१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमाले सरकारले गरेका काम जनताले देखेका छन्, एकल बहुमत ल्याउँछौंः ओली

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफ्नो पार्टीले एकल बहुमत ल्याउने दाबी गरेका छन्।

नेपाली जनताको साथ रहेकाले एमाले एक्लैले बहुमत ल्याउने अध्यक्ष ओलीले दृढ विश्वास थियो। मंगलबार काठमाडौँमा पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गरेलगत्तै आयोजित बहस कार्यक्रममा भाग लिँदै उनले अरु पार्टीका लागि भने एकल बहुमत बिल्कुलै सम्भव नभएको जिकीर समेत गरे।

२७५ सिट मध्ये १३८ सिट प्रतिनिधिसभामा आए बहुमत पुग्ने उल्लेख गर्दै अध्यक्ष ओलीले आफ्नो पार्टीले प्रतिनिधिसभामा १५० सिटको गन्तव्य बनाएर निर्वाचनमा होमिएको स्पष्ट पारे। उनले एमालेले सरकारमा रहेर गरेका कामहरु जनताले देखेकाले पनि आगामी निर्वाचनमा बहुमत दिने तर्क थियो। अध्यक्ष ओलीले एमालेले आगामी निर्वाचनमा पपुलर मत ५१ प्रतिशत भन्दा बढी ल्याउने पटकपटक दोहोर्‍याए।

अध्यक्ष ओलीले पार्टीले सार्वजनिक गरेको चुनावी घोषणा पत्रको प्रतिबद्धताहरु पूरा गर्नका लागि ल्याइएको बताए। आफ्नो चुनावी घोषणा पत्रलाई अन्य पार्टीहरुले झैं निरर्थक चर्चाको विषय नबनाएको उनको भनाइ थियो।

ओलीले भने, ‘हामी रेम्पोन्सिबल भएर यसको भुक्तानी गर्न तयार छौं। आफ्नो बचन, बचन मात्रै होइन, यो एक्सनका लागि हो। त्यसकारण हामो कमिटमेन्ट एक्सनका लागि हो। हाम्रो कमिटमेन्ट एक्सनमार्फत् गो एचिभ गर्नका लागि हो। तसर्थ, हामी यसलाई एउटा निरर्थक कुरा मात्रै बनाइरहेका छैनौं। निरर्थक चर्चाको विषय मात्रै बनाइरहेका छैनौं। यो एउटा ग्यारेन्टी पत्र हो। यो जिम्मा, जमानी धितो केही पनि नभएको, पृष्ठभूमिमा केही नभएको, कोही जवाफदेही नभएको, भनिदिएको एउटा कागजको खोष्टो होइन।’

करिब २० हजार शब्दको घोषणा पत्रमा निर्वाचन जितेपछि मुलुकको समृद्धिका लागि एमालेले गर्ने कामहरुबारे चर्चा गरिएको छ।

प्रकाशित: १५ कार्तिक २०७९ १२:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App