२१ आश्विन २०८१ सोमबार
image/svg+xml

मूर्तिमा शिर सौन्दर्य

शिरबिनाको प्राणीको कल्पना गर्न पनि सकिँदैन। शिर हरेक प्राणीको पहिचानको पर्याय नै हो। यही कुरालाई बुझेका कलाकार रामकृष्ण भण्डारी शिरको सौन्दर्य झल्काउने मूर्ति प्रदर्शनी सकेका छन्। शुक्रबार सुरु भएको प्रदर्शनी आइतबारसम्म चलेको थियो।

मूर्ति जाेगाउन ४० वर्षदेखि दैनिक डोकोमा बोकेर घरमा

मन्दिरका मूर्तिहरु चोरी हुन थालेपछि रम्भादेवी मन्दिरमा मूर्तिलाई लुकाएर संरक्षण गरिँदै आएको छ। मन्दिरका पूजारीहरुले पूजापाठ सकेर दिनहुँ मूर्ति बोकेर लैजाने गर्दछन्। अर्को दिन बिहानै उक्त मूर्ति बोकेर मन्दिरमा ल्याई पूजापाठ गरी पूनः लैेजाने गर्दछन्।

चिप्लेकिराको मूर्तिमा लागुऔषध !

अमेरिकाको ओहायो राज्यको सिन्सिनाटिमा ठूलो परिमाणमा मेथाम्फेटामिन नामक लागु पदार्थ पक्राउ गरिएको अमेरिकी भन्सार तथा सीमा सुरक्षा अधिकारीहरुले जनाएका छन्।

५० प्रतिशतले बढ्यो मूर्ति निर्यात

नेपालको परम्परागत संस्कृतिसँग जोडिएका कलात्मक धातुजन्य (मेटल) मूर्तिको अन्तर्राष्ट्रिय बजार बढ्दै गएको छ। साना उद्योगलाई टेवा पुर्‍याउँदै गत आर्थिक वर्षमा धातुजन्य मूर्तिको निर्यात ५० प्रतिशतले बढेको छ।

'बरामद मूर्ति पुरातात्विक होइन'

मूर्ति चोरेको आशंकामा प्रहरीले तीन साताअघि डेउढाकला माछागढका एक सर्वसाधारणलाई अनाहकमा गोली प्रहार गरेको पुष्टि भएको छ। डेउढाकला माछागढका ४७ वर्षीय रामबहादुर शाहीमाथि गोली प्रहार गरी उनीबाट प्रहरीले बरामद गरेको बुद्ध मूर्ति पुराताŒिवक नभएको प्रमाणित भएको हो। बायाँ घुँडामा गोली लागेर घाइते भएका शाहीको प्रहरी निगरानीमा जिल्ला अस्पताल, गुलरियामा उपचार भइरहेको छ।

जुम्लाबाट हराएका कुन कुन मूर्ति भेटिए ?

पालगाउँका तीन जना महिला काठको मुढा ल्याउन लेकतिर जाँदै गर्दा गाउँ नजिकैको डोग्री खोलामा यत्रतत्र मूर्ति फ्याकिएको भेटे।

चन्दननाथका हराएका मूर्ति जंगलमा भेटिए

कर्णालीकै प्रशिद्ध चन्दननाथ मन्दिरमा गत मंसिर ११ गते राति चोरी भएका मूर्ति मंगलबार विहान प्रहरीले जंगलमा अलपत्र अवस्थामा फेला पारेको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएका प्रहरी नायव उपरीक्षक गुरुविष्णु काफ्ले नेतृत्वको टोलीले गज्र्यांकोट गाविसको जंगलमा यत्रतत्र छरिएको अवस्थामा मूर्ति भेटाएको हाे।

मूर्ति खोज्दा भेटिए खुँखार अपराधी र घातक हतियार

प्रहरीले जुम्लाको प्रसिद्ध चन्दननाथ मन्दिरबाट चोरिएका मूर्ती फेला पार्न नसके पनि अनुसन्धानमा फरार अपराधी र घातक हतियार तथा बिस्फोटक पर्दाथ बरामद गरेको छ।

मूर्ति चोर पच्छ्याउँदा कोठाभरी चोरीका मूर्ति

प्रहरीले एक व्यक्तिको कोठाबाट दश थान विभिन्न देवीदेवताका मूर्ति फेला पारेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीले बुधबार राती एउटा नागको मूर्ति सहित पक्राउ गरेका ब्यक्तिको कोठामा खानतलासी गर्दा दशौं थान मूर्ति बरामद भएको हो ।

मूर्ति फिर्ता ल्याउन माग गर्दै दुई सातादेखि सडकमा

कर्णालीकै धार्मिक धरोहर र आस्थाको केन्द्र मानिएको चन्दननाथ मन्दिरबाट चोरिएका मूर्ति फिर्ता ल्याउन माग गर्दै स्थानीय दुई सातादेखि आन्दोलनरत छन् । स्थानीयले चोरी घटनाको अनुसन्धान सुरु गरेको सिआइबी र स्थानीय प्रहरी प्रशासनलाई मूर्ति फिर्ता ल्याउन दबाब दिइरहेका हुन्।

सकिन लाग्यो मञ्जुश्रीको मूर्ति निर्माण

कीर्तिपुर नगरपालिका-१४ चोभारमा मन्जुश्रीको ३३ फिटको मूर्ति निर्माण अन्तिम चरणमा पुगेको छ। चोभार गल्छीनजिक स्थानीयको सहयोगमा तीन वर्षयता मन्जुश्रीको मूर्ति निर्माण भैरहेको छ। अग्लो मूर्तिको निर्माण ११ खण्डमा गरिएको छ।

हराएका मूर्ति फिर्ता माग्दै जुम्लामा प्रदर्शन

मंसिर ११ गते चन्दननाथ मन्दिरमा हराएका वहुमुल्य मूर्ति फिर्ता गराउन माग गर्दै पटमारावासी सडकमा उत्रिएका छन। मूर्ति चोरी भएको साता वित्दा पनि छानविनमा तदारुकता नदेखाएको भन्दै उनीहरुले खलंगामा जुलुस निकालेर दवाव दिएका हुन्।

रहस्यमय बन्दै बहुमूल्य मूर्ति चोरी

कर्णालीकै प्रसिद्ध चन्दननाथ मन्दिरबाट मंसिर ११ गते राति हराएका भनिएका बहुमूल्य र पुरातात्विक महत्वका २८ मूर्तिमध्ये सातवटा फेला परेका छन्। घटनालगत्तै स्थानीय प्रहरीले उठाएको मुचुल्कामा २८ वटा मूर्ति चोरिएको उल्लेख छ। सो मुचुल्कामा ६ सय १ सालमा बनेको दत्तात्रयसहितका २८ मूर्ति हराएको देखाइएको छ।

ब्रम्हा, विष्णुको सयौं वर्ष पुरानो मूर्ति चोरी

कर्णालीको धार्मिक पहिचान बोकेको चन्दननाथ मन्दिरबाट २८ वटा वहुमूल्य मूर्ति चोरी भएको घटना सेलाउन नपाउँदै चन्दननाथ नगरपालिका भित्रैको एक मन्दिरबाट सयौं वर्ष पुरानो मूर्ति चोरी भएको छ।

मूर्ति चोरीबारे अनुसन्धान गर्न एआईजीसहितको टोली जुम्लामा

कर्णालीको चन्दननाथ मन्दिरबाट मूर्ति चोरी भएको घटनाको छानविन गर्न एआईजी विज्ञानराज शर्मासहितको टोली जूम्ला आइपुगेको छ। उनीसंगै मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रुमख डिआईजी माधव नेपाल र सिआईवीका एक डिएसपी सहितको टोली मंगलबार जुम्ला आएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्