२४ वैशाख २०८१ सोमबार
image/svg+xml

दसैँमा मुस्ताङबाट २७ करोडको भेडा, च्याङ्ग्रा निर्यात

मुस्ताङ- हिमाली जिल्ला मुस्ताङबाट यसवर्षको दसैँमा रु २७ करोडको भेडा, च्याङ्ग्रा निर्यात भएको छ। जिल्ला विकास समिति मुस्ताङले दसैँ अवधिभर म्याग्दी र मुस्ताङको सिमाना घासाबाट सङ्कलन गरेको तथ्याङ्कअनुसार असोज ७ देखि २३ गतेसम्म २१ हजार ४५ वटा भेडा, च्याङ्ग्रा बाहिरिएका थिए। ती भेडा च्याङ्ग्रा बेनी हुँदै काठमाडौँ, पोखरा, चितवन, बागलुङ, कुश्मा र पोखरासम्म पुगेका थिए।

दसैंमा पिङकाे मजा [फाेटाे फिचर]

हिन्दूहरूकाे महान् चाड दसैंकाे अवसरमा पिङकाे मजा लिनेकाे कमी छैन। हरेक टाेल टाेलमा पिङ राखेर नेपालीहरू पिङ खेल्दै रम्ने गर्छन्। अाउनुस् राजधानी अासपास खिचिएका केही तस्बिर हेराैं।

भूकम्पले दसैंमा पनि बिकेन कमेरो

भक्तपुर- दसैंको आगमनसँगै मध्यपुरथिमिको कमेरोटारमा बिक्री गर्न भ्याइनभ्याइ हुने कमेरोको माटो यस वर्ष नबिक्दा यहाँका किसान मर्कामा परेका छन्।

भूकम्पले दसैंमा पनि बिकेन कमेरो

दसैंको आगमनसँगै मध्यपुरथिमिको कमेरोटारमा बिक्री गर्न भ्याइनभ्याइ हुने कमेरोको माटो यस वर्ष नबिक्दा यहाँका किसान मर्कामा परेका छन् । दसैंमा घर पोत्न प्रयोग हुने कमेरो (घरको भित्र पोत्न प्रयोग हुने सेतो माटोरु एक लाखसम्मको बिक्री हुने गरे पनि यस वर्ष भने रु एक हजारको कमेरो पनि बिक्री नभएको यहाँका बासिन्दाले बताएका छन् ।

दसैंमा पन्छी ब्यापार (फोटो फिचर)

काठमाडौं- सामान्य समयमा भन्दा दसैंमा धेरै मासु खपत हुने गर्छ। विशेषगरी खसी, बोका र हिमाली च्याङग्राको मासु दसैंमा बढी प्रयोग गरिने भए पनि कुखुरा, हाँस, लौकाट जस्ता पन्छीको ब्यापार पनि यो समयमा बढ्ने गर्छ। नवरात्रीमा बोका, राँगा, भाले र हाँस बली दिने चलन पनि रहँदै आएको छ।

दसैंमा बाजा बजाउँंदै युवायुवती

आधुनिक देखिन परम्परा छाड्दै गएका भक्तपुरका युवा पुस्ताको आकर्षण परम्परागत बाजाप्रति भने बढ्न थालेको छ । दसैंसँगै यहाँका युवा परम्परागत बाजा बजाउन व्यस्त देखिन थालेका छन् ।

दसैंमा पनि भूकम्पपीडित टहरामै

यस वर्षको दसैंमा पनि भक्तपुरका भूकम्पपीडितको बास टहरामै हुने भएको छ । भूकम्पपछि अस्थायी टहरामा कष्टपूर्ण जीवन बिताउन बाध्य पीडितलाई अहिलेसम्म घर बनाउन सरकारले सघाउन नसक्दा यस वर्षको दसैं पनि टहरामै बित्ने भएको हो ।

पाँच करोडको सडकमा दसैंमा गाडी चलेनन्

५ करोड बढी खर्च भएर निर्माण भएकोसडक ४ महिनादेखि बन्द हुँदा स्थानीय मर्कामा परेका छन्। सदरमुकाम खलंगादेखि पाँच कटियासम्मको सडक गत ४ महिनादेखि बन्द हुँदा स्थानीय ठूलो मर्कामा परेका हुन्। दैनिक सयौं यात्रुको आवातजावत हुने यो सडकमा गाडी बन्द हुँदा समस्या परेको हो।

स्कुल बस र सरकारी कर्मचारी बोक्ने सवारीले दसैँमा यात्रु बोक्ने

दसैँमा घर जान टिकट नपाउने यात्रुका लागि यातायात व्यवस्था विभागले निजी विद्यालय एवम् काठमाडौँ उपत्यकामा सरकारी कर्मचारी बोक्ने सवारी साधन प्रयोग गर्ने भएको छ ।

यसपाली दसैंमा कांग्रेसले चियापान नगर्ने !

नेपाली कांग्रेसले हरेक वर्ष दसैंको कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापना कार्यक्रम यस वर्ष नगर्ने भएको छ । तत्कालीन सभापति सुशील कोइरालाको निधन भएको एक वर्ष पूरा नभएको जनाउँदै कांग्रेसले कार्यक्रम स्थगित गरेको हो । पार्टी मुख्यसचिव कृष्ण पौडेलले तत्कालीन सभापति सुशील कोइरालाको निधनको एक वर्ष पूरा नभएकाले कार्यक्रम स्थगित गरेको जानकारी दिए । ‘गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराईसहितका अग्रजको निधन भएको वर्ष पनि पार्टीले चियापना गरेन,’ उनले भने, ‘यो पार्टीको परम्परा नै हो ।’ कोइरालाको गत माघ २६ गते निधन भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्