२१ कार्तिक २०८१ बुधबार
image/svg+xml

भक्तपुरमा आजबाट दसैँ विसर्जन

जयादशमी अर्थात् टीकाकोे दिन महिषासुर दैत्यको प्रतीकका रूपमा खःमेथ (राँगो)लाई नवदुर्गा मन्दिरबाट लखेट्दै ब्रह्मायनी मन्दिर लगेर वध गरी जम्मा गरिएको रगत आज बिहान नवदुर्गा देवगणलाई चढाएर दसैँ विसर्जन गरिएको छ ।

दसैँमा मुस्ताङबाट २७ करोडको भेडा, च्याङ्ग्रा निर्यात

मुस्ताङ- हिमाली जिल्ला मुस्ताङबाट यसवर्षको दसैँमा रु २७ करोडको भेडा, च्याङ्ग्रा निर्यात भएको छ। जिल्ला विकास समिति मुस्ताङले दसैँ अवधिभर म्याग्दी र मुस्ताङको सिमाना घासाबाट सङ्कलन गरेको तथ्याङ्कअनुसार असोज ७ देखि २३ गतेसम्म २१ हजार ४५ वटा भेडा, च्याङ्ग्रा बाहिरिएका थिए। ती भेडा च्याङ्ग्रा बेनी हुँदै काठमाडौँ, पोखरा, चितवन, बागलुङ, कुश्मा र पोखरासम्म पुगेका थिए।

दसैँबिदापछि खुले सरकारी कार्यालय

दसैँको बिदाका कारण बन्द भएका सरकारी कार्यालय आजदेखि खुलेका छन् । दसैँ बिदापछि सरकारी तथा निजी कार्यालय खुले पनि शुक्रबार भएकाले कर्मचारीको उपस्थिति न्यून देखिन्छ ।

भुटानी शरणार्थी भन्छन्: दसैं नआएकै जाति

झापा र मोरङ जिल्लामा बस्दै आएका भुटानी शरणार्थीमा बडादसैँको खासै रौनक छाएको छैन। शिविर आसपासका क्षेत्रमा बडादसैँको बेग्लै रौनक छाइरहेका बेला झापाको दमक–५ स्थित बेलडाँगी शरणार्थी शिविरमा भने खासै चहलपहल छैन।

दसैँ मनाउन जाने आन्तरिक पर्यटकको मुस्ताङमा चहलपहल

मुस्ताङ-दसैँ बिदा मनाउन आन्तरिक पर्यटक मुस्ताङ भ्रमणमा आउन थालेपछि यहाँका होटल खचाखच भरिएका छन्। दशमीको भोलिपल्टदेखि नै मुस्ताङमा आन्तरिक पर्यटकको चहलपहल बढेको हो। माटोको सहरका रुपमा परिचित लोमान्थाङ, तिब्बती कला संस्कृति, मुक्तिनाथ, कागबेनी, दामोरकुण्ड र फरक भू–बनोटका कारण दसैँ र तिहारको बिदा मनाउन यो मौसममा हजारौँ आन्तरिक पर्यटक यहाँ आउने गरेका छन् । बेनी–जोमसोम हुँदै मोटरसाइकलमार्फत जिल्ला भित्रिने पर्यटक बढी रहेको होटल व्यवसायीले बताएका छन्।

युएईमा यसरी मनाइयो दसैं

युएई - हिन्दुहरूको महान चाड बिजया दशमी युएईमा पनि नेपालीहरुले मनाएका छन। रोजगारीको शिलशिलामा युएई आएका नेपालीहरुले युएईको लेवर क्याम्प, विभिन्न पार्क र नेपाली रेष्टुरेन्टहरुमा भेला भई टिका लगाई दसैं मनाएका हुन्।

अमेरिकीबासी नेपालीले मनाए दसैं

अमेरिका बस्ने नेपालीहरूले दसैं मनाएका छन्। उनीहरूले दशमीकाे दिन टीका लगाएर दसैं मनाएका छन्। सात समुन्द्र पारिबाट अाफन्त र बुबा अामाबाट जाेडिन इन्टरनेटले सहयाेग गरेकाे छ। अमेरिकास्थित नेपालीहरूले इन्टरनेटकाे माध्यमबाट भिडियाे कल गरी अाफ्ना बुबा अामाबाट टीका थापेका हुन्।

प्रधानमन्त्री दाहालले यसरी मनाए दसैँ

प्रधानमन्त्री पुष्पकमल दाहालले बडादसैँ पारिवारिक जमघटका साथ मनाएका छन् ।  प्रधानम्न्त्री दाहालले  दसैँको टीका नलगाएपनि परिवार र आफन्तसँग बसेर सो चाड मनाएकाे प्रधानमन्त्रीका  उपस्वकीय सचिव पूर्ण कार्कीले जानकारी दिए।प्रधानमन्त्री पुष्पकमल दाहालले बडादसैँ पारिवारिक जमघटका साथ मनाएका छन् ।  प्रधानम्न्त्री दाहालले  दसैँको टीका नलगाएपनि परिवार र आफन्तसँग बसेर सो चाड मनाएकाे प्रधानमन्त्रीका  उपस्वकीय सचिव पूर्ण कार्कीले जानकारी दिए।

दसैंयाममा कलाकारलाई सुटिङकै चटारो

दसैं मनाउन सर्वसाधारणलाई भ्याइ नभ्याई भएका बेला चलचित्रका कलाकारलाई भने चलचित्रको सुटिङकै चटारो छ। नायिका रेखा थापा आफ्नो नयाँ चलचित्र ‘डायरी’को सुटिङमा यतिखेर बारा जिल्लाको सिमारामा व्यस्त छन्। ‘मेरो फरक अवतार छ डायरीमा,’ रेखाले भनिन् फरक अवतारले पनि नारीकै कथा बोल्छ।’ जहाँसम्म नेपाली चलचित्रको इतिहास छ। हिरोहरुका हातमा नै हिरोइज्मको कब्जा रहेको पाइन्छ। तर, रेखा थापाले काली, हिम्मतवाली, रामप्यारी, रावणलगायतका चलचित्रबाट हिरोइनका हातमा हिरोइज्म पुर्याउन सफल भइन्। यही छाप उनले डायरीमा पनि छाडेकी छैनन्।

दसैंको शुभकामना दिँदै अर्थमन्त्री महराले भने: संविधान कार्यान्वय मुख्य जिम्मेवारी

काठमाडौ- उप- प्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले दसैंको शुभकामना दिँदै संविधान कार्यान्वयन अहिलेको मुख्य जिम्मेवारी भएको बताएका छन्।

लन्डन दूतावासमा दसैं

लन्डन- हिन्दु नेपालीको महान पर्व विजयादशमी, दीपावली, छठ, माघी लगायतको अवसर पारेर लन्डनस्थित नेपाली दूतावासमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।

दसैंमा पिङकाे मजा [फाेटाे फिचर]

हिन्दूहरूकाे महान् चाड दसैंकाे अवसरमा पिङकाे मजा लिनेकाे कमी छैन। हरेक टाेल टाेलमा पिङ राखेर नेपालीहरू पिङ खेल्दै रम्ने गर्छन्। अाउनुस् राजधानी अासपास खिचिएका केही तस्बिर हेराैं।

नेताको दसैं सदुपयोग

सुर्खेत- दसैंको बहानामा विकास–निर्माण निरीक्षण। राजधानीमा राजनीतिक धपेडीबाट थाकेका नेतालाई दसैं बिदा सदुपयोग गर्ने यो राम्रो अवसर हुनसक्छ।

छाप्रो मै उम्रिए जमरा, भूकम्पपीडितलाई आएन दसैं

भक्तपुरको कमलविनायक अस्थायी शिविरमा बस्दै आएकी रीता पोखाले पालभित्रै जमरा उमारेकी छन्। गत वर्षको वैशाख १२ गतेको भूकम्पले घर भत्काएपछि शिविरमा त्रिपाल बेरेर बनाएको छाप्रोमा बस्दै आएकी पोखाले साँघुरो छाप्रो मै जमरा उमारेकी हुन्। सानो छाप्रोमा एकै ठाउँमा भान्छा, ओछ्यान र जमरा रहे पनि दसैं मनाउने योजना भने नभएको उनी बताउँछिन्। उनले भनिन्, “दसैं आएपनि कुनै तयारी छैन, यो छाप्रोभित्र कसरी मनाउनु दसैं, पाहुना बोलाउनु पर्छ, ठाउँ छैन, पैसा छैन, दसैं आएजस्तै छैन ।”

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्