६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

सभापतिका लागि तीन जनाको उम्मेदवारी

नेपाली कांग्रेस मोरङ जिल्ला सभापतिका लागि तीन जनाले उम्मेदवारी दिएका छन्।   सभापतिका लागि डिगबहादुर लिम्बु, यदुकुमार विष्ट र दिलीप गच्छदारले मनोनयन दर्ता गरेका हुन्।

डिगबहादुर लिम्बु र यदुकुमार विष्ट कोइराला पक्षका नेता हुन्। दिलीप गच्छदार देउवा पक्षका नेता हुन्। मोरङका कोइराला पक्षको बहुमत क्षेत्रीय प्रतिनिधि भए पनि कोइराला पक्षबाट दुईजनाको उम्मेदवारी परेपछि देउवा पक्षका दिलीप गच्छदारलाई फाइदा पुग्ने देखिन्छ। तीन जनाको उम्मेदवारी परेका कारण पहिलो चरणको निर्वाचनबाट नेतृत्व चयन हुने संभावना न्यून रहेको नेताहरू बताउँछन्।

यस्तै उपसभापतिका लागि नागेश कोइराला, भक्ति माझी, गोपालबहादुर थापा, राजु मास्के र सुवोधकुमार सिंहको उम्मेदवारी परेको छ। यस्तै सचिवमा अर्जुन निरौला, मनोज बस्नेत, मोदराज घिमिरे, रविन राई, ललितबहादुर श्रेष्ठ, शिवप्रसाद ढकाल र ज्ञानेन्द्र ढकालले उम्मेदवारी दर्ता गरेका छन्।

यस्तै सहसचिवमा संजयकुमार मण्डल, भुवनेश्वर मण्डल अशोक रिजाल, विशाल गौतम, सुभाष भण्डारी र थिरप्रसाद फँुयालले उम्मेदवारी दर्ता गरेका छन्। मनोनयन दर्ताका लागि शुक्रबार साँझ ७ बजेसम्मको समय तोकिएको थियो।

उम्मेदवारी फिर्ताका लागि शनिबार दिउँसो २ बजेसम्मको समय तोकिएको थियो। निर्वाचन आयोगका अनुसार मोरङमा ७ जना पदाधिकारी र ७८ जना सदस्यको लागि निर्वाचन हुँदैछ। जसमा ४७ जना पालिकाबाट र ३१ जना खुला तथा  समावेशी कोटाबाट निर्वाचित हुँदैछन्। मोरङमा कुल ३ हजार ५ सय ८५ जना मतदाता रहेका छन्।

पदाधिकारीलगायत सदस्यहरूको निर्वाचन आइतबार हुने छ।  

प्रकाशित: ११ मंसिर २०७८ १२:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App