१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

अर्थमन्त्री महत भन्छन्ः समस्यालाई कहालिलाग्दो मात्र नबनाऔं

पर्यटन व्यावसायीले लामो समयदेखि एकैखालका यस्तै गुनासा गरिरहँदा सोमबार पोखरा आएका अर्थमन्त्री डा.प्रकाशशरण महतले व्यावसायीलाई अझै केही समय धैर्य गर्न सुझाव दिएका छन्। अर्थमन्त्री महतले लामो समयदेखिका समस्यालाई कहालिलाग्दो नबनाउन पनि सुझाए। समस्यालाई कहालिलाग्दो बनाएर असन्तुष्ट बनिरहँदा आफ्नै कारणले सबैतिर खराब हुने उनको सुझाव छ।

पर्यटन व्यवसायीको गुनासोः बढेको ब्याजदर धान्न सक्दैनौ, हात उठाउन मात्र बाँकी छ

निक्षेप र कर्जाको ब्याजदर वृद्धि गर्ने बैंक तथा वित्तीय संस्थाको निर्णयले पर्यटन क्षेत्र समस्यामा परेको भन्दै पर्यटन व्यवसायीले उक्त निर्णय लागु नगर्न अनुरोध गरेका छन्। पर्यटन क्षेत्र कोरोना संक्रमण अघिको अवस्थामा फर्किन नसकेको भन्दै व्यवसायीले कर्जाको सावा र ब्याज समेत तिर्न सक्ने अवस्था समेत नरहेको बताएका छन्।

मुस्ताङको गुनासोः खानाको पैसा तिर्छाैं, सित्तैमा कोठा देउ भन्ने विदेशीबाट पर्यटन प्रवर्द्धन हुँदैन

पछिल्लो समय मुस्ताङले पर्यटक टिकाउन सकेको छैन। मुस्ताङ उक्लेका पर्यटकको बसाई अवधि निकै नै कम हुने गरेको छ। अझ मुक्तिनाथ दर्शन गर्न पुगेका धार्मिक पर्यटकको बसाई त झनै कम हुने गरेको छ माथिल्लो क्षेत्रमा पुगेका बाहेक धार्मिक पर्यटकको बसाई अवधि मुस्ताङमा बढीमा एकरात मात्र हुने गरेको त्यहाँका स्थानीयको भनाई छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्