६ वैशाख २०८१ बिहीबार

श्रीमती हत्या आरोपमा श्रीमानसहित चार पक्राउ

सिरहाको गोलबजार नगरपालिका–६ गोलबजारस्थित होटलमा भएको महिला हत्याको अनुसन्धानको क्रमममा प्रहरीले चारजनालाई नियन्त्रणमा लिएको छ।

पानी तान्ने मोटर मर्मत गर्न इनारभित्र पसेका बुबाछोराको मृत्यु

पानी तान्ने मोटर मर्मतको लागि इनारभित्र पसेका बेला विजयलाई करेन्ट लागेपछि बचाउन पुगेका छोरा अमरलाई पनि करेन्ट लागेको प्रहरीले जनाएको छ। बुबाछोराको घटनास्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

इनारभित्र साहको शव फेला

सिरहाको गोलबजार नगरपालिका-२ टुर्किया निवासी ज्ञानचन्द्र भनिने विष्णुदेव साहको शव आज बिहान इनारभित्र फेला परेको छ।

उग्रताको जगमा पकड जमाउने सिके राउतको दाउ

अत्तालिएका चालक तिमलसिना हामफालेर उत्तर बस्तीतिर भागे। एउटा घरमा लुकेर ट्रकतिर हेर्दा आगो दन्किरहेको थियो। तिमलसिना ज्यान जोगाएर सुरक्षित हुँदासम्म भिडले उनको ट्रकमा आगो फुकिसकेको थियो। केही बेरमा प्रहरीसहित वारुणयन्त्र आएर ट्रकको आगो निभाउने प्रयास गरेको थियो।

‘अन्नभण्डार’मा सधैं मलको हाहाकार

सरकारी स्वामित्वका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङले सोझै किसानलाई मल दिँदैनन्। उनीहरूले कृषि सहकारी (डिलर) लाई मल दिन्छन्। डिलरमार्फत किसानले मल किन्ने व्यवस्था छ। तर डिलरले किसानलाई नदिई एग्रोभेटलाई अतिरिक्त रकम लिएर बेच्ने गरेको आरोप छ।

खलबलिँदै नाता सम्बन्ध : पतिको हत्या आरोपमा पक्राउ

मधेस र पहाडको फरकफरक सामाजिक परिवेशमा पत्नीद्वारा पति र नजिकको नाताका भाइको संलग्नतामा दाजुको परिवारका सदस्यको सामूहिक हत्या घटनाले सामाजिक गठजोरलाई हल्लाइदिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्