१० मंसिर २०८१ सोमबार
image/svg+xml

काँग्रेस उम्मेद्वारको घरमा राखिएको बम सेनाद्वारा निस्कृय

नेपाली काँग्रेसबाट प्रतिनिधि सभाको उम्मेदवार बनेका पूर्व शिक्षा राज्य मन्त्री हस्तबहादुर मल्लको घरलाई लक्षित गरी राखिएको प्रेसर कुकर बम विहीबार नेपाली सेनाले निस्कृय पारेको छ। विहीबार विहानै छायाँनाथ रारा नगरपालिका १ स्थित मल्लको घरको आँगनमा शक्तिशाली प्रेसर कुकर बम राखिएको थाहा पाए पछि सुरक्षा निकायमा खबर गरिएको थियो । बम राखिएको हल्ला पछि गाउँमा पुरै त्रास उत्पन्न भएको थियो।

३२ जिल्लामा ल्हाक्पा मात्रै शेर्पा उम्मेद्वार

सोलुखुम्बुमा संघीय संरचना अनुसार हुने निर्वाचनका लागि प्रतिनिधिसभामा एक जना मात्रै शेर्पाको उम्मेदवारी परेको छ । सोलुखुम्बुबाट संघीय समाजवादी फोरम नेपालको तर्फबाट ल्हाक्पा शेर्पा एक्ला उम्मद्वार बनेका हुन् । पहिलो चरणको निर्वाचनमा मुलुकभरबाट १ जना मात्रै शेर्पाको उम्मेदवारी दर्ता भएको हो । संघीय समाजवादी फोरमका वैकल्पिक केन्द्रीय सदस्य तथा शेर्पा प्रदेश समितिका अध्यक्ष समेत रहेका शेर्पा ३२ जिल्लामा एक्ला शेर्पा उम्मेदवार हुन्। सोलुखुम्बुमा उनले वाम गठवन्धनबाट हेमकुमार राई (सुरविर) र कांग्रेसका बलबहादुर केसीसँग भिड्दै छन्।

वाम उम्मेद्वार रार्इकाे गाडीमा बम प्रहार

चुनावी सभाका लागि जानेक्रममा एमाले नेता, पूर्व सूचना तथा सञ्चारमन्त्री एवं प्रदेश सभा भोजपुर क्षेत्र नं २ का प्रत्यक्षतर्फका वाम गठबन्धनका उम्मेदवार शेरधन राईलाई लक्षित गरी बम आक्रमण भएको छ।

४,७०८ उम्मेद्वार प्रतिस्पर्धामा

मंसिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको चुनावका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्रसहित गरी ४ हजार ७ सय ८ जनाले बिहीबार उत्साहपूर्ण रूपमा मनोनयन दर्ता गराएका छन्।  प्रतिनिधिसभा र प्रदेशसभाका लागि ४५ जिल्लामा हुन लागेको चुनावमा प्रतिनिधिसभातर्फ १ हजार ७ सय ४२ र प्रदेशसभातर्फ २ हजार ९ सय ६६ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ । त्यसमध्ये प्रतिनिधिसभातर्फ १ सय २६ र प्रदेशसभातर्फ २ सय ९ गरी ३ सय ३४ जना महिलाको उम्मेदवारी दर्ता भएको छ।

उपप्रधानमन्त्री थापाद्वारा उम्मेद्वारी दर्ता

उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष कमल थापाले ३ नं प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको क्षेत्र नं १ बाट प्रतिनिधि सभाको सदस्यका लागि लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवारी आज मुख्य निर्वाचनको कार्यालय हेटौँडामा दर्ता गराएका छन्।

वामगठबन्धनको समर्थनमा राप्रपाका लिङ्देनको उम्मेद्वारी दर्ता

आगामी मंसिर २१ गतेको प्रतिनिधि सभाको निर्वाचनका लागि झापाको क्षेत्र नम्बर ३ बाट राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले उम्मेद्वारी दर्ता गराएका छन्। उनले वाम गठबन्धनको समर्थनमा आज मध्याह्न उम्मेद्वारी दर्ता गराएका हुन्।

प्रदेश नम्बर सातबाट चारजना मात्रै महिला उम्मेद्वार

प्रतिनिधिसभा र प्रदेशसभा निवार्चनका लागि प्रदेश नम्बर सातबाट दलहरूले चारजना महिलालाई मात्रै उम्मेद्वार बनाएका छन्। प्रतिनिधिसभाको प्रत्यक्षतर्फका लागि १६ निर्वाचन क्षेत्र रहेको प्रदेश नम्बर सातमा नेपाली कांग्रेसले दुई जना र एमाले–माओवादीले एक–एक जना महिलालाई उम्मेद्वार बनाएका हुन्।

मनाेनित चार उम्मेद्वारकाे नाम फिर्ता

प्रतिनिधि सभा र प्रदेशमा मनाेनित भएका चार जना उम्मेद्वारहरूले उम्मेद्वारी मनाेनयन फिर्ता भएकाे छ । प्रतिनिधि सभामा दुर्इ र प्रदेश तर्फ मनोनय २ उम्मेदवारले अाफ्नाे मनाेनयन फिर्ता गरेका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक र देशभक्त गणतान्त्रिक मोर्चाका तर्फबाट मनोनय गरेकाहरुले मनोनयन फिर्ता लिएका हुन । नेपाली कांग्रेससँग लोकतान्त्रिक गठबन्धन रहेपनि जिल्लामा मनोनय दर्ता गराएका राप्रपा प्रजातान्त्रिकका तीन जना उम्मेद्वारले मनोनयन फिर्ता लिएका हुन ।

खोटाङमा बाम गठबन्धन उम्मेद्वार छनोट

आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि खोटाङबाट बाम गठबन्धन उम्मेदवार बन्ने भएका छन् । प्रतिनिधिसभाका लागि नेकपा (एमाले)बाट विशाल भट्टराई, प्रदेशसभाका लागि राजन राई र रामकुमार राईले टिकट पाएका छन् ।जिल्लाबाट सिफारिस भएका दुवै पार्टीका आकांक्षीमध्ये तीन नेताको नाम छनोट गरिएको बाम गठबन्धनले जनाएको छ ।

यी हुन् खोटाङमा बाम गठबन्धनबाट लड्ने उम्मेद्वार

प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि खोटाङमा बाम गठबन्धनकातर्फबाट लड्ने उम्मेद्वारको टुंगो लागेको छ । आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि एमाले र माओबादी केन्द्रकातर्फबाट लड्ने साझा उम्मेद्वारको टुंगो लागेको हो ।

कांग्रेसको उम्मेद्वार विवाद चर्किएपछि सामुहिक राजिनामा

नेपाली कांग्रेस ओखलढुँगाको प्रदेशसभा अन्तर्गत मित्रसेन दाहाललाई उम्मेद्धवार बनाएपछि कांग्रेस ओखलढुँगामा प्रत्यासी उम्मेवद्धवार लिलाबल्लभ दाहाल र कार्यकर्ताहरुले आपत्ति जनाएका छन्। शुक्रबार पार्टी केन्द्रिय कार्य समितिले मित्रसेनलाई उम्मेद्धवार बनाएपछि उम्मेवद्धवारका प्रत्यासी दाहालले उक्त निर्णय तत्काल नसच्याए पार्टीभित्रै विद्रोह गर्ने चेतावनी दिएका छन् ।

खोटाङमा कांग्रेसले टुंगायो उम्मेद्वार नामवालीे

मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि कांग्रेसले खोटाङ जिल्लाको उम्मेद्वारहरुको टुंगो लागेको छ । जिल्लाको केन्द्रिय समितिले ४३ आकांक्षीको नाम सिफारिस गरेर उम्मेद्वारको अन्तिम टुंगो लगाएको हो । कांग्रेस केन्द्रीय समितिले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सरस्वती बजीमयलाई चुनावको लागि छनोट गरेको छ ।

एमाले सिन्धुपाल्चोकले पठायो उम्मेद्वारकाे सूची

नेकपा एमाले सिन्धुपाल्चोकले वाम एकतालाई स्वागत गर्दै आसन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको छ ।

कम्युनिष्ट गढमा बलियो उम्मेद्वार खोज्दै काँग्रेस

कम्युनिष्ट गढ दोलखामा आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि काँग्रेस भित्र बलिया उम्मेदवारको खोजी शुरु भएको छ ।  प्रतिनिधि सभा सदस्यका लागि एक र प्रदेश सभाका लागि दुई ओटा क्षेत्र रहेको दोलखामा कांग्रेसबाट चुनाव लड्नका लागि ४ दर्जन बढीले आकांक्षा राखेपनि पार्टी जिल्ला समितिले सबैको नाम जस्ताको त्यस्तै केन्द्रीय समितिमा पठाइदिएको छ ।

उम्मेद्वार छान्दै सिन्धुका दल

दशैँ अवधिभर चुनाव केन्द्रीत छलफल र बैठकमा व्यस्त सिन्धुपाल्चोकमा क्रियाशील राजनीतिक दलहरूले आशन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि धमाधम उम्मेद्वार छनोट र सिफारिस गर्न थालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्