८ वैशाख २०८१ शनिबार
समाज

धरानमा भएको आगलागीमा आमा–छोरीको जलेर मृत्यु

आज बिहान धरान १५ स्थित नौलो पथमा भएको आगलागीमा परेर २ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा ८७ वर्षीय वृद्ध धनमाया श्रेष्ठ र उनकी छोरी ५८ वर्षीया सीता श्रेष्ठ रहेकी छिन् । घरमा आमा छोरी मात्र बस्दै आएका थिए । यो घर नेपाल प्रहरीबाट प्रहरी निरीक्षकबाट आवकाश प्राप्त नरबहादुर श्रेष्ठको हो ।  

मृतक धनमाया श्रेष्ठकी आमा हुन् भने सीता बहिनी हुन् । ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले घरमा बस्दै आएकी वृद्ध आमा र छोरीको जलेर मृत्यु भएको पुष्टि गरे । घरको माथिल्लो तलामा आगलागी भएको थियो । काठले बनेको माथिल्लो तला पुर्णरुपमा जलेको छ ।

आगलागीको खास कारण भने खुल्न नसकेको डिएसपी न्यौपानेले बताए । प्रहरी, स्थानीयबासी र दमकलको मद्दतले आगो नियन्त्रणमा आएको थियो । ग्याँस लिक भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । 

प्रकाशित: २२ जेष्ठ २०७७ ०६:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App