२१ आश्विन २०८१ सोमबार
image/svg+xml

हजार वर्ष पुराना मूर्ति छानी-छानी चोरिए

चन्दननाथ नगरपालिकास्थित चन्दननाथ मन्दिरबाट दत्तात्रयसहित २८ मूर्ति चोरी भएको छ। आइतबार राति १ बजे मन्दिरपछाडिको ढोका फोरेर महँगा र महत्वपूर्ण देवीदेवताका मूर्ति चोरिएका मन्दिरका पुजारीले बताएका छन् । चोरिएका धेरै मूर्ति हजार वर्षभन्दा पुराना भनिएको छ।

चन्दननाथ मन्दिरबाट २८ मूर्ति चोरी, खलंगामा तनाव

कर्णालीको प्रसिद्ध चन्दननाथ मन्दिरबाट गए राति दुई दर्जन बढी मूर्ति चोरी भएका छन्। बुद्ध, दुर्गा, महाकाली सहित २८ वटा मूर्ति चोरिएको मन्दिरका पुजारी चन्द्र मौलेश्वर गिरीले जानकारी दिए। उनका अनुसार दत्रातयको मूर्ति ६ हात लामो १६ ईन्च चौडाई भएको छ।

मूर्ति फिर्ता ल्याउने प्रहरी सम्मानित

पाटनको देवदत्त बिहारबाट चोरिएको ४ सय वर्ष पुरानो बुद्धमूर्ति खोजी गरी फिर्ता ल्याउने प्रहरीलाई बिहारले सम्मान गरेको छ । बुधबार विशेष कार्यक्रम आयोजना गरेर विहार सञ्चालकले महानगरीय प्रहरी परिसर ललिपुरका १० जना प्रहरीलाई सम्मान गरेको हो ।

मुक्तिनाथका नयाँ मूर्तिमा पर्यटक आकर्षित

हिमालपारिको जिल्ला मुस्ताङको पवित्र तीर्थ मुक्तिनाथमा गाउँलेले चार करोड रुपैयाँ खर्चेर स्थापना गरेका दुई नयाँ मूर्तिले पर्यटकको ध्यान खिचेको छ । हिन्दु र बौद्धमार्गीको साझा तीर्थ मुक्तिक्षेत्रमा उनीहरुले शाक्यमुनि बुद्ध र गुरु पद्मसंभवका मूर्ति ठड्याएपछि त्यहाँ पर्यटक झुम्मिन थालेका हुन् ।

चोभारमा मञ्जुश्रीको ३३ फिट अग्लाे मूर्ति

कीर्तिपुर नगरपालिका १४ चोभारमा मञ्जुश्रीको मूर्ति बनाउने काम अन्तिम चरणमा पुगेको छ । जलविनायक सामुदायिक वन उपभोक्ता समूहको अगुवाइमा स्थानीयले तीन करोड रुपैयाँ खर्चेर ढुंगाको मूर्ति बनाएका हुन् । मूर्ति ३३ फिट अग्लो हुनेछ ।

मल्लकालीन मूर्ति दुरवस्थामा

ललितपुर- गत वर्ष वैशाखमा गएको भूकम्पमा भत्केको विश्वसम्पदा सूचीमा रहेको पाटनका चार नारायण मन्दिर र हरिशंकर मन्दिरका मूर्तिहरू संरक्षण नगरिँदा नष्ट हुने अवस्थामा पुगेका छन्। मठमन्दिर सम्पदा र मूर्ति संरक्षणको जिम्मेवारी पुरातत्व विभागको भए पनि विभागले बेवास्ता गर्दा मूर्ति नष्ट हुने स्थितिमा पुगेका हुन्।

भत्केका मन्दिरका मूर्ति तलेजुमा

गत वर्षको भूकम्पमा ध्वस्त भक्तपुर नगरपालिका–६ चोर्चास्थित गणेश मन्दिरलगायत अन्य कतिपय मन्दिरका मूर्ति पनि हराए। भूकम्पमा चोर्चाका अधिकांश घर भत्के। भक्तपुरको यो घना बस्ती त्यसपछि भग्नावशेषले पुरिएजस्तै भयो।

तीनकुनेमा बुद्धमूर्तिसहित पार्क

काठमाडौं महानगरपालिकाले वडा ३५ स्थित तीनकुनेको करिब ५० रोपनी खाली चौरमा आध्यात्मिक एवं धार्मिक पर्यटन केन्द्र बनाउने तयारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्