१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

एपीएफकी वृन्द्रालाई महिला म्याराथनमा स्वर्ण

महिला म्याराथन दौड प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लवकी वृन्द्राधन श्रेष्ठले स्वर्ण पदक जितेकी छन्। 

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत मंगलबार बिहान पोखरा रंगशालामा भएको ४२.१९५ किलोमिटरको म्याराथन प्रतियोगितामा एपीएफकी श्रेष्ठले स्वर्ण पदक जितेकी हुन्। उनले निर्धारित दुरी २ घन्टा ५७ मिनेट २३ सेकेन्डमा पूरा गरिन्।

प्रतियोगितामा नेपाली सेनाको त्रिभूवन आर्मी क्लवकी विश्वरुपा बुढाले रजत पदक जितिन्। उनले निर्धारित दुरी ३ घन्टा ००.३५ सेकेन्डमा पार गरिन्।

त्यस्तै, नेपाल पुलिस क्लवकी रेखा विष्टले काश्यक पदक जितिन्। उनले निर्धारित दुरी ३ घन्टा १ मिनेट ३५ सेकेन्डमा पार गर्दै काश्य पदक जितेकी हुन्।

प्रकाशित: १ कार्तिक २०७९ ०७:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App