६ आश्विन २०८१ आइतबार
image/svg+xml

धरानको पालिका बजारमा आगलागी, क्षतीपूर्ती माग गर्दै निवेदन

धरान ३ स्थित पालिका तरकारी बजारमा आगलागी हुँदा ११ पसल जलेर नष्ट भएको छ । उज्यालो नहुँदै भएको आगलागीमा पालिका बजारमा रहेको ८ वटा कस्मेटिक पसल जलेको छ भने फलफुल, तरकारी र एउटा होटल पनि जलेको छ । विद्युत सर्ट भएर बिहान करिब साढे ४ बजे आगलागी भएको थियो ।

आगलागीबाट विस्थापित परिवारलाई राहत

खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले आगलागीबाट बिस्थापित परिवारलाई राहत प्रदान गरेको छ । गत साउन ७ गते विद्युत सर्ट हुँदा भएको आगलागीका कारण विस्थापित भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका गोबिन्द कट्वाललाई कोषले नगद १० हजार राहत प्रदान गरेको हो ।

आणविक केन्द्रमा ठूलै आगलागी भएको इरानको स्वीकारोक्ती

इरानको आणविक केन्द्रको एक भवनमा आगलागीको घटना भएको इरानले पुष्टि गरेको छ। इरानी आणविक ऊर्जा केन्द्रका प्रवक्ताले उक्त दुर्घटना निकै अर्थपूर्ण भएको जनाउँदै यसबाट युरेनियम प्रशोधनमा प्रयोग हुने उपकरणको उत्पादनमा केही ढिलाई हुन सक्ने बताए।

धरानमा भएको आगलागीमा आमा–छोरीको जलेर मृत्यु

आज बिहान धरान १५ स्थित नौलो पथमा भएको आगलागीमा परेर २ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा ८७ वर्षीय वृद्ध धनमाया श्रेष्ठ र उनकी छोरी ५८ वर्षीया सीता श्रेष्ठ रहेकी छिन् । घरमा आमा छोरी मात्र बस्दै आएका थिए । यो घर नेपाल प्रहरीबाट प्रहरी निरीक्षकबाट आवकाश प्राप्त नरबहादुर श्रेष्ठको हो ।

मदिरा र घरझगडाले आगलागी बढ्यो

पछिल्लो चार महिनामा मात्रै बागलुङमा आगलागीका तीन घटना भए। गत फागुन, चैत तथा यही जेठमा घरगोठ नै मासिने गरी भएका ती घटनाको कारण थियो– अधिक मदिरा सेवन र घरझगडा।

न्यूरोडको एक घरमा आगलागी

काठमाडौं महानगरपालिका- २२ न्युरोडस्थित एक घरमा आगलागी भएको छ। राजेन्द्र महर्जनको घरमा आगलागी भएको हो। विद्युतीय तार सर्ट भएर साझ ६ बजे आगलागी भएको हो।

ताप्लेजुङका अग्नि पीडितलाई विपद् व्यवस्थापन समितिले गर्‍यो निर्णय (अपडेट)

जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङको बैठकले यहाँका अग्नि पीडितका लागि भूकम्प प्रभावित संरचनाहरुको पुनर्निर्माण सरहको सहयोग गरिदिन नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

ताप्लेजुङका अग्नि पीडितलाई अमेरिकामा पनि जुट्न थाल्यो सहयोग (अपडेट)

ताप्लेजुङका अग्नि पीडितलाई अमेरिकाबाट पनि सहयोग जुट्न थालेको छ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकास्थित दोखु घर भई हाल अमेरिकामा बस्दै आएका पुष्कर बरालको अगुवाईमा अग्नि पीडितका लागि राहत संकलन सुरु भएको छ ।

ताप्लेजुङका अग्नी पीडितलाई साढे ७ लाख राहत (अपडेट)

ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाले फुङ्लिङका अग्नि पीडितलाई झण्डै ७ लाख रुपैयाँ प्रदान गरेको छ । यसैगरी किराँत याक्थुङ कलाकार मञ्च फुङ्लिङले करिव ५८ हजार रुपैयाँ वितरण गरेको छ ।

शुक्रबारे बजारका दुई घरमा आगलागी

माइजोगमाई गाउँपालिका–३, शुक्रबारे बजारमा आगलागी हुँदा २ घर जलेर नष्ट भएका छन्। आगो नियन्त्रणका लागि एउटा घर भत्काइएको छ। आगोले स्थानीय वेदराम गर्ग र छत्रकुमारी लावरको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

पटकपटकको आगलागीले त्रासमा फुङ्लिङ बजार

ताप्लेजुङको फुङ्लिङ बजारमा पटकपटक आगलागीका घटना दोहोरिन थालेपछि स्थानीय त्रसित बन्न थालेका छन् ।

ताप्लेजुङका अग्नि पीडितलाई सहयोग जुट्ने क्रम जारी

ताप्लेजुङको फुङ्लिङस्थित ट्याक्सी स्टेन छेउमा शुक्रबार राति भएको आगलागीका पीडित परिवारलाई सहयोग जुट्ने क्रम सुरु भएको छ । जिल्ला बिपद् व्यवस्थापन समितिले आगलागीबाट घर पूर्ण क्षति भएका ८ घरधनीलाई जनही ५० हजार र आशिंक क्षति पुगेको १ घरका धनीलाई २५ हजार रुपैंयाका दरले राहत उपलब्ध गराउने भएको छ ।

मन्त्री भट्टराईद्वारा ताप्लेजुङको आगलागी क्षेत्रको स्थलगत अवलोकन, बिचलित नहुन आग्रह

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले तीनै तहका सरकार साथमा रहेकोले बिचलित नहुन ताप्लेजुङका अग्नि पीडितलाई आग्रह गरेका छन् । ताप्लेजुङ मन्त्री भट्टराईको गृह जिल्ला र निर्वाचन क्षेत्र पनि हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्