७ आश्विन २०८१ सोमबार
image/svg+xml

कांग्रेस १४औँ महाअधिवेशनः चार पालिकामा सर्वसम्मत नेतृत्व चयन

नेपाली कांग्रेस १४ औँ महाअधिवेशनअन्तर्गत जिल्लाका चार गाउँपालिकामा सहमतिका आधारमा अध्यक्ष चयन गरिएको छ।

कांग्रेसको गाउँ/नगर अधिवेशन अनिश्चित

प्राविधिक कारणले अर्को सूचना जारी नभएसम्मको लागि अधिवेशन स्थगित गरिएकोमात्र उल्लेख गरिएको छ। तर वडा चुनाव नै बाँकी रहेकाले गाउँ/नगर अधिवेशन अनिश्चित बनेको हो।

कांग्रेस गोरखाको छ पालिकामा सर्वसम्मत नेतृत्व

गोरखाका ११ स्थानीय तहमध्ये छ वटा पालिकामा कांग्रेसले सर्वसम्मत नेतृत्व चयन भएको छ ।

प्रकाशमान सिंहद्वारा सभापतिमा उम्मेदवारी घोषणा

नेता सिंहले पार्टीमा आमूल परिवर्तन ल्याउनका लागि पनि आफूले पार्टीको ‘नम्बर वान म्यान’ भएर काम गर्ने निष्कर्ष निकालेको पनि स्पष्ट पारे। नेपाली काँग्रेस काठमाडौं महानगर पालिका वडा नम्बर १७ ले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले अवसर पाएर पनि नेताहरुले काम नगरेका कारण पार्टी लथालिंग अवस्थामा पुगेको उल्लेख गर्दै १४ महाधिवेशनले पनि पूरानै नेताहरुलाई नेतृत्व सुम्पिए नेपाली काँग्रेसको हालत प्रजापरिषदको जस्तै हुने चेतावनी समेत दिए।

प्रधानमन्त्री देउवाद्वारा स्वास्थ्य मापदण्ड पालना गरी अधिवेशनमा सहभागी हुन आग्रह

पार्टीका क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी १३ जिल्लामा भने अझै वडा अधिवेशन प्रारम्भ हुन सकेको छैन। कांग्रेसको केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको छ।

लुम्बिनी प्रदेश : १० जिल्लामा गाउँ-नगर अधिवेशन सुरु

लुम्बिनी प्रदेशका बाह्र जिल्ला मध्ये १० वटामा नेपाली काँग्रेसको गाउँ–नगर अधिवेशन सुरु भएको छ। बाँके र गुल्मी बाहेकका जिल्लामा बिहान ८ बजेदेखि निर्वाचन कार्यक्रम सुरु भएको हो। जसअन्तर्गत पालिकाहरुमा उम्मेदवारी दर्ता सकिएको छ। बाँकेमा क्रियाशील सदस्यता विवाद टुंगिन बाँकी छ। गुल्मीमा आन्तरिक विवादका कारण अधिवेशन सुरु हुन नसकेको बताइएको छ।

पालिकाको नेतृत्व चुन्दै कांग्रेस

इलामका पालिकास्तरको पार्टी कार्यसमिति चयन गर्न नेपाली कांग्रेसको अधिवेशन आज (शनिबार) हुँदैछ। साँझसम्ममा अधिवेशन/मतदान सकेर आइतबारसम्ममा सबै पालिकाको नतिजा आउने कांग्रेस जिल्ला समितिले जनाएको छ।

कांग्रेसको पालिका अधिवेशन आजदेखि प्रारम्भ

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आजदेखि गाउँ/नगर अधिवेशन प्रारम्भ हुँदैछ। कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ।

अन्योलमा कांग्रेस महाधिवेशन

तल्लो तहका अधिवेशन प्रभावित हुँदा महाधिवेशन तोकिएको मितिमा गर्न नसकिने भन्दै आगामी केन्द्रीय समितिको बैठकबाट नयाँ मिति तोक्ने तयारी छ। सभापति शेरबहादुर देउवासहित संस्थापन पक्ष सकेसम्म फागुन, नभए पनि पुससम्म महाधिवेशन सार्ने पक्षमा देखिएको छ।

जनकपुर–जयनगर रेल्वे सञ्चालनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टी उपसभापति विमलेन्द्र निधिले जनकपुर–जयनगर रेल्वे तत्काल सञ्चालनका लागि सरोकारवाला निकायलाई निर्देशन दिन आग्रह गरेका छन्।

कांग्रेस काठमाडौँको नगर अधिवेशन असोज १६ मा

नेपाली कांग्रेसकाठमाडौँको नगर अधिवेशन यही असोज १६ गते हुने भएको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशन सम्पन्न भएका जिल्लाको पालिका एवम् नगर अधिवेशन असोज ९ गते गर्ने निर्णय गरे पनि काठमाडौँको भने असोज १६ गते शनिबार हुने भएको हो।

विद्यावारिधि गरेका गगन कांग्रेसको बुथ सभापति निर्वाचित

कांग्रेसमा युवा लगातय बिभिन्न क्षेत्रका ब्यक्तित्वहरुको आकर्षण बढीरहेका बेला कपिलवस्तु नगरपालिका वडा नम्बर ३ को बुथ सभापतिमा विद्यावारिधि (पिएचडी डाक्टर) गरेका ३६ वर्षीय गगनकुमार सिंह निर्वाचित भएका छन्।

कांग्रेसको पालिका अधिवेशन शनिबारदेखि

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत गाउँ/नगर अधिवेशन पूर्वनिर्धारित मिति (यही असोज ९ गते) देखि प्रारम्भ गर्ने निर्णय गरिएको छ।

कांग्रेसभित्रै ‘कमजोर लोकतन्त्र’

क्रियाशील सदस्यताको विषयलाई लिएर पार्टी केन्द्रीय कार्यालय सानेपामा महिनौंदेखि धर्ना, अनशन जारी छ। सदस्यताको विषयमा पक्ष र विपक्षमा नेताहरूको जुलुस र धर्नाले कांग्रेसको महाधिवेशन होइन अन्य दलसँग चुनावी प्रतिस्पर्धा भइरहे जस्तो देखिन्छ।

केपी ओलीलाई संसदसँग घिन लाग्छ, उहाँलाई संसद देख्नै हुन्नः गगन थापा

‘केपी शर्मा ओलीलाई संसदसँग घिन लाग्छ, उहाँलाई संसद देख्नै हुन्न। उहाँले आफ्नो कार्यकालभरी संसदलाई हेप्नुभो। पटक–पटक भंग गर्नुभयो,' उनले भने, 'अहिले संसद पुनर्स्थापित भइसकेपछि उहाँलाई संसदसँग यति घृणा लाग्छकी यो संसदलाई उहाँले पंगु बनाउनुभएको छ। अहिलेको हर्कत हेर्दैगर्दा सिंगो नेकपा(एमाले) लाई संसद प्रतिको व्यक्तिको घृणाबाट पार्टीमा पुग्यो भन्न कर लागेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्