coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

पूर्वमन्त्री पाण्डेविरुद्ध अख्तियार सर्वोच्चमा

सिक्टा सिँचाइ आयोजनामा भएको भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतबाट सफाइ पाएका पूर्वमन्त्री एवं ठेकेदार विक्रम पाण्डेलगायत २१ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरेको छ।

समयमै काम समपन्न गर्न निर्माण व्यवसायीलाई मन्त्री पाण्डेको निर्देशन

सहरी विकास मन्त्री विक्रम पाण्डेले समयमै काम समपन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका छन्।

जनताका आवश्यकता अनुसार विकासका काम गर्छुः मन्त्री पाण्डे

सहरी विकासमन्त्री विक्रम पाण्डेले जनताका आवश्यकता अनुसार विकासका काम गर्ने बताएका छन्। भरतपुर महानगरपालिका–१५ स्थित आधारभूत विद्यालय सूर्यपुरको ५९औँ वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै उनले जनताको विश्वास खेर जान नदिने गरी काम गर्ने उल्लेख गरे।

आफ्नै कम्पनीको ठेक्का म्याद थप्न निवेदन

३ अर्ब रुपैयाँका दुईवटा सरकारी ठेक्काकोे म्याद थप गर्न पाण्डे मालिक रहेको कालिका कन्स्ट्रक्सन प्रालिले मन्त्रालयमा निवेदन दिएको हो।

के प्रधानमन्त्री दाहालले सहरी विकास मन्त्री पाण्डेलाई स्पष्टिकरण सोध्लान त ?

प्रधानमन्त्री पुष्पकमल दाहालले हिजो (मंगलबार) राष्ट्रिय सभा बैठकमा संघीयताको बिरोधमा बोल्ने मन्त्रीहरुलाई स्पष्टिकरण सोध्ने प्रतिवद्धता जनाएका थिए।

चितवनले पायो प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्री

चितवन क्षेत्रनम्बर २ बाट निर्वाचित रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री, चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद विक्रम पाण्डे सहरी विकास भएका छन्।

मन्त्री पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दामा पुनरावेदन गर्ने अख्तियारको तयारी

ख्तियार दुरूपयोग अनुसन्धान आयोगले पाण्डेविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। विशेष अदालतबाट पाण्डेका पक्षमा भएको फैसलाप्रति असन्तुष्ट अख्तियार पुनरावेदनमा जाने तयारी गरिरहेकै बेला ठेकेदार कम्पनीका मालिकसमेत रहेका पाण्डे सहरी विकासमन्त्री भएका हुन्।

मन्त्री विक्रम पाण्डेको प्रतिवद्धताः हरेक आधा घण्टाको फरकमा झोलुङ्गे पुल बन्छ

मंगलबार शहरी विकासमन्त्रीको शपथग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री पाण्डेले नेपालको पश्चिममा खोलामा झोलुङ्गे पुल नहुँदा मानिसहरुको तुइनबाट खोला तर्दा खोलामा खसेर मुत्यु भइरहेको भन्दै सबै भन्दा पहिला मन्त्रालयले तुइन हटाएर झोलुङ्गे पुल बनाउने बताएका हुन्।

चितवन ३ मा राप्रपाका पाण्डेले मतान्तर फराकिलो पार्दै

चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले मतान्तर फराकिलो बनाउँदै लगेका छन्।

प्रचण्डका प्रतिस्पर्धी पाण्डेले भने: चितवनमा विकास कसरी गर्ने काम गरेर देखाउँछौँ

राप्रपा चितवन क्षेत्र नम्बर ३ ले पार्वतीपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले कालोपत्रे टाँसेको भरमा विकास गर्‍यौँ भनेर भ्रम छर्नेहरुलाई विकास कसरी गर्ने हो भनेर देखाउन तयार रहेको जिकिर गरे।

प्रचण्डसँग पूर्वमन्त्री पाण्डे भिड्ने

संविधानसभा सदस्य हुँदा माडीमा पक्की मोटरेबल पुलको योजना स्वीकृत गरेर ठेक्का लागेका थिए। २०७३ मा भूमिसुधार मन्त्रीहुँदा माडी, चनौली र खैरहनीमा नापी तथा मालपोत कार्यालय र माडीमा इलाका प्रशासन कार्यालय स्थापना भएका थिए। २०७४ मा चितवन राष्ट्रिय निकुञ्ज हुँदै माडी जाने–आउने सुविधाप्राप्त बाटोमा उनकै पहलमा प्रवेश शुल्क निःशुल्क भएको थियो।

दुबोसरी माया फैलाएका गीतकारको 'खुम्च्याइ'

गीतकारको नाम मिडियामा उच्चारण नहुँदा उनको मन दुख्छ। उनी भन्छन्, ‘गायकगायिका प्रष्ट रूपमा चिनिएर चर्चित हुन्छन् तर गीतकार सधैँ पर्दा पछाडि नै हुन्छन्। गायकगायिकाको नाम अगाडि आएर स्रष्टाको नाम पर्दा पछाडि रहेकोमा उनी गुनासो गर्छन्। त्यसकारण रचनाकार सधैं ओझेलमा परेकोमा उनलाई दुःख लाग्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्