१२ आश्विन २०८१ शनिबार
image/svg+xml

मेरो उम्मेदवारी मुख्यमन्त्रीको लागि: शाक्य

एमालेले त्यसैका लागि आफूलाई पुनः उम्मेदवारी उठाएको सोही क्षेत्रबाट यसअघिको प्रदेशसभा सदस्यमा निर्वाचित शाक्यले दाबी गरे। मंगलबार पत्रकारहरुसँंग उनले एमालेले गएको प्रदेशसभा निर्वाचनमा निर्वाचितहरु ५८ जनामध्ये आफूसहित त्यसका लागि १७ जनालाई पुन दोहाेर्‍याएको उनको भनाइ थियो।

एमाले सरकारले गरेका काम जनताले देखेका छन्, एकल बहुमत ल्याउँछौंः ओली

‘हामी रेम्पोन्सिबल भएर यसको भुक्तानी गर्न तयार छौं। आफ्नो बचन, बचन मात्रै होइन, यो एक्सनका लागि हो। त्यसकारण हामो कमिटमेन्ट एक्सनका लागि हो। हाम्रो कमिटमेन्ट एक्सनमार्फत् गो एचिभ गर्नका लागि हो।'

नेकपा एमालेको चुनावी घोषणा पत्र सार्वजनिक (घोषणा पत्रसहित)

घोषणा पत्र सार्वजनिक भएसँगै ‘ओलीसँग लाइभ डिबेट’ पनि यहीँबाट सुरु हुने एमालेले जनाएको छ। सत्तारुढ गठबन्धनमा आवद्ध नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)ले संविधानको रक्षालाई मूल नारा बनाएर यस अघिनै चुनावी घोषणा पत्र सार्वजनिक गरिसकेका छन्।

अब भक्तपुरलाई 'महानगरपालिका' बनाउँछौंः महेश बस्नेत

'महानगरपालिका बनाउन आवश्यक पर्ने सम्पूर्ण प्रकारका भौतिक संरचना तथा अन्य आवश्यक कार्यहरु एक पछि अर्को गर्दै भक्तपुरमा निर्माणको क्रममा रहेका छन्,' उनले भने, 'अबको हाम्रो योजना भनेको नै भक्तपुरलाई सुविधासम्पन्न महानगरपालिका बनाउने हो। जनताको जीवनस्तर उच्च बनाउने हो।'

एमालेको इज्जतका लागि भए पनि राजेन्द्र लिङ्देनलाई जिताउनुपर्छः ओली

अध्यक्ष ओलीले झापा क्षेत्र नं ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिताउन कार्यकर्तालाई निर्देशन दिए। उनले एमालेको इज्जतका लागि भए पनि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देनलाई जिताउनुपर्ने भएको हुँदा राप्रपाको चुनाव चिह्न हलोमा मतदान गर्न कार्यकर्तालाई निर्देशन दिए।

चाडपर्व र इतिहासलाई संरक्षित र सम्वर्द्धन गर्नुपर्छः अध्यक्ष ओली

यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा वास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ। भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दुबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदिबहिनी र दाजुभाइको सुख–समृद्धि, अरोग्य एवं दीर्घायुको कामना गर्ने गरिन्छ।

गठबन्धनलाई नेतृत्व दिन जनता चाहँदैनन्ः विष्णु पौडेल

सत्तारुढ गठबन्धनको कामकारबाहीलाई हेरेर आम मतदाताले उनीहरुलाई अब सरकारको नेतृत्व दिन सकिँदैन भन्ने अनुभुति भएको पनि उपाध्यक्ष पौडेलले पटकपटक दोहार्‍याए। अन्य सहयात्री दलहरुको पनि सहयोगमा एमालेले सुविधाजनक बहुमतसहितको सरकार बनाउने र आगामी पाँच वर्ष मुलुक हाँक्ने उनको भनाइ थियो।

निर्वाचन आयोगप्रति रावलको व्यंग्य: शीर्ष नेतालाई अहिले नै विजयी घोषणा गरिदिए कसो होला?

‘कसैलाई मतदान गरौं वा नगरौं भन्न नपाइने भए निर्वाचन आयोगले ‘शीर्ष’ ठानेका नेताहरूलाई अहिले नै ‘विजयी’ घोषणा गरिदिए कसो होला?’

दुई नेताप्रति संकेत गर्दै ओलीले भनेः टिकट नपाएकोमा रुवाबासी गर्नुपर्ने आवश्यक छैन

‘अब परमादेश होइन् जनादेश खासगरी मंसीर ४ गतेको निर्वाचनबाट जनादेशमार्फत् बलियो, देशलाई स्थिरता दिन सक्ने खालको मजबुत सरकार, देशको विकासलाई अगाडि बढाउन सक्ने खालको, देशमा सुशासन दिन सक्ने खालको स्थिर सरकार यसको व्यवस्था हामी मंसीर ४ गतेको निर्वाचनबाट गर्दैछौं।'

एमालेले नव प्रवेशीलाई प्राथमिकता दिएपछि पुराना नेता असन्तुष्ट

कपिलवस्तुमा आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा (एमाले)ले पार्टीमा नव प्रवेशीहरुलाई प्राथमिकता दिएको छ। एमाले कपिलवस्तुबाट टिकट पाएका मध्ये अधिकांश उम्मेदवार अरु पार्टीबाट आएकाहरु रहेका छन्।

ओलीसँग कुरा गर्न १ लाख १३ हजार ४७७ जनाले टिपाए नाम र नम्बर

उनले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत सो कुरा बताएका हुन्। अध्यक्ष ओलीले धेरैको नाम र नम्बर आएको हुँदा नाम टिपाउने समय भोलि दिउँसो १२ बजेसम्म मात्र निर्धारण गरिएको बताए।

चुनाव प्रचारका लागि गृहजिल्ला झापा पुगेका केपी ओली अस्वस्थ

झापा क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका अध्यक्ष ओली चुनाव प्रचारप्रसारका क्रममा आज झापा आएका हुन्। उनलाई ज्वरो आएको र औषधि खाएर घरमै आराम गरी आएको एमाले पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले बताए।

कात्तिक ४ गते ओलीले जनतासँग फोनमा कुरा गर्ने

‘कल केपी बा’ नाम दिइएको आफ्नो फोटोसहितको पोष्टर शेयर गर्दै ओलीले फेसबुकमा लेखेका छन्, ‘कात्तिक ४ गते, म तपाईँको सम्पर्कमा हुनेछु, आउनुहोस् कुरा गरौं।’

केपी ओली राजावादीको पाउमा लम्पसार परेः बलदेव चौधरी

‘नेकपा (एमाले) लामो समयदेखि नेपाली कम्युनिष्ट आन्दोलनको अगुवा राजनीतिक दल हो, कम्युनिष्टकै नाममा भोट मागेर पटकपटक सत्ताको सुखभोग पनि गरिसकेको छ’ चौधरीको भनाइ छ ‘तर, अब एमाले चारआना पनि कम्युिनष्ट रहेन। घोर राजावादी र धर्म सम्प्रदायको राजनीतिक मुद्दा बोकेको राप्रपाको पाउमा लम्पसार पर्न पुगेको छ।’

रुपन्देही-५ मा वासुदेव घिमिरे एमालेबाट आधिकारिक उम्मेदवारी

आइतबार रूपन्देही–५ मा एमालेबाट प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि बासुदेव घिमिरे र खिमलाल भट्टराईले उम्मेदवारी दर्ता गराएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्