८ आश्विन २०८१ मंगलबार
image/svg+xml

जथाभावी फोहोर फ्याँकेकामा जवाफ दिन उच्च अदालत विराटनगरको आदेश

मेचीनगर नगरपालिका–७ का होमनाथ प्रसाईंले झापाको मेचीनगर, विर्तामोड र भद्रपुर नगरपालिकाले जथाभावी फोहोरमैला फ्याँकेर वातावरण प्रदूषित तुल्याएको आरोप लगाउँदै मन्त्रालय र तीनवटा स्थानीय तहलाई विपक्षी बनाई परमादेश आदेशको मागसहित सोमबार इलाम इजलासमा रिट दर्ता गरेका थिए।

दुई सातादेखि बन्द केरुङ नाका खोल्न आग्रह

नेपालसँगको व्यापारमा चीन असहयोगी बनेको भन्दै कूटनीति संवादबाट समाधान गर्न व्यापारीले आग्रह गर्दै आएका छन्। चीनले नेपालसँग उच्च राजनीतिक सम्बन्ध र लगानी बढाउँदै आए पनि सामान आयात–निर्यातमा भने सीमा नाका बन्द गरेर असहयोग गर्दै आएको छ।

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ। चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका भोलिदेखि खुल्न लागेको हो।

दुई देशबीचको व्यापारलाई सहज बनाउन सडक स्तरोन्नति

नेपाल–चीनबीच स्थलमार्गबाट हुने आयात निर्यातलाई सहज बनाउन निर्मित मैलुङ–स्याफ्रु सडकखण्डको स्तरोन्नतिको कामले गति लिएको छ। नेपाली सेनाले निर्माण गरेर हस्तान्तरण गरेको यो सडकको स्तरोन्नतिको काम गत कात्तिकदेखि सुरु भएको थियो। स्तरोन्नति सुरु भएको छोटो समयमै सोचेभन्दा राम्रो प्रगति भएको छ।

गरे के हुँदैनः प्राचीन नगरको नवीन अभ्यास

नगरको मूल ढोकाबाट भक्तपुर जति आकर्षक देखिन्छ त्योभन्दा बढी आकर्षक देखिन्छन् सर्वसाधारणको ढोकाबाट चियाइरहेका जीवनशैली र विकासका नवीन अभ्यासहरू । कोरोनाको संकटकालमा अन्य नगर ‘हब्बेकब्बे’ भएको अवस्थामा यो सहरले आफूलाई विभिन्न क्षेत्रमा ‘भव्य’ बनाउन सफल भयो ।

बीबीसी प्रसारणमा चीनद्वारा प्रतिबन्ध

चीनले बेलायती प्रसारण संस्था बिबिसीको बिबिसी वर्ल्ड न्युजको प्रसारणलाई प्रतिबन्ध लगाएको छ। चीनले आफ्नो देशमा बीबीसी विश्व सेवा टेलिभिजनलाई चीन भित्र प्रसारण गर्न प्रतिबन्ध लगाएको हो। चीनको राष्ट्रिय रेडियो तथा टेलिभिजन प्रशासनले शुक्रबार विज्ञप्ति जारी गर्दै बीबीसीले अनुचित र असत्य पत्रकारिता गरिरहेको दाबी गरेको छ।

विज्ञान प्रविधिमा भारत र चीनको डंका : निरीह नेपाल

केही दिनपहिले सोसियल मिडियामा भारतीय जनता पार्टी समर्थित एउटा समूहले थालमाथि बलिरहेको दियो र सँगै एउटा सिरिन्जको फोटो साझा गर्दै लेखेको थियो– हामी थालमा दियो मात्र बाल्दैनौँ, संसारलाई कोभिडविरुद्धको भ्याक्सिन पनि दिन्छौँ । सो फोटोले गत वर्ष प्रधानमन्त्री नरेन्द्र मोदीले थाल ठटाएर र बत्ती बालेर कोरोना भाइरस भगाउन गरेको आह्वानमाथि गरिएको कटाक्षको जवाफ दिन खोजेको आभास हुन्छ ।

चीनसँगको अन्तरदेशीय प्रसारण लाइनः नेपालतर्फ नुवाकोटको त्रिशूलीमा सबस्टेसन बन्ने

रातमाटे–रसुवागढी–केरुङ ४ सय केभी प्रसारण लाइन आयोजनाका अनुसार त्रिशूली जलविद्युत् केन्द्रको जग्गामा सबस्टेसन निर्माणका लागि सर्भे सुरु गरिएको छ। सर्भेअन्तर्गत आयोजनाले केन्द्रको वरिपरि रहेका निजी जग्गाको सिमांकनको काम सम्पन्न गरेको छ।

तातोपानीबाट २० दिन आयात बन्द

उत्तरको मुख्य तातोपानी नाका भएर हुँदै आएको व्यापारिक कारोबार आगामी २० दिनका लागि बन्द गरिएको छ। नेपाल–चीन जोड्ने मितेरी पुलको मर्मत थालिएपछि बिहीबारदेखि कारोबार रोकिएको हो।

चीनको होइन आफ्नै चिन्ता

सम्मेलनका लागि तीन–चारपटक नेपालमा पुगेका राजनीतिशास्त्रका एक चिनियाँ प्राध्यापकले चीनको एक सहरमा भेटघाट हुँदा रमाइलो अनुभव सुनाएका थिए- ‘नेपालबाट फर्केपछि मोबाइलमा नेपालका साथीहरूको यति धेरै म्यासेज आउन थाल्यो कि पछिपछि त हेर्न पनि छाडिदिएँ ।’

उल्का भो ! ज्याकमा बेपत्ताबारे मैले गरेको ट्विट कसले गायब पार्‍याे : खगेन्द्र संग्रौला

लेखक खगेन्द्र संग्रौलाले चीनका अर्बपति ज्याकमा बेपत्ता भएको विषयमा आफूले सोमबार बेलुका गरेको ट्विट गायब भएको भन्दै आश्चर्य व्यक्त गरेका छन्।

युद्ध तयारीका लागि चीनले गर्‍याे राष्ट्रिय सुरक्षा कानुन संशोधन

योसँगै सी नै प्रमुख रहेका सेन्ट्रल मिलिटरी कमिसन (सिएमसी) ले राष्ट्रिय सुरक्षाका लागि सैनिक तैनाथ गर्ने प्रशस्त अधिकार प्राप्त गर्नेछ।

चीनको विकासमा प्राविधिक अनुसन्धान

चीन र अमेरिकाबीचको प्रतिस्पर्धा मूलभूतरूपमा प्राविधिक प्रतिस्पर्धा हो । यो कुनै भौगोलिक विवाद होइन । यो विषयमा स्पष्ट हुनु जरुरी छ ।

कोरोना भाइरस फैलिएको भनेर समाचार लेखेको आरोपमा चीनमा एक पत्रकारलाई ४ वर्ष जेल !

चीनको उहानमा कोरोना भाइरस फैलिएको भनेर समाचार लेखेको आरोपमा त्यहाँकी एक पत्रकारलाई चार वर्षको जेल सजाय सुनाइएको छ।

भारतीय पत्रिकाले नेकपा विभाजन हुँदा चीनलाई चित्त दुखेको छ भनेपछि चिनियाँ पत्रिकाले गर्‍यो खण्डन

भारतबाट प्रकाशन हुने अंग्रेजी अखबार हिन्दुस्तान टाइम्सले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गराउँदा तथा सत्तारूढ दल नेकपामा विभाजन हुँदा चीनको पनि चित्त दुखेको भन्ने समाचार छापेपछि ग्लोबल टाइम्सले खण्डन गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्