६ आश्विन २०८१ आइतबार
image/svg+xml

निर्वाचन आयोगले कल सेन्टर संचालनमा ल्यायो

त्यस अवरमा उनले आयोग निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि आवश्यक तयारीमा केन्द्रित रहेको जानकारी समेत दिए। प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘यसबाट भरपुर सेवा लिनका निमित्त सबैप्रति म हार्दिक आग्रह गर्दछु।

पूर्वी नवलपरासीमा चुनावी सरगर्मी बढ्यो

जिल्लाका प्रतिनिधिसभा तथा प्रदेशसभाका क्षेत्रमा पनि विशेषगरी सत्ता गठबन्धनबाट र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ।

आचारसंहिता उल्लङ्घनका विषयमा आयोग दण्डात्मक हुने

उनले भने, 'यसपटक आयोग आचारसंहिता उल्लङ्घनका विषयमा कुनै सम्झौता नगरी दण्डात्मकरूपमा अघि बढ्नेछ ।'

अर्घाखाँचीमा २९ जनाको उम्मेदवारी, रायमाझी र भुसाल मुख्य प्रतिस्पर्धी

जिल्लाको एक प्रतिनिधिसभा र २ प्रदेशसभा निर्वाचन क्षेत्रबाट विभिन्न राजनीतिक दल र स्वतन्त्रतर्फ गरी २९ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।

निर्वाचनबाट को-को नेता बाहिरिए?

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उनीहरुमध्ये कतिपयले आफ्नो दलबाट टिकट पाएनन् भने केही स्वेच्छाले सक्रिय राजनीतिबाट बाहिरिए।

सत्तारुढ गठबन्धन बैठक: आज बेलुकीसम्म निर्वाचन क्षेत्र बाँडफाँट सिध्याउने

आज बिहानदेखि बालुवाटारमा जारी बैठकमा जनता समाजवादी पार्टी (जसपा) सहभागी नभएको पाँच दलीय कार्यदलका सदस्य सचिव केशवराज जोशीले राससलाई जानकारी दिए।

निर्वाचन क्षेत्र बाँडफाँटको निर्णायक वार्तामा पाँच दलीय सत्तारूढ गठबन्धन

बैठकले पाँच दलीय कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा छलफल गरी अन्तिम रूप दिन आज बिहानदेखि निर्णायक वार्ता जारी राखेको छ। निर्वाचन क्षेत्र बाँडफाँटका लागि केही दिनदेखि दैनिक बसिरहेको बैठकलाई निरन्तरता दिँदै आज अन्तिम रूप दिन निर्णायक वार्ता भइरहेको कार्यदलका सदस्य सचिव केशवराज जोशीले राससलाई जानकारी दिए।

बन्दसूचीबाट नाम फिर्ता लिन १२ बजेसम्म समय

उम्मेदवारको बन्दसूचीबाट फिर्ता लिन चाहेमा आज बिहान १० बजेदेखि १२ बजेसम्म उम्मेदवारले निवेदन दिने र आजै दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारी फिर्ताबारे सम्बन्धित दललाई जानकारी दिने कार्यक्रम रहेको छ।

आयोगको सहमतिबिना निर्वाचन क्षेत्र नछाड्न निर्वाचन अधिृकतलाई निर्देशन

आयोगले आज प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि यही असोज १५ देखि २० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने निर्णय गरेको छ।

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिृकत र निर्वाचन अधिृकत नियुक्त गरेको छ।

पुरानै जनगणनाका आधारमा समानुपातिक उम्मेदवार

संविधानले जनसंख्याका आधारमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गराउने व्यवस्था गरे पनि पुरानै जनसंख्याका आधारमा दलहरूले उम्मेदवारको बन्दसूची बुझाएका छन्।

निर्वाचन प्रक्रिया आजबाट सुरु,आज र भोलि समानुपातिक सूची बुझाइँदै

आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया आजबाट सुरु हुँदैछ।

उठेर दुई कदम हिड्न नसक्ने वृद्धहरुले समेत टिकटको आकाक्षां राखेका छन्ः माधव नेपाल

‘उठेर दुई कदम हिँड्न सक्दैन विचरा वृद्ध भइसक्यो। तैपनि मर्ने बेलामा एकचोटी त पाउँ, अरु केही भएन भने नाम भएपनि त्यहाँ टाँसिन पाउँ। के होला, कस्तो गाह्रो?’ ती आकांक्षीहरुले टिकट नपाउने हो भने बेहोस् हुने हो की भन्ने आफूलाई चिन्ता लागेको छ’, नेपालले भने।

जनता प्रगतिशील पार्टी र नेकपा संयुक्तबीच चुनावी तालमेल गर्ने सहमति

अन्य राजनीतिक दलहरुसँग पनि चुनावी तालमेल गर्दै अघि बढने योजना अनुसार नेकपा (संयुक्त) सँग पनि सो सहमति गरिएको जनता प्रगतिशील पार्टीका अध्यक्ष त्रिपाठीले स्पष्ट पारे। उनले आगामी निर्वाचनबाट आउने परिणामलाई आफूहरुले स्विकार गरेर जाने बताए।

माओवादी केन्द्र बैतडीद्वारा उम्मेदवार सिफारिस

संघीय सांसदका लागि नरेन्द्रबहादुर कुँवरको नाम सर्वसम्मत सिफारिस गरेको माओवादी केन्द्र बैतडीका संयोजक शंकर भण्डारीले बताए। कुँवर २०६४ सालको निर्वाचनमा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्