१० मंसिर २०८१ सोमबार
image/svg+xml

पारा तेक्वान्दो खेलाडीलाई खेलसामग्री

नेपाल राष्ट्रिय पारा तेक्वान्दो टोलीका पूर्वप्रशिक्षक कल्याण कुँवरले पारा तेक्वान्दो खेलाडीलाई खेलसामग्री प्रदान गरेका छन्। सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघमा बिहीबार आयोजित एक कार्यक्रमबीच तीन जना खेलाडीलाई खेलसामग्री प्रदान गरिएको हो।

रामेछापमा राष्ट्रिय तेक्वान्दो एकेडेमी

केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारको संयुक्त लगानीमा एकेडेमी निर्माण भएको नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका केन्द्रीय सदस्य एवम् रामेछाप तेक्वान्दो संघका अध्यक्ष रूपसिंह मोक्तानले जानकारी दिए। एकेडेमीले कुल दुई रोपनी क्षेत्रफल ओगटेको छ। चेन्जिङ हल, बाथरुम, अफिस रूमलगायत सेवासुविधासहितको एकेडेमी निर्माण भएको छ।

महिला तेक्वान्दो च्याम्पियनसिप हुने

विश्व तेक्वान्दो महासंघ र नेपाल तेक्वान्दो संघको नियमअनुसार सञ्चालित प्रतियोगितामा एक हजार पाँच सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। उक्त खेल कर्णाली प्रदेशको राजधानी सुर्खेतको कभर्डहलमा हुने आयोजकले जनाएको छ।

पाकानोन र चियानी उत्कृष्ट खेलाडी

काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिपमा थाइल्यान्डका पाकानोन चान्चारान र सुरिनामकी चियानी तिजिङहिनतोजी उत्कृष्ट खेलाडी भएका छन् ।

नेपाललाई चार स्वर्ण

नेपालले काठमाडौंमा जारी काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिपमा आइतबार ४ स्वर्ण जितेको छ।

वसन्ती च्याम्पियन

बागलुङकी वसन्ती बुढामगर चौथो रोल्पा खुला सिनियर महिला भर्चुअल आइटिएफ तेक्वान्दो च्याम्पियन भएकी छन्। रोल्पा आइटिएफ तेक्वान्दो संघको आयोजनामा भएको च्याम्पियनसिपअन्तर्गत शनिबार सम्पन्न प्याटर्नतर्पmको प्रतिस्पर्धामा वसन्ती च्याम्पियन भएकी हुन्।

धिमाल र गौतम उत्कृष्ट खेलाडी

त्रिभुवन आर्मी क्लबकी रिना धिमाल र काभ्रेका युनिस गौतमलाई नेपाल आइटिएफ तेक्वान्दो महासंघले वर्ष–२०१९ का उत्कृष्ट खेलाडी घोषणा गरेको छ।

तेक्वान्दोमा नेपाललाई चार स्वर्ण

अन्तर्राष्ट्रिय खुलामैत्री तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी)को आयोजनामा भएको लकडाउन कोभिड–१९ अनलाइन भिडियो पुम्से च्याम्पियनसिपअन्तर्गत ब्ल्याकबेल्टमा नेपालले चार स्वर्ण, तीन रजत र १४ कास्यपदक जितेको छ ।

पारा खेलाडीलाई आर्थिक सहयोग

जापानको मिकी सिटीमा मुख्यालय रहेको एनपिओ रारीगुराँसले सोमबार नेपाली पारा तेक्वान्दो खेलाडीलाई आर्थिक सहयोग प्रदान गरेको छ।

भर्चुअल तेक्वान्दो च्याम्पियनसिप हुने

दोस्रो रोल्पा खुला जुनियर भर्चुअल तेक्वान्दो (आइटिएफ) राष्ट्रिय प्याटर्न च्याम्पियनसिप हुने भएको छ।

एनटिएका खेलाडीले अन्तर्राष्ट्रिय अनलाइन तेक्वान्दोमा भाग लिने

नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए)का खेलाडीले दुई अन्तर्राष्ट्रिय अनलाइन तेक्वान्दो प्रतियोगितामा भाग लिने भएका छन् ।

तेक्वान्दो डोजाङ प्रमुखलाई राहत

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले खेलकुदको विकासका लागि एकीकृत कोष स्थापना गर्ने महानगरपालिको सोच रहेको उल्लेख गरेका छन्। ‘खेलकुदको विकासका लागि एकीकृत कोष आवश्यक छ,’ उनले भने, ‘कोष स्थापना गर्न सकिए खेलकुदको विकासमा नयाँ आयाम हुनेछ।’

आइओएफटिसीको अनलाइन पुम्से च्याम्पियनसिप

अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को आयोजनामा लकडाउन कोभिड–१९ अनलाइन भिडियो पुम्से च्याम्पियनसिप हुने भएको छ । अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको आइओएफटिसीले विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड– १९) कारण विश्वभर खेलकुद गतिविधि ठप्प प्राय भइरहेको अवस्थामा दुई चरणमा गरी अनलाइन प्रतियोगिता गर्न लागेको आइओएफटिसीका संस्थापक एवं प्रतियोगिताका निर्देशक दिवाकर महर्जनले जनाएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्