६ आश्विन २०८१ आइतबार
image/svg+xml

दाङ कांग्रेसको सभापतिमा डाँगी

नेपाली कांग्रेस दाङको सभापतिमा शंकरप्रसाद डाँगी निर्वाचित भएका छन्। उनी संस्थापन ईतर समूहका हुन्।

कांग्रेसको निर्वाचन समिति संयोजकमा यादवको राजीनामा, घिमिरे मनोनित

कांग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ।

कांग्रेस कास्की सभापतिमा किशोरदत्त बराल

नेपाली कांग्रेस कास्कीको जिल्ला सभापतिमा किशोरदत्त बराल चयन भएका छन् । शनिबार भएको निर्वाचनबाट संस्थापन समूहका बराल सभापतिमा निर्वाचित भएका हुन् ।

लोकतन्त्र सुदृढ बनाउन कांग्रेस बलियो हुनुपर्छ: गृहमन्त्री खाण

कांग्रेसको रुपन्देही जिल्ला सभापतिमा रामकृष्ण खाण सर्वसम्मत चयन भएपछि शनिबार घोषणासभामा बोल्दै उनले कांग्रेस बलियो भयो भने मात्र संविधान कार्यान्वयन सफल हुने र विधिको शासन अवलम्बन हुने धारणा व्यक्त गरे।

जिल्लापछि नेताहरूको ध्यान प्रदेश नेतृत्वमाः प्रदेश सभापतिमा को–को छन् आकांक्षी?

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रतिनिधिसभा क्षेत्रका अधिवेशन सकिएसँगै शीर्ष नेताहरूको ध्यान प्रदेश अधिवेशनतर्फ केन्द्रत हुन पुगेको छ। दुई तिहाइ जिल्लाका अधिवेशन प्रक्रिया सुरु भएसँगै कांग्रेसको संस्थापन र इतर समूह प्रदेशको परिणाम आफ्नो पक्षमा पार्न सक्रिय भएका हुन्।

कांग्रेस महाधिवेशनको प्रचारप्रसार समितिलाई पूर्णता

कांग्रेसको कात्तिक २८ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले प्रवक्ता शर्मालाई महाधिवेशन प्रचार–प्रसार समितिको जिम्मेवारी तोकेको थियो।

पार्टी उपसभापति गच्छदारको क्षेत्रमा संस्थापन इतरकै पकड

संघीय निर्वाचन सुनसरी क्षेत्र नं. ३ मा क्षेत्रीय सभापतिसहित महाधिवेसन प्रतिनिधी संस्थापन इतर समूहकै बढी विजयी भएका छन्। पार्टी उपसभापति गच्छदार सभापति शेरबहादुर देउवा पक्षीय हुन्।

सभापतिका लागि तीन जनाको उम्मेदवारी

उम्मेदवारी फिर्ताका लागि शनिबार दिउँसो २ बजेसम्मको समय तोकिएको थियो। निर्वाचन आयोगका अनुसार मोरङमा ७ जना पदाधिकारी र ७८ जना सदस्यको लागि निर्वाचन हुँदैछ।

बाँके क्षेत्र २ को सभापतिमा गुप्ता पुनः निर्वाचित

स्थानीय भेरी प्राविधिक शिक्षालयमा सम्पन्न सभापतिसहित पदाधिकारीको मत गणनामा सभापति पदमा गुप्ता दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। गुप्ताले २३९ र निकटतम प्रतिद्वन्द्वी बिरेन्द्र शाहले १९१ मत प्राप्त गरे।

पाल्पा कांग्रेस सभापतिमा श्रेष्ठ विजयी

श्रेष्ठका प्रतिस्पर्धी कृष्णप्रसाद बस्यालले ३८१ मत ल्याएका छन्। त्यस्तै उपसभापतिमा झपेन्द्र गहिरेले ७५४, ज्ञानबहादुर गाहाले ७७३ मत ल्याई विजयी भएका छन् भने प्रतिस्पर्धी माधव नेपालले ५४३ र शङ्कर खनालले ३६४ मत पाएका छन्।

कांग्रेसलाई बलियो बनाउन सक्षम नेतृत्व आवश्यकः नेता सिंह

कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टीलाई विधिसम्मत ढङ्गले अगाडि बढाउनका लागि शीर्ष नेता अभिभावक बनेर बस्नुपर्ने उल्लेख गर्दै जनतालाई आश र भरोसा दिने नेतृत्व १४औँ महाधिवेशनले दिनुपर्ने बताए। उनले मत हुने पार्टीमा मतभेद हुनु सामान्य भएको भन्दै विवेकपूर्ण ढङ्गले आफ्नो मतको प्रयोग गर्न सबैलाई आग्रहसमेत गरे।

कांग्रेसको जिल्ला अधिवेशन सर्‍यो

नेपाली कांग्रेसको जिल्ला अधिवेशन सरेको छ। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लाको नेपाली कांग्रेसले महाधिवेशनका लागि तयारी पूरा नभएको भन्दै यही मङ्सिर १९ गतेका लागि जिल्ला अधिवेशन सारेको हो।

एमाले महाधिवेशन आज उद्घाटन हुँदै

नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशन आज मध्यान्ह चितवनको नारायणी किनारमा निर्मित विशेष मञ्चमा उद्घाटन हुँदैछ।

चितवनमा कांग्रेसकाे जिल्ला अधिवेशन स्थगित

नेपाली कांग्रेस चितवनको जिल्ला अधिवेशन स्थगन भएको छ। एमालेको १०औँ राष्ट्रिय महाधिवेशनका कारण अधिवेशन स्थगन भएको कांग्रेसले जनाएको छ।

काँग्रेसको क्षेत्रीय सभापतिमा क्रमशः खगेन्द्र र रामकुमार

नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनका लागि मंगलबार सम्पन्न संघीय निर्वाचन क्षेत्रीयस्तरको चुनावमा दुवै क्षेत्रमा संस्थापन पक्षीय खेमाले प्यानलै जितेको छ। निर्वाचन क्षेत्र १ मा खगेन्द्र राई र २ मा रामकुमार राईले प्यानलसहित सभापति जितेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्