११ मंसिर २०८१ मंगलबार
image/svg+xml

प्रदेश र संघीय चुनावका लागि माओवादी केन्द्रबाट उम्मेद्वार सिफारिस

प्रदेशसभा तथा संघीय चुनावका लागि नेपाल कम्युनिष्ट पार्टील (माओवादी केन्द्र) उदयपुरले उम्मेद्वारको नाम सिफारिस गरेको छ। भर्खरै सीमा तथा संख्या निर्धारण भएर ४ प्रदेशसभा र २ संघीय प्रतिनिधिसभा निर्वाचन क्षेत्रको टुंगो लागेको उदयपुरमा चुनाव लड्न प्रत्येक निर्वाचन क्षेत्रबाट ३/३ जनाका दरले पार्टीले नाम सिफारिस गरेको हो।

वीरगञ्जको विकासका बारेमा उम्मेद्वारका एजेण्डा

आर्थिक नगरी वीरगञ्ज किन र कसरी जीर्ण, जर्जर बन्दै गइरहेको छ। एउटा सुन्दर र समुन्नत वीरगञ्जको कल्पना गर्ने पछिल्लो पुस्तामात्र होइन यसको आर्थिक महत्व बुझेको अघिल्लो पुस्ता पनि वीरगञ्जको खस्कँदो स्थितिप्रति के गर्न सक्छ। वीरगञ्ज महानगरपालिकाको प्रमुख पदका उम्मेदवारसँग आर्थिक नगरी वीरगञ्जको समग्र विकासप्रति कस्ता दूरदृष्टि (भिजन) छन् । त्यो मतदाताको यक्ष प्रश्न रहेको छ।

भैँसी बेचेर नगरप्रमुखमा उम्मेद्वारी

महोत्तरी जलेश्वर नगरपालिकाका प्रमुख पदका लागि एक जनाले भैँसी बेचेर उम्मेदवारी दर्ता गराएका छन्।

नगरपालिकाका उम्मेद्वारको  घरमा बम विस्फोट

तेस्रो चरणको स्थानीय निर्वाचनको मुखमा आएर धनुषा जिल्लाको धनुषाधाम नगरपालिकाका प्रमुख पदका उम्मेदवारको घरमा अज्ञात समूहले बम विस्फोट गरेको छ।

यस्ता छन् एनआरएनए चीनका उम्मेद्वारहरू

चीनमा रहेका नेपालीहरूलाई अहिले गैर आवासीय नेपाली संघ(एनआरएनए)को निर्वाचनले छपक्कै छोपेको छ। सेप्टेम्बर ३ का लागि तोकिएको निर्वाचनका लागि विभिन्न पदमा चीनमा रहेका नेपालीहरूले उम्मेद्वारी दर्ता गराएका छन्। यी हुन् एनआएनए चीनको आगमी कार्यसमितिका उम्मेद्वारहरू।

रोपाइँ गर्दै भोट माग्दै उम्मेद्वार

भोजपुर जिल्लाको दक्षिणी रामप्रसाद राई गाउँपालिकामा उम्मेदवारसहित कार्यकर्ताले रोपाइँमा सघाउँदै भोट माग्न थालेका छन् ।

बाजुरामा काँग्रेसले लगायो उम्मेद्वारको टुङ्गो

लामो छलफलपछि नेपाली काँग्रेसले उम्मेदवार छनोट गरेको छ । जिल्लामा रहेका नौ वटै स्थानीय तहमा आफ्नो पार्टीको तर्फबाट चुनाव लड्ने उम्मेदवारको टुङ्गो लगाएको नेपाली काँग्रेसले बताएको छ । जिल्लामा चार नगरपालिका र पाँच गाउँपालिका छन्।

इलाममा काँग्रेसको उम्मेद्वार छनौट अन्तिममा

जेठ ३१ गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसले नगरपालिकाका प्रमुख–उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षको नाम छनौट अन्तिम चरणमा पुर्याएको छ । ३ दिनयता बसेको जिल्ला समिति बैठकले मुख्य पदका अधिकतर उम्मेदवारको नाम ‘करिब’ टुंगो लगाएको हो ।

कांग्रेसका उम्मेद्वार श्रेष्ठको मृत्यु

नेपाली कांग्रेस तानसेन नगरपालिका वडा नं. ४ का वडा अध्यक्षका उम्मेदवार राजेन्द्र श्रेष्ठको मृत्यु भएको छ । पाल्पा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष समेत रहेका श्रेष्ठको शुक्रबार बिहान हृदयघातका कारण मृत्यु भएको हो ।

काँग्रेसका उम्मेद्वारको घरमा बम फेला

स्याङ्जाको गल्याङ नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवारको घरमा शुक्रबार बिहानै बम फेला परेको छ ।

एमाले - माओवादी कार्यकर्ताबीच झडप, उम्मेद्वारको छोराको मृत्यु

जिल्लाको गौरीशंकर गाउँपालिका २ स्थित जुँगुमा एमाले र माओवादी केन्द्रका कार्यकर्ता बच गएराती झडप हुँदा एक एमाले कार्यकर्ताको ज्यान गएको छ ।

प्रमुखकी एक्ली महिला उम्मेद्वार शोभा

वैशाख ३१ गते हुने स्थानीय तहको चुनावका लागि गाउँपालिका र नगरपालिकाका प्रमुख पदमा जाजरकोटमा एक जना मात्र महिला उम्मेदवार  चुनावी  मैदानमा  उत्रिएकी छिन् ।

जहाँ दलित मात्र छन् उम्मेद्वार

भक्तपुरको चाँगुनारायण नगरपालिका ४ मा नेकपा मालेले वडा अध्यक्षसहित सबै उम्मेद्वार दलित मात्र उठाएको छ । वडाको पुरै टिम नै दलितले उम्मेद्वारी पाएसँगै यत्तिखेर चाँगुनारायण  नगरपालिका ४ चर्चाको शिखरमा पुगेको छ । नेकपा मालेका जिल्ला सचिव अदिप खड्काले ‘दलितमैत्री नमुना वडा’ निर्माणका लागि दलितहरूलाई सर्वसम्मत उम्मेद्वार बनाइएको बताए ।

काँग्रेस उम्मेद्वारको गाडीमा आगजनी

नेपाली काँग्रेसबाट माछापुच्छ्रे गाउँपालिका–२ का वडाध्यक्षका उम्मेदवार गुञ्जमान गुरुङले चुनाव प्रचार प्रसारमा प्रयोग गरेको गाडीमा गए राति आगजनी गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्