१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

महिला तेक्वान्दो च्याम्पियनसिप हुने

तेस्रो महिला खुला राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप आगामी फागुनको तेस्रो सातादेखि सुर्खेतमा हुने भएको छ। नेपाल तेक्वान्दो संघ महिला सशक्तीकरण समितिको आयोजनामा महिला खुला राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको तेस्रो संस्करण आगामी फागुन २४ र २५ गते हुने भएको हो। 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै समितिकी संयोजक नन्दा बस्यालले प्रतियोगिताबारे जानकारी दिएकी थिइन्। नेपाली महिला खेलाडीलाई प्लेटफर्म उपलब्ध गराउँदै नवप्रतिभावान् उत्पादन र उनीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले एसियाड र दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी खेलाडीले यस प्रतियोगितामा खेल्ने पाउने छैनन्।  

विश्व तेक्वान्दो महासंघ र नेपाल तेक्वान्दो संघको नियमअनुसार सञ्चालित प्रतियोगितामा एक हजार पाँच सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। उक्त खेल कर्णाली प्रदेशको राजधानी सुर्खेतको कभर्डहलमा हुने आयोजकले जनाएको छ। 

प्रतियोगितामा विश्व तेक्वान्दो महासंघले निर्धारण गरेको तौलसमूह जुनियर, सिनियर तथा पुम्सेका सबै समूहमा प्रतिस्पर्धा हुने राखेप सदस्यसमेत रहेकी बस्यालले बताइन्। करिब ४५ लाख ३३ हजार रूपैयाँ अनुमानित खर्च रहेको प्रतियोगितामा प्रत्येक विधामा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले नगद तीन, दुई र एक हजार रूपैयाँ प्राप्त गर्नेछन्। टिम च्याम्पियनले एक लाख, ५० हजार र २५ हजार रूपैयाँ प्राप्त गर्दा जुनियर तथा सिनियर विधाका उत्कृष्ट दुई खेलाडीले जनही २५ हजार रूपैयाँ पाउनेछन्। 

प्रकाशित: ६ फाल्गुन २०७७ ०५:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App