७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

लकडाउनका क्रममा घरमा आगलागी

शुक्रबार दिक्तेलमा लागेको आगलागी । तस्बिर :दमन/नागरिक

खोटाङ– लकडाउनकै क्रममा खोटाङको दिक्तेलबजारका एक घरमा आगलागी भएको छ । शुक्रबार दिउँसो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल पोखरीका सिद्धिबहादुर सैंजूको घरमा आगलागी भएको हो । आगलागीबाट जस्ताको छाना भएको दुई तले घरमा आगजनी हुँदा अन्दाजी ७ लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख बामदेव गौतमले बताए ।

बजारबीचमा लागेको आगो प्रहरी, स्थानीयबासी र नगरपालिकाको दमकल प्रयोग गरेर नियन्त्रणमा लिएकाले घर पूर्णरुपमा जल्नबाट जोगिएको छ । विद्युत सर्ट हुँदा सैंजूको घरमा आगलागी भएको अनुमान गरिएको छ । लकडाउनका कारण भीडभाड गर्न नहुने भए पनि आगलागीले विपत्ती निम्तिएपछि स्थानीय जोखिम मोलेर सहयोग तथा उद्धारका कार्यमा निस्किएका थिए ।

आगोले छिमेकी लक्ष्मीकुमार सैंजूको घरमा पनि क्षति पुगेको छ । बेलैमा आगो नियन्त्रणमा आएका कारण अन्य बजारका घर आगलागीबाट जोगिएको छ ।
 

प्रकाशित: १२ वैशाख २०७७ ०९:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App