८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

जनतालाई दास बनाउने राजा चाहिँदैन: गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले जनतालाई दास बनाएर शासन गर्ने राजा अहिलेको आवश्यकता नभएको बताएका छन्।

भूकम्प पीडितको घर बनाउन कांग्रेसले श्रमदान गर्ने

नेपाली कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा अस्थायी घर टहरा निर्माणका लागि श्रमदान गर्ने निर्णय गरेको छ।

सात बुँदे कार्यसहित काँग्रेस महामन्त्रीद्वय भूकम्प प्रभावित क्षेत्रमा

सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापा बुधबार भूकम्प प्रभावित क्षेत्रको स्थलगत भ्रमणमा जाँदै छन्।

महामन्त्री थापाको प्रस्ताव: २ वर्ष मोर्चालाई सरकार चलाउन दिऔ, बाँकी काँग्रेसले नेतृत्व गरौँ

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले समाजवादी मोर्चालाई दुई वर्ष सरकारको नेतृत्व गर्न दिएर बाँकी कार्यकाल काँग्रेस एक्लैले सरकार चलाउने प्रस्ताव अघि सारेका छन्।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर

सार्वजनिक सम्पत्तिमा हानीनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा आइतवार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।

देशमा अतुलनीय योगदान दिएका व्यक्तिलाई नयाँ पुस्तामा चिनाउनुपर्छः महामन्त्री थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अतुलनीय योगदान दिएका व्यक्तिलाई चिनाउने कार्यक्रम सरकारले तयार गर्नुपर्ने बताएका छन्।

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीवारबाट सुरु भएको बैठक आजपनि बस्न लागेको हो। बैठक बिहान ११ बजेबाट सुरु हुनेछ।

दाहाललाई प्रधानमन्त्री बनाउँदा कांग्रेस कार्यकर्ताले चित्त दुखाउन हुँदैन’

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस लोकतान्त्रिक र प्रतिस्पर्धात्मक राजनीतिमा विश्वास गर्ने पार्टी भएकाले द्वन्द्वमा लागेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर देशको समृद्धितर्फ अगाडि बढिरहेको बताएका छन्।

काँग्रेसले ८४ को चिन्ता गर्ने होइन आज सम्हाल्ने हो: महामन्त्री थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ को निर्वाचनलाई लिएर चिन्तित नहुन कार्यकर्तालाई आग्रह गरेका छन्।नेपाली काँग्रेस बागलुङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ को क्षेत्रीय सम्मेलनको मंगलबार बागलुङमा उद्घाटन गर्दै महामन्त्री थापाले काँग्रेसले भविष्यको चिन्ता गरेर बस्ने भन्दा वर्तमानलाई सम्हाल्नुपर्ने मुख्य जिम्मेवारी रहेको बताए।‘

पहिचानको आधारमा प्रदेशको नामाकरण भए समाजको द्वन्द्व हटाउन सक्छौँः महामन्त्री थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रदेशको नामाकरणको विषयमा स्व. प्रदीप गिरीले दिएको विचारसँग नेपाली काँग्रेस सहमत हुनसके सामाजिक द्वन्द्व हटाउन सकिने बताएका छन्।

शिक्षा क्षेत्रका समस्या समाधानको पहल लिन्छु: महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षा क्षेत्रमा देखिएका समस्याहरू तत्काल समाधान गर्न पहल गर्ने बताएका छन् । सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ, नेपाल (पेट्सान)ले आयोजना गरेको एक कार्यक्रममा पूर्वस्वास्थ्य मन्त्रीसमेत रहेका प्रतिनिधिसभा सदस्य थापाले संघीय संसदबाट पारित भएको शिक्षा विधेयकमा केही समस्या भए त्यसमा पुर्नविचार गर्न सकिने बताएका हुन्।

कांग्रेस नेतृत्वमा पुग्न प्रतिस्पर्धा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी केन्द्रीय समितिको जारी बैठकमा १५औं महाधिवेशन २०८२ सालमा गर्न प्रस्ताव राखेका छन्।

गुटैगुटको कांग्रेसमा ‘आन्तरिक एकता’को खोजी

सबै र सधैं राजनीतिक परिवर्तनका लागि जनताले नेपाली कांग्रेस र उसको नेतृत्वलाई साथ दिए पनि उनीहरूले आफ्नो जीवनमा कुनै परिवर्तन नआएकोमा चरम असन्तुष्टि र निराशा प्रकट गरिरहेको जनाउँदै पदाधिकारीहरूले विगतमा भएका गल्ती तथा कमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्नेमा जोड दिए। जनताको हितमा पार्टी संगठन र सरकार समर्पित हुनुपर्ने धारणा उनीहरूको थियो।

पार्टी फुटाउँछु भनेको छैन, संसदीय दलको नेता फेर्ने कुरा गर्दा आत्तिनुपर्दैनः महामन्त्री थापा

सोमबार पार्टी केन्द्रिय समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका छन्। उनले सबै पुराना राजनीतिक दल संकटमा पर्ने कारण भनेको ३०/३५ वर्षदेखि ४/५ जना नेतामात्रै सत्ता र नेतृत्वमा घुमिरहनु रहेको बताए।

कांग्रेस भित्र यस्ता छन् गुट र उपगुटहरू

कांग्रेसमा मुख्यतया सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला नेतृत्वका आआफ्नै गुट देखिन्छन्। तर देउवा र कोइराला नेतृत्वमा रहेको गुटभित्र पनि उपगुटहरूको संख्या मनग्य छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्