१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

साइक्लिङमा आर्मी र एपीएफलाई एक-एक स्वर्ण

आज (मंगलबार) भएको साइक्लिङ प्रतियोगिताको इन्डिभिज्युल टाइम ट्रयाल विधामा नेपाल आर्मी र सशस्त्र प्रहरी बलको एपीएफ क्लवले एक/एक स्वर्ण पदक जितेका छन्। आर्मीले महिलातर्फ र एपीएफले पुरुषतर्फको स्वर्ण पदक जितेको हो।

सफ्ट टेनिसमा प्रहरी र एपीएफलाई एक/एक स्वर्ण

पोखरामा जारी प्रतियोगितामा मंगलबार भएको सफ्ट टेनिसको डबल्सतर्फका खेलमा प्रहरी र एपीएफले एक/एक स्वर्ण पदक जितेका हुन्। पुरुष युगल तर्फ नेपाल पुलिसका नरबहादुर लुङ्गेली र कमल भण्डारीको जोडीले प्रदेश नं. १ का युकेश योञ्जन र आशिष बोहराको जोडीलाई ५–३ को सेटले पराजित गर्दै स्वर्ण जिते।

म्याराथनमा गण्डकीका अनिसलाई स्वर्ण

पोखरा रंगशालामा मंगलवार भएको प्रतिस्पर्धामा अनिशले निर्धारित दूरी २ घण्टा २२ मिनेट ५४ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन्। म्याराथन प्रतियोगितामा १८ जना सहभागी थिए।

आइटिएफमा एक नं प्रदेशलाई पहिलो स्वर्ण, मधेश र सुदुरपश्चिम पदकविहीन

यसअघिका खेलमा उसले दुई वटा कास्य पदक जितेको थियो। मङ्गलबार नै भएको ४२–४५ किलो तौल समूहबाट महिला स्पाइरिङमा गण्डकी प्रदेशकी सुनिता भण्डारीले स्वर्ण जितिन् भने बागमती प्रदेशकी सुस्मिता तामाङ रजतमा सीमित बनिन्।

कुस्तीमा एपीएफलाई ९, सुदूरपश्चिमलाई ५, मधेश प्रदेशलाई ३ स्वर्ण

पूर्वी नवलपरासी (नवलपुर)मा २० स्वर्ण पदकका लागि भएको कुस्ती प्रतियोगितामा एपीएफले पुरुषतर्फ ४ र महिलातर्फ ५ गरी कुल ९ स्वर्ण पदक जितेको हो। कुस्तीमा महिला र पुरुष दुबैतर्फ १०/१० स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो।

भारोत्तोलनमा जुनमायालाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरा उद्योग वाणिज्य संघको हलमा मंगलबार महिला ७१ केजी तौल समूहमा उनले स्न्याच र क्लीन एण्ड जर्क दुवैमा नयाँ राष्ट्रिय रेकर्ड कायम गर्नुका साथै स्वर्ण पदक पनि जितेकी छन्।

नवौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटको कास्य पदक बागमतीलाई

गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटको कास्य पदक बागमती प्रदेशले प्राप्त गरेको छ। पोखरा रंगशालामा आज भएको खेलमा बागमतीले लुम्बिनी प्रदेशलाई सात विकेटले पराजित गरेको हो।

एपीएफकी वृन्द्रालाई महिला म्याराथनमा स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत मंगलबार बिहान पोखरा रंगशालामा भएको ४२.१९५ किलोमिटरको म्याराथन प्रतियोगितामा एपीएफकी श्रेष्ठले स्वर्ण पदक जितेकी हुन्।

नवौँ राष्ट्रिय खेलकुद: आर्मी ६१ स्वर्णसहित शीर्ष स्थानमा

कुल एक सय ३९ स्वर्ण पदकको टुङ्गो लाग्दा आर्मीले ६१ स्वर्ण आफ्नो पोल्टामा पारेको छ। आर्मीले ३९ रजत र २८ कास्यसहित कुल एक सय २८ पदक प्राप्त गरेको छ।

आर्मीकी जयरानीले जितिन् तेस्रो स्वर्ण, लङजम्पमा राष्ट्रिय कीर्तिमान

कास्कीको पोखरा रंगशालामा आज सम्पन्न महिला लङजम्पमा थारुले पाँच दशमलव ५८ मिटर जम्प गर्दै कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन्।

नवौं राष्ट्रिय खेलकुद: चार सय मिटर दौडमा सोमबहादुर र रमिताको नयाँ कीर्तिमान

एथलेटिक्सतर्फ त्रिभुवन आर्मी क्लबका सोमबहादुर कुमाल र एपिएफ क्लबकी रमिताकुमारी थारुले नयाँ कीर्तिमान बनाएका छन्।

नवौँ राष्ट्रिय खेलकुदः बुद्धिचालतर्फको महिला क्लासिकलमा त्रिभुवन आर्मीलाई स्वर्ण

प्रतियोगितामा त्रिभुवन आर्मी क्लबकी सुजना लोहनीले क्लासिक चरणमा नौ अङ्क प्राप्त गर्दै स्वर्ण पदक जित्न सफल भएकी हुन्। प्रतियोगितामा लोहनीले क्लासिक चरणका सबै नौ खेल सम्पन्न हुँदा सबै खेलमा जित निकाल्न सफल भएको निर्णायक दीपेश गिरीले जानकारी दिए।

नवौँ राष्ट्रिय खेलकुदः एपिएफ पुरुष फुटबलको सेमिफाइनलमा

पोखराको लामाचौरस्थित गोस्तेघाट खेलमैदानमा भएको खेलमा बागमतीले सुरुआती अग्रता जोगाउन नसक्दा पराजय व्यहोर्नुपर्‍यो।

राष्ट्रिय महिला भलिबल: दुई विभागीय, गण्डकी र बागमती प्रदेश सेमीफाइनलमा प्रवेश

पहिलो खेलमा एपीएफले २५–१५, २५–१८, २५–१० को सेटमा लुम्बीनी प्रदेशमाथि सोझो सेटको जित निकालेको थियो। त्यस्तै बागमती प्रदेशले समेत २५–१२, २५–१५ र २५–२३ को सेटमा सुदुरपश्चिम माथि सहज जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको छ।

नवौँ राष्ट्रिय खेलकुद: भारत्तोलनमा पुलिसका टीकामायालाई स्वर्ण

टीकामायाले ‘स्न्याच’ विधमा ६० र ‘क्लिन एण्ड जर्क’मा ८० गरी कुल एक सय ४० केजी भारबहन गर्दै स्वर्ण जित्न सफल हुनुभएको नेपाल भारत्तोलन सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्