९ मंसिर २०८१ आइतबार
image/svg+xml

मुस्ताङको कोरला नाकामा नेपाली र चिनियाँ सुुरक्षाकर्मीको संयुक्त गस्ती

हिमाली जिल्ला मुस्ताङको कोरला नाकामा नेपाल प्रहरी र चिनियाँ सुरक्षाकर्मीले संयुक्त गस्ती गरेका छन।

कोरला नाका खुलेपछि मुस्ताङीको दैनिकी सहज बन्दै

चीनसँगको कोरला नाका खुलेपछि उपल्लो मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका र लोमान्थाङ गाउँपालिकाका स्थानीयवासी दैनिक सामान लिन कोरला नाका भएर चीनको (नेचुङ-लिजी) बजार गइरहेका छन्।

सबै मुस्ताङबासीका लागि कोरला नाका खुला

मुस्ताङको सबै स्थानीय तहका बासिन्दा कोरला नाका भएर चीनको(नेचुङ–लिजी) बजार आवत जावत गर्न पाउने भएका छन्।

कोरला नाकाः चीनले खोल्दैछ, तर, नेपालतर्फ भने पूर्वाधार नै छैनन

चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको लोमान्थाङ गाउँपालिकाको सिमाना पर्ने कोरला नाका कात्तिक २७ (आगामि सोमबार) देखि खुल्ने भएको छ। कोरला नाका खुलाउन लामो समयदेखि गण्डकी प्रदेशका बासिन्दाले माग गर्दै आएका थिए। नाका खुलेर व्यावसायिक रुपमा संचालनमा ल्याउन सके त्यसले नेपाली अर्थतन्त्रमा बलियो अर्थ राख्ने सरोकारवालाको भनाई छ।

कोरला नाकाबारे बुझ्दै प्रदेश सरकार

मुस्ताङको कोरला नाकाको अवस्थाबारे बुझ्न गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सहितको टोली अहिले हिमाली जिल्ला मुस्ताङ पुगेको छ। मुस्ताङ पुगेका मुख्यमन्त्री सहितको टोलीले बुधबार कोरला नाका क्षेत्रको स्थलगत अवलोकन गरेको छ। नाका अवलोकन सहित जिल्ला र प्रदेश सुरक्षा समितिको बैठक पनि भएका छन्।

कोरला नाका खुल्ने आशा अधुरै

प्रधानमन्त्री पुष्पकमल दाहालको साताव्यापी चीन भ्रमणका बेला तिब्बतसँगको कोरला नाका खुल्ने अपेक्षा गरिएको थियो ।

प्रधानमन्त्रीको चीन भ्रमणः खुल्ला त कोरला नाका ?

प्रधानमन्त्री पुष्पकमल दाहाल साताव्यापी चीन भ्रमणमा छन्। प्रधानमन्त्री दाहालको चीन भ्रमणसँगै गण्डकी प्रदेशका बासिन्दाले भने एउटा अपेक्षा राखेका छन्। त्यो अपेक्षा हो–मुस्ताङको कोरला नाका खुल्ने। चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको लोमान्थाङ गाउँपालिकाको सिमाना पर्ने कोरला नाका खुल्ने हो भने त्यसले समग्र नेपालको अर्थतन्त्रमा बलियो अर्थ राख्ने स्थानीयको भनाई छ।

कोरला नाका: पारि सहर, वारि खण्डहर

२०७२ सालमा भारतले लगाएको नाकाबन्दीबाट आयात रोकिएपछि उत्तरी नाका खोल्ने प्रयास थालिएपछि कोरला नाका प्राथमिकतामा परेको थियो।

कोरला नाकाः पारि सहर बनिसक्यो, वारि झन्डा समेत छैन

चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको लोमान्थाङ गाउँपालिकाको सिमाना पर्ने कोरला नाका खुल्ने र खुलाउने चर्चा भएको लामो समय भइसक्यो, तर, त्यसबारे ठोस प्रगति अझै कतै भएको छैन। २०७२ को नाकाबन्दीले भारतबाट आयात रोकिएपछि उत्तरी नाका खोल्ने प्रयास थालिएको थियो। त्यसपछि बल्ल कोरला नाका प्राथमिकता परेको हो। त्यही प्रयास पछि चीनले आफ्नो क्षेत्रमा भव्य संरचना बनाइसक्दा नेपालतिर भने सुनसान रहेको छ।

तीन उपप्रधानमन्त्री, सुरक्षा प्रमुख र सडक विभागको टोली कोरला नाकामा !

काठमाडौं–उपप्रधान तथा रक्षामन्त्री भीम रावलको नेतृत्वमा दुई उपप्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, सुरक्षा निकायका प्रमुख र सडक विभागका प्रतिनिधिसहितको टोली आज नेपाल–चीन सीमा क्षेत्र कोरला नाकातर्फ प्रस्थान गरेको छ। टोलीमा उपप्रधानमन्त्री द्वय टोपबहादुर रायमाझी र विजयकुमार गच्छदार, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल सहभागी छन्।

कोरला नाकाः ढोकामै आयो चीन, नेपाल गयल !

कोरला नाका उताको पठार भूमिमा चिनियाँ सुरक्षाकर्मीका गाडी धुलो उडाउँदै कुँदेका देखिन्छन्। नाकादेखि करिव ३ किलोमिटर टाढा चिनियाँ सुरक्षाकर्मीको बेस क्याम्प छ। त्यहाँ दर्जनौं गाडी र उल्लेख्य संख्यामा सुरक्षाकर्मीको चहलपहल देखिन्छ। सोलार प्यानलबाट चल्ने सिसी टिभीको निगरानी छ। हातमा पञ्जा, चश्मा, मास्क र हेल्मेट लगाएर गाडीमा कुँद्ने सुरक्षाकर्मीसँग दुरविन, क्यामेरा र अत्याधुनिक हतियार साथमै रहन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्