७ आश्विन २०८१ सोमबार
image/svg+xml

लकडाउनको पास बनाएर लागुऔषध कारोबार गर्ने ४ जना पक्राउ

जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट कारको पास बनाएर लागुऔषध कारोबार गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

व्यवसायी सुलभ अग्रवाल पुनः पक्राउ

काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भए लगत्तै व्यवसायी सुलभ अग्रवाललाई प्रहरीले पुनः पक्राउ गरेको छ। ज्वरो नाप्ने थर्मल गन कालोबजारी गरेको मुद्दामा धरौटीमा रिहा भएका अग्रवाललाई प्रहरीले अदालत परिसरबाटै पुनः पक्राउ गरेको हो।

साइबर अपराधको आरोपमा पत्रकार पाठक पक्राउ

पत्रकार दीपक पाठक पक्राउ परेका छन्। रेडियो नेपालका बोर्ड सदस्य समेत रहेका पाठकलाई प्रहरीको साइबर ब्युरोले विद्युतीय अपराध गरेको आरोपमा पक्राउ गरेको हो।

पूर्वसचिव उपाध्यायलाई २५ हजार धरौटीमा छोड्न अदालतको आदेश

पूर्वसचिव भीम उपाध्यायलाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ। अदालतले २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो।

होम क्वारेन्टाइन उल्लंघन गर्ने एक युवा पक्राउ

खोटाङमा होम क्वारेन्टाइन उल्लंघन गर्ने एक युवा पक्राउ परेका छन् । होम क्वारेन्टाइनमा बस्ने शर्तमा काठमाडौंबाट शुक्रबार घर आईपुगेका हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेका २० वर्षीय यूवा पक्राउ परेका हुन् ।

ज्ञानेन्द्रलाई पक्राउ गर्नुको कारण माग

सर्वोच्च अदालतले ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) लाई पक्राउ गरी थुनामा राख्नुको कारण सरकारसँग मागेको छ। न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले शाहीलाई पक्राउ गर्नुको कारण लिखित रुपमा पेस गर्न आदेश दिएको हो।

मेडिकलबाट लागुऔषध बिक्री आरोपमा आमा र २ छोरा पक्राउ

पाल्पामा मेडिकल हलबाट लागुऔषध बिक्री वितरण गरेको आरोपमा प्रहरीले एकै परिवारका तीन जनालाई पक्राउ गरेको छ । तानसेन नगरपालिका–७ बर्तुङमा रहेको सरस्वती मेडिकल हलबाट सञ्चालक सरस्वती खनाल र उनका छोराहरू प्रकाश र विवेक कार्कीलाई पक्राउ गरिएको हो ।

लागुऔषधसहित एक जना पक्राउ

लकडाउनको मौंका छोपी लागुऔषध ओसारपसारमा संलग्न एक जनालाई सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट पक्राउ गरेको छ । सशस्त्र प्रहरीको गस्ती टोलीले लहान नगरपालिका–२० का २२ वर्षीय मोहम्मद मोहदिम मियालाई नवराजपुर गाउँपालिका–५ बाट लागुऔषध ४७ एम्पुल सुईसहित पक्राउ गरेको हो ।

पूर्वसचिव भीम उपाध्याय पक्राउ

काठमाडौं - पूर्व सचिव भीम उपाध्यायलाई प्रहरीले पक्राउ गरेको छ।  प्रहरीको केन्द्रीय साइबर ब्युरोले उनलाई बुधबार साँझ ललितपुरबाट पक्राउ गरेको हो ।

सात वर्षीया छोरी हत्याको कसुरमा बाबु पक्राउ

२७ दिन अगाडि आफ्नै छोरीको हत्या गरेको आरोपमा वीरगन्ज –१ छपकैया घर भएका २९ वर्षीय सञ्जयकुमार साह सोनारलाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ । सात वर्षीया छोरी अंशुकुमारी सर्राफको घाँटी थिचेर बाबुले हत्या गरेको तथ्य खुल्न आएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए । छोरी हत्या गरेपछि कसुरबाट बच्न सञ्जयले आत्महत्या जस्तो देखाउने बनाएको खुल्न आएको उनले बताए ।

गोरु काटेको अभियोगमा आठ जना पक्राउ

खोटाङमा तीन दिनको अवधिमा गोरु काटेको अभियोगमा आठ पक्राउ परेका छन् । गोरु काटेको अभियोगमा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम मयांखुबाट देशबहादुर सार्की, हिरा सार्की, सुभाष कार्की, रबिन सार्की, अमृत सार्की, सिता कार्की र लिलाबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

श्रीमतीको हत्या आरोपमा ताप्लेजुङमा एक जना पक्राउ

आफ्नै श्रीमतीलाई कर्तब्य गरी मारेको अभियोगमा ताप्लेजुङले फुङ्लिङ नगरपालिका वडा नं ९ बुङ्कुलुङका एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पासाङ थुण्डुक शेर्पा रहेका छन्। उनी माथि मादक पदार्थ सेवन गरी ५२ वर्षिया श्रीमती मिङ्ला ल्हामु शेर्पालाई लात्ति र मुक्का प्रहार गरी हत्या गरेको अभियोग रहेको छ।

गाई काटेर खाएको आरोपमा ५ जना पक्राउ

गाई काटेर खाएको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको उत्तरगया गाउँपालिका–४, मनिगाउँका ३० वर्षीय रामहरि तामाङ, २१ वर्षीय भुवन घलान, २० वर्षीय सन्तबहादुर थिङ, दिपेन्द्र थिङ र ३५ वर्षीय बाटुली थिङ रहेका छन्।

जबरजस्ती करणी आरोपमा चार पक्राउ

कैलालीको गौरीगङ्गा नगरपालिका–१ खुरखुरीया नजिकै एक १७ वर्षीया किशोरीमाथि सामूहिक जबरजस्ती करणी गरेको आरोपमा चार युवकलाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्