६ वैशाख २०८१ बिहीबार
खेल

पारा खेलाडीलाई आर्थिक सहयोग

जापानको मिकी सिटीमा मुख्यालय रहेको एनपिओ रारीगुराँसले सोमबार नेपाली पारा तेक्वान्दो खेलाडीलाई आर्थिक सहयोग प्रदान गरेको छ।

कोरोना भाइरस (कोभिड– १९) कारण समस्यामा परेका ९ खेलाडीलाई रारीगुराँसका अध्यक्ष एकेमी मिजुबाले प्रत्येक खेलाडीलाई ५ हजारका दरले सहयोग उपलब्ध गराएको पारा तेक्वान्दो प्रशिक्षक नेगी लामाले जनाएका छन्। रारीगुराँस नेपाल शाखाका अध्यक्ष रोशन श्रेष्ठ र प्रबन्ध निर्देशक रमिता शाक्यले खेलाडीलाई रकम हस्तान्तरण गरेका थिए। रारीगुराँसले विगतमा पनि खेलाडीको प्रशिक्षणलगायतमा सहयोग गर्दै आएको प्रशिक्षक लामाले जानकारी दिए।

महामारीसँगै नेपालमा लकडाउन सुरु भएपश्चात् अन्य खेलजस्तै पारा तेक्वान्दो टोलीको प्रशिक्षण पनि प्रभावित भएको थियो। नेपाली टोलीले जापानमा आयोजना हुने पारालम्पिकको छनोटका लागि प्रशिक्षक कविराज नेगी लामाको प्रशिक्षणमा तयारी गरेका थिए। साथै लामो समयको लकडाउनका कारण खेलाडीलाई समस्या परेको छ। यसअघि नेपाल तेक्वान्दो पारा तेक्वान्दो कमिटी र पूर्वप्रशिक्षक कल्याण कुँवरले पनि खेलाडीलाई खाद्यान्न तथा आर्थिक सहयोग प्रदान गरेको थिए।

प्रकाशित: ३० असार २०७७ ०२:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App