२ मंसिर २०८१ आइतबार
image/svg+xml

दसैंघरमा जमरा राखियो

दसैंको पहिलो दिन घटस्थापनामा राजधानीको हनुमानढोका दरबारस्थित दसैंघरमा जमरा राखिएको छ। नेपाल पञ्चांग निर्णायक समितिले जुराएको साइत शनिबार बिहान ८ बजेर ४५ मिनेट जाँदा परम्पराअनुसार जमरा राखिएको हो।

दसैं सुरु, आज जमरा राखिँदै

नेपालीको महान् चाड दसैं शनिबारबाट सुरु भएको छ। असोजशुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दुर्गा भवानीको पूजाआराधना गरी दसैं पर्व मनाइन्छ। दसैंको पहिलो दिन शनिबार घटस्थापनाको साइत बिहान ८ बजेर ३५ मिनेटमा रहेको पञ्चांग निर्णायक समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले नागरिकलाई बताए।

दसैं, तिहार तथा छठमा टेलिकमको भारी छुट

नेपाल टेलिकमले दसैं, तिहार तथा छठको अवसर पारेर जीएसएम तथा सीडीएमएका प्रिपेड तथा पोष्टपेड मोबाइल प्रयोगकर्तालाई विभिन्न छुट दिने घोषणा गरेको छ। टेलिकमले जीएसएम तथा सीडीएमएका पोष्टपेड तथा प्रिपेड मोबाइलमा निशुल्क भ्वाइस तथा एसएमएस उपलब्ध गराउने जनाएको छ।

दसैँको मुखमा पूर्वी पहाडी जिल्लामा खाद्यान्न अभाव

नेपालीहरुको महान् पर्व दसैँ तिहार नजिकिँदै जाँदा पूर्वी पहाडी जिल्ला पाँचथरको अधिकांश सडक अवरुद्ध हुँदा ग्रामीण भेगमा खाद्यान्न अभाव हुन थालेको छ ।

यसपाली दसैंमा कांग्रेसले चियापान नगर्ने !

नेपाली कांग्रेसले हरेक वर्ष दसैंको कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापना कार्यक्रम यस वर्ष नगर्ने भएको छ । तत्कालीन सभापति सुशील कोइरालाको निधन भएको एक वर्ष पूरा नभएको जनाउँदै कांग्रेसले कार्यक्रम स्थगित गरेको हो । पार्टी मुख्यसचिव कृष्ण पौडेलले तत्कालीन सभापति सुशील कोइरालाको निधनको एक वर्ष पूरा नभएकाले कार्यक्रम स्थगित गरेको जानकारी दिए । ‘गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराईसहितका अग्रजको निधन भएको वर्ष पनि पार्टीले चियापना गरेन,’ उनले भने, ‘यो पार्टीको परम्परा नै हो ।’ कोइरालाको गत माघ २६ गते निधन भएको हो ।

दसैँ अगावै संविधान संशोधन-मन्त्री केसी

सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले संविधान संशोधनका विषयमा दलहरुसँग छलफल भइरहेको बताएका छन्। बुधबार विराटनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले दलहरुकै सहमतिमा दसैँ अगावै संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन सरकारले तयारी सुरु गरिसकेको बताए।

ताम्राकार कम्प्लेक्सको ‘यो दसैं–तिहार, उपहारै उपहार’ योजना

मोबाइल हबको रुपमा स्थापित ताम्राकार मोबाइल कम्प्लेक्समा विजयादशमी, दीपावली तथा छठको अवसरमा उपभोक्तालाई आकर्षक छूट र उपहार योजना ल्याएको जनाएको छ। ‘यो दसैं तिहार, ताम्राकारमा उपहारै उपहार’ योजनाअन्तर्गत असोज १२ गतेदेखि कात्तीक २१ गतेसम्म ग्राहकले छूट तथा विभिन्न उपहार प्राप्त गर्ने मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ।

दसैंका खसीबोका ल्याउँदा अवैध असुली भोग्नु परेको गुनासो

नेपाल पशु चौपाया व्यवसायी संघले विभिन्न जिल्लाबाट दसैंका लागि आफूहरुले राजधानीमा खसी–बोका, च्याङ्ग्रा ल्याउँदा आफूहरुसँग अवैध असुली गरिरहेका बताएको छ। संघसँग आवद्ध व्यवसायीहरुले तराई तथा मुस्ताङबाट नेपाल भारत र चीनबाट खसी ल्याउने गरेकोको धेरै जसो ठाउँहरुमा व्यवसायीमाथि अवैध रुपमा असुली भइरहेको उनको भनाइ छ।

दसैंका लागि आठ अर्बका नयाँ नोट वितरण गरिँदै

यसपालि दसैंमा ८ अर्ब रुपैयाँका विभिन्न दरका नयाँ नोट चल्तीमा आउँदै छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी, सरकारी कार्यालय, सैनिक, प्रहरी र सहकारी संस्थामार्फत उक्त रकमबराबरका नयाँ नोट वितरण गर्ने तयारी गरेको हो ।

दसैँका लागि नागरिक सहायता कक्ष सञ्चालन

महानगरीय ट्राफिक प्रहरी प्रभागद्वारा बल्खुमा नागरिक सहायता कक्ष शुक्रबारदेखि सञ्चालनमा ल्याइएकाे छ। दसैँमा घर जान चाहने यात्रु तथा त्यस क्षेत्रमा ट्राफिक सूचना लिन बटुवा वा सावारी चालक र व्यवसायीलाई आवश्यक सहयोग गर्ने उद्देश्यले सो कक्ष सञ्चालनमा ल्याइएको हो।

अपांगको दसैं

जब हरेक वर्ष दसैं नजिकिँदा हुनेखानेहरू निकै सक्रिय हुन्छन्। खासगरी कर्मचारीलाई सरकारले एक महिनाको तलबसमेत थपेर दिने भएकाले उनीहरू पनि यो पर्व पर्खिरहेका हुन्छन्। राम्रो लाउने, मीठो खाने, विभिन्न ठाउँ डुल्ने र मनोरञ्जन गर्नेजस्ता कार्य प्रतिस्पर्धाकै रूपमा हुन्छ।

दसैंअघि नै मुद्दा फिर्ता

सरकारले गत वर्ष साउनयता देशभर भएका राजनीतिक घटनाक्रममा पक्राउ परेकाको मुद्दा दसैंअघि नै फिर्ता लिने तयारी गरेको छ। गृह मन्त्रालयमा शनिबार आन्दोलनरत पक्ष, कानुन मन्त्रालय र महान्याधिवक्ता सहितको बैठकले कानुनी प्रक्रिया पूरा गर्दै मुद्दा फिर्ता लिने प्रक्रिया सुरु गरेको हो।

दसैंलाई ६० हजार खसीबोका, असोज १ देखि सुपथमूल्य पसल

दसैंका लागि यस वर्ष काठमाडौं उपत्यकामा बिक्रीवितरण गर्न करिब ६० हजार खसीबोका–च्याङ्ग्रा ल्याइने भएको छ। नेपाल खाद्य संस्थान, पशु चौपाया व्यवसायी संघ तथा अन्य फुटकर निजी व्यवसायीले खसीबोका–च्याङ्ग्रा ल्याउन थालेका हुन्।

दसैं-तिहारलाई सरकारी सहुलियत

महँगीको चपेटामा परेका उपभोक्तालाई राहत दिन सरकारले चाडबाडका बेला ग्याससहित दैनिक उपभोग्य वस्तुमा छुट दिने निर्णय गरेको छ।  चाडपर्वमा सहुलियत स्वरुप ग्यासप्रति सिलिन्डर ५० रुपैयाँ छुट दिने भएको हो। छुट दिएपछि अहिले १३ सय ७५ रुपैयाँ पर्ने ग्यास सिलिन्डर उपभोक्ताले १३ सय २५ रुपैयाँमै पाउने छन्।

दसैँसम्म सबैलाई पहिलो किस्ता उपलब्ध गराउँछौँ– ज्ञवाली

काठमाडौं– राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आगामी दशैंसम्ममा सबै घरधनीसँग आवास निर्माणका लागि अनुदान सम्झौता गरी पहिलो चरणको किस्ताबापतको रकम उपलब्ध गराउने भएको छ। पुनःनिर्माणको कामले अब एउटा दिशा समातेर तीव्रताको चरणमा प्रवेश गरिसकेको दाबी गर्दै प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले आगामी दसैंको सेरोफेरोसम्ममा अनुदान प्राप्त गर्ने सबैको खातामा पहिलो किस्ताको पैसा पु¥याउने अठोट व्यक्त गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्