१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

पैसा बाँड्दै अर्थमन्त्री

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आफ्नो गृह जिल्ला रोल्पामा ६६ करोड रुपैयाँ थप बजेट पठाएका छन्। रोल्पा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित महराले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत पठाएको ६६ करोडमध्ये २२ करोड ८० लाख रुपैयाँ जिल्लामा सञ्चालित ३२ वटा सडक योजनाका लागि हो।

अपेक्षा गरेअनुसार बजेट खर्च भएनः अर्थमन्त्री महरा

उप–प्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले अपेक्षाअनुसार बजेट खर्च हुन नसकेको बताएका छन्। सोमबार चालू आर्थिक वर्ष ०७३/७४को बजेट मध्यावधि समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै महराले विगतको तुलनामा भने बजेट खर्च वृद्धि भएको बताए ।

एक हप्ता भित्र चुनावको मिति घोषणाः अर्थमन्त्री महरा

उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरासँग बेलायतको लण्डन शहरका लर्ड मेयर एन्ड्रयु पार्मले शिष्टचार भेट गरेका छन्।

कर्मचारी फेरेर भए पनि, भन्सार सुधार्नु: अर्थमन्त्री महरा

उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका सम्पूर्ण कर्मचारी फेरेर पनि त्यहाँको अवस्था सुधार्न निर्देशन दिएका छन्। भन्सार विभागका महानिर्देशक शिशिर ढुङ्गानालाई मन्त्रालयमै बोलाएर उनले भने, “एयरपोर्ट भन्सारमा एउटै कर्मचारी वर्षौंदेखि बसेको भन्ने मैले सुनेको छु, त्यसो हुनुभएन ।”

संविधान संशोधन र स्थानीय निर्वाचन सरकारको प्राथमिकता: अर्थमन्त्री महरा

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले संविधान संशोधन र स्थानीय निकायको निर्वाचन वर्तमान सरकारको मुख्य प्राथमिकता भएको बताएका छन्। जिल्लाको हरिचौरमा १५ वर्षपछि पुनर्स्थापना भएको नेपाल बैंक शाखा कार्यालयको उद्‍घाटन गर्दै महराले अधिकतम सहमतीमा संविधान संशोधन गरिने बताए।

वीपीको पुर्ख्यौली थलोमा अर्थमन्त्री महरा (फोटो फिचर)

उप-प्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले शुक्रबार सिन्धुलीको दुम्जामा रहेको पूर्व प्रधानमन्त्री विश्वेस्वर प्रसाद कोइरालाको पुख्र्यौली थलो पुगेका छन्। विपी कोइरालाका पिता कृष्ण प्रसाद कोइरालाको भत्किएर जिर्ण घर दुम्जामा अझै छ।

पुरानो मन्दिर भत्काएरै नयाँ भवन बन्ने हो: अर्थमन्त्री महरा

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले जसरी पनि संविधान संसोधन गर्ने बताएका छन्। ‘हामी धेरैभन्दा धेरैको सहमतीमा संविधान संसोधन गर्न चाहन्छौं, सिन्धुली महोत्सवमा सम्बोधन गर्दै महराले भने, ‘पुरानो मन्दिर भत्काएर नै नयाँ भवन बन्ने हो। समयअनुसार संविधान संसोधन हुन्छ।’

५ नम्बर प्रदेशमा अर्थमन्त्री महरालाई घेराबन्दीको प्रयास

पारिवारिक कार्यक्रममा रोल्पा आइपुगेका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा घेराबन्दीमा परेका छन्। रोल्पा र प्युठानले संयुक्तरुपमा आयोजना गरेको विरोध प्रदर्शनका क्रममा उनी घेराबन्दीमा परेका हुन्।

एक चीन नीतिमा प्रतिवद्ध छौं: अर्थमन्त्री महरा

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासँग नेपालका लागि चीनका नवनियुक्त राजदुत यु होङले आज अर्थमन्त्रालयमा भेटबार्ता गरेकीछन्।

साउदी राजाद्वारा अर्थमन्त्री बर्खास्त

साउदी नरेश सल्मान विन अब्दुलाजिज अल साउदले अर्थमन्त्रीलाई बर्खास्त गरेका छन्। खस्किदो अर्थतन्त्र र तेलको गिरावट उकास्न मन्त्री र उच्च अधिकारीको तलब घटाउने जस्ता कडा निर्णयको प्रतिक्रियाका रुपमा नरेशबाट उक्त कदम चालिएको बताइएको छ।

पूरक बजेट चाँडैः अर्थमन्त्री महरा

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सरकारले चाँडै पूरक बजेट ल्याउने तयारी गरी रहेको बताएका छन । प्रेस सेन्टर रोल्पाले जिल्ला प्रशासन कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधान तथा अर्थमन्त्री महराले यस्तो बताएका हुन । उनले भने, ‘पूरक बजेट रणनीतिक योजना पनि हो । राजनीतिक सहमति र स्रोतका आधारमा यो ल्याउन सकिन्छ । हामीसँग स्रोत पनि छ । हामी पूरक बजेट ल्याउने तयारीमा छौं।’

दसैंको शुभकामना दिँदै अर्थमन्त्री महराले भने: संविधान कार्यान्वय मुख्य जिम्मेवारी

काठमाडौ- उप- प्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले दसैंको शुभकामना दिँदै संविधान कार्यान्वयन अहिलेको मुख्य जिम्मेवारी भएको बताएका छन्।

उपप्रधान तथा अर्थमन्त्री महरा चीन भ्रमणमा

उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा एक महिनामै दोस्रोपटक चीन भ्रमण गएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको पूर्वसन्ध्यामा उपप्रधानमन्त्री महरा चीनको स्वशासित क्षेत्र तिब्बततर्फ लागेका हुन् ।

पूरक बजेट ल्याउने तयारी छैनः अर्थमन्त्री

सरकारले पूरक बजेटको कुनै तयारी नगरेको उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले बताएका छन् । पछिल्लो समय सरकारले पूरक बजेट ल्याउने हल्ला चले तापनि अर्थ मन्त्रालयले यस सम्बन्धमा कुनै गृहकार्य नगरेको उनले जानकारी दिए ।

बजेटसँग सम्बन्धित विधेयकलाई पारित गर्छाैंः र्अर्थमन्त्री महरा

उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले बजेटसँग सम्बन्धित विधेयकलाई पारित गरेर अगाडि बढ्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्