै नदीले बगाएका अर्का एक युवकलाई प्रहरीले उद्धार गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार रुपन्देहीको जानकी नगर घर भएका २१ वर्षीय कपिल ज्ञवाली नदीमा डुबेर बेपत्ता भएका हुन्।

उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। उनीसँगै नदीले बगाएका पाल्पा घर भएका २३ वर्षीय श्रीधर गैरेको उद्धार गरिएको छ। गैरेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। आज बिहान १०ः२० बजेतिर भरतपुर महानगरपालिका–१ नारायणी नदी किनारमा नुहाउने क्रममा दुई जनालाई नदीले बगाएको हो । बुटवलबाट तीन जना युवक नयाँ वर्षमा घुम्न आउने क्रममा नदीमा नुहाउँदा बगाएको प्रहरीले जनाएको छ। देवघाटमा भक्तजनको घुइँचो नयाँ वर्षका अवसरमा पवित्र तीर्थस्थल देवघाटधाममा स्नानसँगै पूजाआजा गर्नेको घुइँचो लागेको छ। 

बिहान सबेरैदेखि विभिन्न जिल्लाबाट भक्तजन आउने क्रम जारी छ। देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले बिहान ५ नबज्दैदेखि भक्तजनको घुइँचो लागेको बताउनुभयो। पौडेलका अनुसार शनिबार राजधानीसहित विभिन्न जिल्लाका भक्तजन देवघाटमा बास बस्ने गरिआएका थिए। दश वर्षअघि सम्म नयाँ वर्षमा सुनसानजस्तो देखिने देवघाट पछिल्ला वर्षमा मेला लागेको जस्तो गरी भक्तजन आउने गरेको उनले बताए। पौडेलका अनुसार एक लाखभन्दा बढी भक्तजन भित्रिने अनुमान गरिएको छ। 

दिउँसो २/३ बजेसम्म भक्तजन आउने उहाँले बताउनुभयो। देवघाट आएका भक्तजनले वेणीमा स्नान गर्ने, मठमन्दिरमा दानपुण्य गर्ने, ग्रह शान्ति गर्ने, शुभकार्य गर्ने गरेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले बताउनुभयो । कतिपय नयाँ वर्षमा रमाइलाका लागि पनि देवघाट आएको बताए। आफ्नो वर्षभर नै शुभ कल्याण होस् भनेर देवघाट आउने बढेको घिमिरेले बताए। बिहान सबेरैदेखि आँपटारीदेखि देवघाटसम्म सवारी साधन र पैदल यात्रीको चाप बढेको उनले बताए।

प्रकाशित: १ वैशाख २०७६ ०६:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App