७ आश्विन २०८१ सोमबार
image/svg+xml

ताप्लेजुङमा आगलागी हुँदा ८ घर ध्वस्त, साढे ७ करोड बढीको क्षति

कोरोना कहरले थलिएको मानवीय जीवनमा थप नुनचुक भर्नेगरी शुक्रबार राति ताप्लेजुङ सदरमुकाम फुङ्लिङको ट्याक्सी स्टेन छेउमा भएको आगलागीबाट ८ वटा जलेर नष्ट भएका छन् ।

७ घर जलेर नष्ट, पीडितको व्यवस्थापन र क्षतिको विवरण संकलन सुरु

ताप्लेजुङ सदरमुकाम फुङ्लिङको माथिल्लो रोडस्थित ट्याक्सी लाईन क्षेत्रमा शुक्रबार राति भएको आगलागीको क्षति संकलन तथा पीडित व्यवस्थापनका काम सुरु भएको छ । जलेका घरका अवशेषहरु उत्खनन् गर्ने र वास्तबिक क्षति संकलनको कार्य सुुरु भएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।

ताप्लेजुङको फुङलिङमा भिषण आगलागी

ताप्लेजुङ सदरमुकाम फुङलिङको पुरानो बैंक लाईन ट्याक्सी स्टेन छेउमा आगलागी भएको छ। आगलागीबाट अहिलेसम्म करिब १० घर जलेका छन्। बेलुका करिब ९.३० बजेबाट भण्डारी खाजाघर छेउबाट शुरुभएको आगो उत्तरतर्फ नेपाली कांग्रेसको पार्टी कार्यालय बसेको घरसम्म पुगेको छ।

शरणार्थी शिविरमा आगलागी, चार घर जलेर नष्ट

झापाको दमक नगरपालिका–३ बेलडाँगीमा रहेको भूटानी शिविरमा आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् ।

लकडाउनका क्रममा घरमा आगलागी

लकडाउनकै क्रममा खोटाङको दिक्तेलबजारका एक घरमा आगलागी भएको छ । शुक्रबार दिउँसो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल पोखरीका सिद्धिबहादुर सैंजूको घरमा आगलागी भएको हो ।

स्टेसनरी र फेन्सी पसलमा आगलागी हुँदा २१ लाख बराबरको क्षति

रसुवाको कालिका गाउँपालिका–५, जीवजीवेमा स्टेसनरी र फेन्सी पसलमा आगलागी भएको छ। गएराति साढे १ बजेतिर अर्जुनप्रसाद पौडेलको घरको एउटामा आगालागी भएको थियो।

२५ घर र गोठ जल्दा एक करोड बढी नोक्सानी

कपिलवस्तुको विजयनगरको वडा नम्बर १ गुगौलीमा शुक्रवार साँझ साढे ४ बजेतिर भीषण आगलागी भएको छ।  आगलागीबाट २५ घरगोठ जलेर नष्ट भएको गैगाली गाउपालिकाका प्रमुख गोपालबहादुर थपाले बताए।

चट्याङ लागेर याम्फुदिनमा एक जना घाइते, एक घरमा आगलागी

गएराति परेको चट्याङ लागेर ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नं ८ याम्फुदिनमा एक महिला घाइते भएकी छन्।

उदयपुरमा आगलागी हुँदा १५ लाखको क्षति

उदयपुरको एक स्थानीयको घरमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। त्रियुगा नगरपालिका-२ जोगीदहस्थित हर्कबहादुर विष्टको घरमा सोमबार दिउँसो भएको आगालगीबाट सो बराबरको धनमाल क्षति भएको हो।

चट्याङ लाग्दा घरमा आगलागी, ११ लाखको क्षति

बिहीबार राति विरुवा गाउँपालिका-७ हगतेमा चट्याङ लाग्दा एक घरमा आगलागी भएको छ। बिहीबार राति ८ बजेको समयमा स्थानीय देविमाया गुरुङको १ तले कच्ची घरमा अचानक चट्याङ परी आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक नविनकृष्ण भण्डारीले बताए।

आगलागीबाट चार घरमा क्षति

केटाकेटीले आगो खेलाउँदा हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले, हात्तीटारमा चारवटा घर जलेका छन्। आगलागीले लोकेन्द्र माझी, जोखे माझी, सीतादेवी माझी र झनबहादुर थापाको घर जलेर नष्ट भएको हो।

खोटाङमा आगलागी, चार घर जलेर नष्ट, २२ लाखको क्षति

गलागी हुँदा खोटाङमा चार घर जलेको छ। केटाकेटीले आगो खेलाउँदा हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले हात्तीटारका लोकेन्द्र माझी, जोखे माझी, सितादेबी माझी र झनबहादुर थापाको घर जल्दा अनुमानित २२ लाख बराबरको धनमाल नष्ट भएको छ।

डेरी उद्योगमा आगलागी, ७० लाखको क्षति

देउमाई नगरपालिकाको एक दुग्ध डेरी उद्योगमा आगलागी हुँदा करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको छ। देउमाई नपा–४ स्थित आशिष बुढाथोकीले सञ्चालन गरेको उद्योगमा शनिबार दिउँसो २ बजेतिर आगलागी भएको हो।

नेपालगन्जको चप्पल उद्योगमा भिषण आगलागी

नेपालगन्जको खजुरा रोडमा रहेको चप्पल उद्योगमा भिषण आगलागी भएको छ। जय सियाराम मेनिफ्याक्चरिङ इण्डष्ट्रीज प्रा.लि. मा मंगलबार मध्यराती करिव १ बजेतिर आगलागी भएको हो। आगलागीबाट ठूलो क्षति भएपनि एकिन विवरण संकलन नभएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्